Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

विदेशबाट थलिएर फर्किएका अनिल, पशुपालन र तरकारी बिक्रीबाट गर्छन् मनग्य आम्दानी

खबरडबली संवाददाता

गल्याङ । स्याङ्जाको फेदीखोला गाउँपालिका–३, भाटखोलाका २८ वर्षीय अनिल पौडेल साथीसङ्गीको लहलहैमा लागेर १८ वर्षको उमेरमै विदेश पसे । पढाइमा अब्बल मानिनुभएका उहाँको १२ कक्षा उत्तीर्णपछि औपचारक शिक्षा बीचमै रोकिन पुग्यो । उनी विदेश पसेर राम्रै कमाइ गर्न थाल्नुभयो तर विरामी परेपछि स्वदेश फर्किए । 

उनले विदेश कहिल्यै नजाने निधो गरेर फेदीखोला गाउँपालिका–२, खड्केटारीमा पाँच वर्ष पहिले एक हजार कुखुरापालनबाट व्यवसाय सुरु गरे। रु चार लाखबाट सुरु गरेको अनिलको व्यावसाय बजारको अभावमा दुई वर्ष नपुग्दै रु सात लाख ऋणम डुुब्यो । व्यवसायबाट सन्तुष्ट हुन नसकेका उनले कुखुरापालन छोडेर रु १० लाख ऋण लिएर महालक्ष्मी कृषि तथा पशुपालन फार्ममार्फत पुनः उनले भैँसी पाल्न सुरु गरे । 

“अहिले फार्ममा छ  भैँसी र तीन गाई छन्, भैँसीमध्ये तीन दुुहुना र तीन ब्याउनी हुन्, गाईमध्ये एक दुहुनो, एक ब्याउनी र एक बाच्छी हुन्”, उनले भने, “चार पाडी अँधिया पाल्न दिएको छु, दैनिक ३०÷३५ लिटर दूध उत्पादन हुन्छ, वार्षिक रु १२ देखि १५ लाखको दूध बिक्री हुन्छ ।” 

कुनै बेला १८ सम्म भैँसी पु¥याएका उनले कामदार अभावमा भैँसीलाई घटाएर गाई थपे। उनले १४ टनेलमा गोलभेँडा, काँक्रो, सिमी, काउलीलगायतका तरकारी उत्पादन गर्दै आएका छन् । 

“तीनदेखि पाँच  टनेलबाट वार्षिक दुई हजार, २१ सय किलो अमिता जातको गोलभेँडा उत्पादन गरेर बिक्री गर्ने गरेको छु”, उनले थपे “गोलभेँडा गुणस्तरीय भएकाले प्रतिकिलो रु एकसय २० मा सजिलै बिक्री हुन्छ, गोलभेँडाको वार्षिक रु दुई लाख ४० हजारको कारोबार हुन्छ ।” 

त्यस्तै उनले तीन  टनेलबाट वार्षिक चार हजार किलो बेमौसमी क्राँक्रो उत्पादन गर्दै आएका छन्। किसान अनिलले रु एक सय ४० देखि रु एक सय ५० मा प्रतिकिलो काँक्रो बिक्री गर्दै आएका छन् । उनले काँक्रोको वार्षिक रु पाँच लाखको कारोबार गर्छन्। उनले काँक्रो सकिएपछि खरभुजा लगाउने जानकारी दिए । 

“मेरो फार्ममा तीन टनेलमा इटलियन एफवान जातको वार्षिक पाँच÷छ सय किलो सिमी उत्पादन गर्दै आएको छु”, उनले भने, “सिमीको बजार भाउ रु ७० देखि रु एक सय २० सम्म हुन्छ, सिमीको पनि रु ६० देखि रु ८० हजारसम्मको कारोबार हुन्छ । 

यस्तै उहाँको फार्ममा चार÷पाँच सय बोट काउली हुर्किरहेका छन् । काउली प्रतिकिलो रु एक सयदेखि एक सय ५० सम्ममा बिक्री हुन्छ । एक महिनाभित्र यहाँ उत्पादित काउली बजार पठाउन सकिने उनले बताए। यसअघि उत्पादन भएको काउलीको एक वर्षको अवधिमा रु ५० हजारको कारोबार भएको दाबी गरे। उनले वार्षिक ८०÷९० मुरी धान समेत उत्पादन गर्छन्। अनिलले उत्पादित तरकारी र दूध पोखराका विभिन्न डेरी र पसलमा आफैँले पु¥याएर फर्कन्छन्। 

फार्म ७० रोपनी क्षेत्रफलमा फैलिएको छ । त्योमध्ये ३५ रोपनी आफ्नै जग्गा र ३५ रोपनी भाडाको जग्गा हो । अनिलको कामदार र परिवारका लागि छुट्टाछुट्टै दुई वटा आवास, एक गोठ, १४ प्लाष्टिक टनेल छन् । उहाँले उन्नत जातका घाँस पनि लगाएका छन्। 

“युएनडिपीको कार्यक्रमअन्तर्गत ५० प्रतिशत लागत साझेदारीमा पाँच टनेलका लागि रु पाँच लाख पाएपछि व्यवसाय विस्तारका लागि झन हौसला बढ्यो”, उनले भने, “युएनडिपीको अनुदान प्राप्त गर्नका लागि गाउँपालिकाले मलाई सिफारिस ग¥यो ।”

उनले गाउँपालिकाले किसानले उत्पादन गरेको कृषिउपज खरिद गर्ने कार्य प्रशंसायोग्य भए पनि खरिद मूल्य अत्यन्त न्यून रहेको दुखेसो पोखे। कृषि ज्ञान केन्द्र स्याङ्जाले ३० रोपनी क्षेत्रफलमा आलु लगाउने समूहलाई अनुदान दिने भनेको रहेछ”, उनले भने, “मैले ३० रोपनीमा हैन ४० रोपनीमा आलु लगाउँछु, मलाई अनुदान दिनुहोस् भनेको छु ।” 

उनलाई फार्ममा काम गर्नका लागि बुबा उमालाल र आमा कमला उपाध्यााय, श्रीमती मञ्जु पौडेलले सहयोग गर्दै आएका छन्। उनले वाहिरीदुई जनालाई दैनिक रोजगारसमेत दिएका छन्। 

फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले पालिकाभित्र बाँझो जग्गालाई अधिकतम प्रयोगमा ल्याएर उत्पादन र उत्पादकत्व वृद्धि गराउने उद्देश्यले बाँझो जग्गा अधिकतम उपयोग गर्ने किसानलाई कार्यविधि बनाएर अनुदान दिएको बताए। उनले १८ रोपनी बाँझो जग्गा भाडामा लिए धान र तरकारीजन्य कृषिउपज उत्पादन गरेको जनाउँदै महालक्ष्मी कषि तथा पशुपालन फार्मका सञ्चालक अनिललाई रु ४५ हजार अनुदान दिएको बताए । 

“फेदीखोला गाउँपालिकामा बाँझो जग्गा उपयोग अनुदान कार्यक्रमअन्तर्गत अहिलेसम्मकै बढी अनुदान पाउने कृषकमा अनिल पर्नुहुन्छ”, गाउँपालिका अध्यक्ष सुवेदीले भने, “गाउँपालिकाले उहाँलाई युवा उद्यम कार्यक्रममार्फत बिनाब्याज बिनाधितो पाँच वर्षका लागि रु पाँच लाख ऋणसमेत उपलब्ध गराएको छ ।” वैदेशिक रोजगारबाट फर्किएर गाउँ फर्केका हरेक युवालाई पालिकाले स्वरोजगार बन्न सहयोग गरिरहेको बताए । रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हुम्लाको रिप गाउँमा आगलागी हुँदा पाँच घर जले, दुई जना घाइते

हुम्ला । यहाँको सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागीबाट दुई जना घाइते भएका छन् । आगलागीबाट पाँच घरमा क्षति पुगेको स्थानीय विजय फडेराले जानकारी दिए ...

कांग्रेसमा फेरि महाधिवेशन विवाद

काठमाडौं । कांग्रेस महाधिवेशन २१ फागुनको प्रतिनिधिसभा निर्वाचन अगाडि कि पछाडि गर्ने भन्ने विवाद फेरि चर्किएको छ । पार्टीले तोकेको नियमित महाधिवेशन नजि...

रवि-बालेन वार्ता सहकार्यको ‘मोडालिटी’तर्फ

काठमाडौं । तेस्रोपटक छलफलमा बसेका रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह सहकार्य गरेर जाने निष्कर्षसहित मोडा...

दलहरूलाई समानुपातिक बन्दसूची बुझाउने चटारो, के गर्दै छ एमाले ?

काठमाडौँ । फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको एउटा प्रमुख खुड्किलो अर्को साताको सुरुमै आइपुग्दै छ जब दलहरूले समानुपातिकतर्फ तिनका उ...

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी । मङ्गला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु पेल्ने चलनलाई निरन्तरता दिएका छन् । मङ्गला गाउँपालिका–२ सिमका स्वर्गीय रामबहादुर खत...

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट रु ११ अर्ब एक करोड ९५ लाख बराबरको सामान निकासी पैठारी भएको छ । गत ३० भदौदेखि पूर्ण रुपमा सञ्चा...

टिपरको ठक्करबाट गम्भीर घाइते भएका एक जनाको मृत्यु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइसधारास्थित सडकखण्डमा गए राति टिपरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।...

लाओसबाट थाइल्याण्ड हुँदै काठमाडौं आएकी महिलाको पेटबाट निकालियो लागुऔषध, तीन जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर लागुऔषध तस्करी गरिरहेका एकसहित तीन जना विदेशीलाई पक्राउ गरेको छ । एक जना...

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव

मुग्लिन । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुने भएको छ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छा...

जेलेन्स्कीको कडा चेतावनी

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने प्रयास गरिरहेको र त्यसले विश्वव्यापी सुरक्षा जोखिम बढाइरहे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending