धादिङ । आइतबार बिहान ७:३९ बजे धादिङको ज्वालामुखी गाउँपालिका ५ खरी केन्द्रबिन्दु भएर गएको भूकम्पबाट धादिङमा ठाउँठाउँमा पहिरो खसेको छ ।
नवरात्रको महाष्टमीका दिन घरघरमा पूजाआजा गरी खसीबोका मार हान्ने तयारी गरिरहेका गाउँबासी भुइँचालो आएपछि त्रसित भएका छन् । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले ६.१ रेक्टरस्केलको भूकम्प गएको बताएको छ ।
पहिलो भूकम्प गएको केही बेरबाटै पटकपटक परकम्प गएको थियो । परकम्पले स्थानीय झन् बढी आत्तिएका छन् । बिहान ८.०८ बजे ४.२ म्याग्निच्यूडको, ८ बजेर २८ मिनेटमा ४.३ र ८:५९ मा ४.१ म्याग्निच्यूडको परकम्प गएको केन्द्रले जनाएको छ ।
भूकम्पबाट मानवीय क्षति नभएको तर केही घरमा क्षति भएकाे जिल्ला प्रहरी कार्यालय धादिङका एसपी गौतम मिश्रले जानकारी दिए ।
भुकम्पपछि सुख्खा पहिराे
स्थानीय जीवन सिम्खडाका अनुसार भूकम्पका कारण खरीको सिम्ले आसपासमा सुख्खा पहिरो खसेको छ । बूढीगण्डकीको तटीय क्षेत्रमा ठाउँठाउँमा जमिनमा चिरा परेको छ ।
सुख्खा पहिरो खसेर केही ठाउँमा घर जोखिममा भएपनि जनधनको क्षतिबारे केही सूचना नआएको ज्वालामुखी गाउँपालिका-५ का पूर्वअध्यक्ष कृष्ण काप्रीले बताए । सिम्लेमा दुई वटा ठूला पहिरो खसेको र ३ वटा घर जोखिममा रहेकाे उनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १२ गते, २०८३ - १०:०४
पोखरा । पोखरा महानगरपालिकाले बसपार्क क्षेत्रमा रहेका वास्तविक सुकुमबासीको पहिचान र व्यवस्थापनको प्रक्रिया अघि बढाइरहेका बेला कास्की–२ का सांसद उत्तमप्...
श्रावण १२ गते, २०८३ - ०९:५६
रसुवा । नेपाल–चीन सीमास्थित रसुवागढी नाकामा निर्माणाधीन एकीकृत भन्सार भवन एक दशक बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन। तीन वर्षभित्र निर्माण सक्ने लक्ष...
श्रावण १२ गते, २०८३ - ०९:५२
विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको झडपपछि उत्पन्न तनावका कारण मंगलबार विराटनगरका अधिकांश विद्यालय तथा कलेज बन्द भएका छन्। ...
श्रावण १२ गते, २०८३ - ०९:४९
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सुनसरीको देवानगञ्जमा एक जनाको ज्यान जाने तथा सुरक्षाकर्मीसहित २२ जना घाइते हुने गरी भएको साम्प्रदा...
श्रावण १२ गते, २०८३ - ०९:२८
चितवन । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत खहरे खोलानजिक सुक्खा पहिरो खस्दा मंगलबार बिहानदेखि दुईतर्फी सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ। बिहा...
श्रावण १२ गते, २०८३ - ०९:२५
धनकुटा। तमोर करिडोर सडकअन्तर्गत धनकुटाको चौबिसे गाउँपालिका वडा नं. ४ फलामेटार दुर्घटनामा परेको ट्रकमा आगलागी हुँदा मृत्यु भएका चालकको पहिचान खुलेको छ ...
श्रावण १२ गते, २०८३ - ०९:२०
झापा । झापाको मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको आवासीय भवनमा एक शिक्षिकाको शव फेला परेको छ। घटनापछि उनका श्रीमान् सम...
श्रावण १२ गते, २०८३ - ०९:०८
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशका तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। विभागका अ...
श्रावण १२ गते, २०८३ - ०९:०५
लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका–७ भाटबेंसीमा गएराति पहिरोले धन्सार भत्किँदा बाबुछोरीको मृत्यु भएको छ भने आमा–छोरी घाइते भएका छन्। मृत्यु हुनेमा...
श्रावण १२ गते, २०८३ - ०९:०२
धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटामा ट्रक दुर्घटनापछि आगलागी हुँदा चालकको जलेर मृत्यु भएको छ। सोमबार राति विराटनगरबाट ताप्लेजुङतर्फ जाँद...



प्रतिकृया लेख्नुहोस्: