पर्वत । पर्वतको जुकेपानी गाउँका दलित समुदायले खानेपानी घर घरमा पुर्याउनका लागि निर्माण गरिएको पानी ट्याङ्की यतिबेला अलपत्र अवस्थामा छ। चार वर्षअघिबाट जनश्रमदानमा ट्याङ्की बनाएको भए पनि पाइप नहुँदा ट्याङ्कीमा पानी खसाल्न पाएका छैनन् ।
गाउँको दलित बस्तीमा खानेपानीको हाहाकार छ । ट्याङ्की बनाउनका लागि वडाले तीन लाख लगानीले मात्र नभई दलित बस्तीका बुढाबुढीदेखि केटाकेटीसम्मले जनश्रमदान गरेका थिए। सबैको आशा थियो कि अब खानेपानी लिन जानका लागि घण्टौँ उकालीओराली गर्नुपर्ने छैन। करिब दुई किलोमिटर टाढा रहेको मुहानबाट मानव बस्तीमा पानी ल्याउन पाइपको खाँचो परेको छ । पाइप नभएका कारण नै गाउँमा खानेपानी ल्याउन नसकिएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष सोमबहादुर विश्वकर्माले गुनासो गरे ।
स्थानीय युवा भीमबहादुर विश्वकर्माले भने, “हामीलाई ‘एक घर एक धारा’ भनी चुनावमा भोट माग्नुभयो। भोट दिएर स्थानीय रामचन्द्र जोशी मेयर हुनुभयो तर कहिले पनि यो दलित बस्तीमा फर्केर आएर हाम्रो समस्या सुन्न पनि चाहनु हुँदैन।” पर्वतको कुस्मा नगरपालिका–१ को जुकेपानी भन्ने जलजला गाउँपालिकाको सिमानामा पर्ने दुर्गम स्थल हो । जुकेपानीमा रहेका दलित बस्तीकी वृद्ध महिला सरस्वती विश्वकर्माले खानेपानीका लागि घण्टौँ हिँड्नु परेको दुःखेसो पोख्दै भनिन्, “डोको बोकेर पानी लिन टाढा आर्य खाल्डामा जानु पर्छ ।”
त्यहाँ पनि कमेरेसहितको माटो तर्काएर पानी डुबाउँदा गाग्री भर्न पनि आधा घण्टा लाग्छ। जुकेपानीको दलित बस्तीको १२ घरमा करिब ७० जना दलित सदस्यको बसोबास छ। आर्थिक रूपमा विपन्न दलित बस्तीका अधिकांश सदस्य किसान र ज्याला मजदुरी गर्छन्। आर्थिक रूपमा विपन्न किसान र मजदुरको मागको सुनुवाइ कहीँकतैबाट भएको छैन। कुस्मा नगरपालिका–१ का अध्यक्ष खगराज पौडेलले दलित बस्तीमा खानेपानीको समस्या टड्कारो रहेको उल्लेख गर्दै भने, “भूकम्प जानु पहिले दलित बस्तीभन्दा केही पर रहेको पानीको मुहानबाट सानो भए पनि पानी आउने गर्दथ्यो ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १३ गते, २०८३ - २१:२५
काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा साउन १० गते राति बोलबम यात्राका क्रममा सुरु भएको सामान्य विवाद केही मिनेटमै साम्प्रदायिक झडपमा...
श्रावण १३ गते, २०८३ - २१:१८
पाँचथर । सिँचाइ कुलोको मुहान मर्मत गर्ने लिखित सहमति कार्यान्वयन नभएको भन्दै पाँचथरका किसानले जलविद्युत् आयोजना बन्द गराएर आन्दोलन सुरु गरेका छन्। ...
श्रावण १३ गते, २०८३ - २०:४६
झापा । जंगली हात्ती धपाउन आफ्नै बारीमा बिछ्याइएको नाङ्गो विद्युतीय तार छोएर करेन्ट लाग्दा झापामा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा भद्रपुर नग...
श्रावण १३ गते, २०८३ - १९:४९
पर्सा । ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१८ इनर्वाका ६५ वर्षीय ...
श्रावण १३ गते, २०८३ - १९:३९
काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज रातिदेखि लगातार तीन दिनसम्म विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागले वि...
श्रावण १३ गते, २०८३ - १९:३८
कालीकोट । कर्णाली राजमार्गअन्तर्गत कालीकोटको चौखोला क्षेत्रमा ठूलो ढुङ्गासहित पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। बुधबार बिहान सडकमाथिबाट चट्ट...
श्रावण १३ गते, २०८३ - १९:३६
पाल्पा । जिल्लाको पूर्वखोला गाउँपालिका –१, सिलुवा सामुङ्गामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सामुङ्गा बस्ने २८ वर्षी...
श्रावण १३ गते, २०८३ - १९:३२
काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा भेटवार्ता गरेका छन्। बुधबार भएको भेटमा मुलुकको पछिल्लो...
श्रावण १३ गते, २०८३ - १९:२७
काठमाडौं । आन्दोलनरत चिकित्सक र सरकारबीच पाँच बुँदे सहमति भएपछि चिकित्सकहरूले देशभर जारी आन्दोलन फिर्ता लिएका छन्। बुधबार स्वास्थ्य तथा खाद्य स्वच्...
श्रावण १३ गते, २०८३ - १९:०६
काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनाले देशभर चासो र बहस सिर्जना गरिरहेका बेला बुधबार बसेको मन्त्रिपरिषद् बैठकब...



प्रतिकृया लेख्नुहोस्: