जनकपुरधाम । बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ६ मदरसा टोलको बाल एकता स्कुलका प्रिन्सिपल रूपेश स्वर्णकारको हत्याको कारण परस्त्रीसँगको प्रेम सम्बन्ध भएको खुलेको छ।
जिल्ला प्रहरी कार्यालय बाराले रूपेशका पूर्वप्रेमिकासहित ६ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी सुरेश काफ्लेका अनुसार सर्राफ हाल पक्राउ परेकी महिलासँग लामो समयदेखि गहिरो प्रेममा थिए । विवाहित सर्राफको श्रीमती, एक छोरा र एक छोरी छन् ।
पक्राउ परेकी महिला राधा गुप्ता हुन्। उनी मदरसा टोलमै बसोबास गर्छिन्।
राधा उक्त स्कुलकी पूर्वलेखापाल हुन्। उनी र स्वर्णकारबीच प्रेम सम्बन्ध रहेको खुलेको छ। राराधासँगै पक्राउ परेका अर्का व्यक्ति भारतीय नागरिक मनोज गुप्ता छन्।
केही समयअघि स्वर्णकार र राधाबीचको प्रेम सम्बन्ध बाहिरिएको थियो।
मनोज पनि राधाको प्रेमी हुन्। राधा र प्रिन्सिपल स्वर्णकार बीचको सम्बन्ध बाहिरिएपछि मनोजकै जोडबलमा राधाले जागिर छाडेकी थिइन्।
मनोजले स्वर्णकारलाई राधाको पिछा छाड्न भनेका थिए। तर स्वर्णकार नमानेको भन्दै उनीहरूकै योजनामा हत्या भएको खुलेको हो।
प्रेम सम्बन्ध एक कारण देखिए पनि अरू पनि कारण हुन सक्ने जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेको भनाइ छ।
अनुसन्धान अन्तिम चरणमा पुगेको बताउँदै उनले पत्रकार सम्मेलन गरी थप कुरा सार्वजनिक गरिने बताए।
एक प्रहरी अधिकृतका अनुसार हत्या गर्न भारतीय सुटरहरू समेत प्रयोग गरिएको आशंका छ।
‘शंकास्पद केही सुटरलाई नियन्त्रणमा लिएका छौं, भेरिफाइ गर्दैछौं,’ उनले भने, ‘पैसा के कति दिएरनदिएको भन्ने बुझ्दैछौं।’
अनुसन्धानकै क्रममा प्रिन्सिपल स्वर्णकारको यसअघि पनि हत्याको प्रयास भएको पनि खुलेको छ। त्यतिबेला स्वर्णकारले भागेर ज्यान जोगाएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ११ गते, २०८३ - १३:५१
काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको हाल करिब १० हजार भायल एन्टि–रेबिज खोप मौज्दात रहेको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार...
आषाढ़ ११ गते, २०८३ - १३:३३
काठमाडौं । कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्। विद्यार्थीहरूले नतिजा प्...
आषाढ़ ११ गते, २०८३ - १३:१३
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत पहिलो चरणको केन्द्रीय सदस्य निर्वाचनमा सहभागी प्रतिनिधिमध्ये भोट हाल्ने संख्या ३ हजा...
आषाढ़ ११ गते, २०८३ - १३:०४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य पदका लागि भएको मतदान सम्पन्न भएको छ। आज बिहानबाट सुरु भएको मतदान केहीबेरअघि सकिएको ह...
आषाढ़ ११ गते, २०८३ - १२:५५
काठमाडौं । भेनेजुएलामा ४० सेकेन्डको अन्तरालमा आएका दुई शक्तिशाली भूकम्पका कारण कम्तीमा ३२ जनाको मृत्यु भएको छ भने ७०० भन्दा बढी घाइते भएका छन्। खोज तथ...
आषाढ़ ११ गते, २०८३ - १२:४२
धनगढी । कैलालीमा फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका एक हुद्दाको मृत्यु भएको छ भने एक सहसेनानी घाइते भएका छन्। मोहन्याल गाउँ...
आषाढ़ ११ गते, २०८३ - १२:३२
काठमाडौं । एमाले उपाध्यक्ष विष्णु पौडेललाई थुनामुक्त गर्न माग गर्दै दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको ...
आषाढ़ ११ गते, २०८३ - १२:२२
काठमाडौं । राष्ट्रिय सभाको आज दिउँसो १:१५ बजे बस्ने तय भएको बैठक अन्तिम समयमा सूचना प्रकाशित गरी स्थगित गरिएको छ। संघीय संसद् सचिवालयले जारी गरेको ...
आषाढ़ ११ गते, २०८३ - १२:०८
कैलाली। कैलालीको लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा ग्रिनेड विस्फोट हुँदा दुई सैनिक जवान गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय क...
आषाढ़ ११ गते, २०८३ - ११:४७
काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदी दुवैको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ५ हजार २ सय र चाँदी २५० रुपैयाँल...



प्रतिकृया लेख्नुहोस्: