पर्वत । पर्वतको जुकेपानी गाउँका दलित समुदायले खानेपानी घर घरमा पुर्याउनका लागि निर्माण गरिएको पानी ट्याङ्की यतिबेला अलपत्र अवस्थामा छ। चार वर्षअघिबाट जनश्रमदानमा ट्याङ्की बनाएको भए पनि पाइप नहुँदा ट्याङ्कीमा पानी खसाल्न पाएका छैनन् ।
गाउँको दलित बस्तीमा खानेपानीको हाहाकार छ । ट्याङ्की बनाउनका लागि वडाले तीन लाख लगानीले मात्र नभई दलित बस्तीका बुढाबुढीदेखि केटाकेटीसम्मले जनश्रमदान गरेका थिए। सबैको आशा थियो कि अब खानेपानी लिन जानका लागि घण्टौँ उकालीओराली गर्नुपर्ने छैन। करिब दुई किलोमिटर टाढा रहेको मुहानबाट मानव बस्तीमा पानी ल्याउन पाइपको खाँचो परेको छ । पाइप नभएका कारण नै गाउँमा खानेपानी ल्याउन नसकिएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष सोमबहादुर विश्वकर्माले गुनासो गरे ।
स्थानीय युवा भीमबहादुर विश्वकर्माले भने, “हामीलाई ‘एक घर एक धारा’ भनी चुनावमा भोट माग्नुभयो। भोट दिएर स्थानीय रामचन्द्र जोशी मेयर हुनुभयो तर कहिले पनि यो दलित बस्तीमा फर्केर आएर हाम्रो समस्या सुन्न पनि चाहनु हुँदैन।” पर्वतको कुस्मा नगरपालिका–१ को जुकेपानी भन्ने जलजला गाउँपालिकाको सिमानामा पर्ने दुर्गम स्थल हो । जुकेपानीमा रहेका दलित बस्तीकी वृद्ध महिला सरस्वती विश्वकर्माले खानेपानीका लागि घण्टौँ हिँड्नु परेको दुःखेसो पोख्दै भनिन्, “डोको बोकेर पानी लिन टाढा आर्य खाल्डामा जानु पर्छ ।”
त्यहाँ पनि कमेरेसहितको माटो तर्काएर पानी डुबाउँदा गाग्री भर्न पनि आधा घण्टा लाग्छ। जुकेपानीको दलित बस्तीको १२ घरमा करिब ७० जना दलित सदस्यको बसोबास छ। आर्थिक रूपमा विपन्न दलित बस्तीका अधिकांश सदस्य किसान र ज्याला मजदुरी गर्छन्। आर्थिक रूपमा विपन्न किसान र मजदुरको मागको सुनुवाइ कहीँकतैबाट भएको छैन। कुस्मा नगरपालिका–१ का अध्यक्ष खगराज पौडेलले दलित बस्तीमा खानेपानीको समस्या टड्कारो रहेको उल्लेख गर्दै भने, “भूकम्प जानु पहिले दलित बस्तीभन्दा केही पर रहेको पानीको मुहानबाट सानो भए पनि पानी आउने गर्दथ्यो ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - ११:०७
काठमाडौँ । महोत्तरीका पूर्व नेकपा (माओवादी केन्द्र) जिम्मेवार नेता तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता काशी महतो (करण)को निधन भएकाे छ । महतोको नि...
मंसिर २३ गते, २०८२ - १०:५७
जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५, खलङ्गा बजारको एक मोबाइल पसलमा हालै भएको आगलागीलाई ‘फायर हाइड्रेन्ट’ को प्रयोग गरी नियन्त्रणमा लिइएको छ। दमकल छ...
मंसिर २३ गते, २०८२ - १०:५२
काठमाडौँ । मंसिर २७ गतेदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र राजनीतिक प्रस्तावलाई लिएर मतभेद सतहमा आएको छ । अध्यक्ष केपी शर...
मंसिर २३ गते, २०८२ - १०:४९
काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । घटना काठमाडौँको...
मंसिर २३ गते, २०८२ - १०:४९
रुपन्देही । नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणि खनाल ‘बलदेव’ले कम्युनिष्ट आन्दोलनभित्र देखिएका असन्तुष्ट धारहरू अन्ततः केपी शर्मा ओलीतर्फै मोडिने...
मंसिर २३ गते, २०८२ - १०:४५
सल्यान । सल्यानको बाफुखोलाबाट दाङको तुलसीपुर आइरहेको ना४ख ६२३२ नम्बरको बस सल्यानको कोटबारामा दुर्घटना भएको छ । बसमा यात्रुहरु सवार नभएको र चालकलाई ...
मंसिर २३ गते, २०८२ - १०:४१
उपेक्षा र मर्मत अभावले बायोग्यास प्रणाली धराशायी, ऊर्जा रूपान्तरणमै संकट
मंसिर २३ गते, २०८२ - ०९:५८
तनहुँ । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण केही समय अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले कठिन अवस्थाबीच पनि सेवा प्रवाहलाई निरन्तर...
मंसिर २३ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...
मंसिर २३ गते, २०८२ - ०६:५५
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...




प्रतिकृया लेख्नुहोस्: