दार्चुला । दसैँ तिहारलगायत चाडपर्वको बेला विभिन्न गाउँ तथा मन्दिरमा रमाइलोका लागि खेलिने हिङलो (पिङ) को प्रयोग पछिल्लो समय घट्दै गएको छ । जात्रा, धार्मिक मेला तथा चाडपर्वको बेला मठमन्दिरमा पूजाआजा सकिएपछि हिङलो खेलेर रमाइलो गरिन्छ ।
पिङ खेल्न स्थानीय युवायुवतीको घुइँचो लाग्ने गर्छ तर पछिल्लो समयमा हिङलो अर्थात् पिङको सङ्ख्या र प्रयोग घट्दै गएको छ । केही मन्दिरमा हिङलो लोप भइसकेको छ, मालिकार्जुनका स्थानीय वीरसिंह धामीले बताए ।
हिङलोसमेत जीर्ण अवस्थामा रहेकाले दुर्घटनाको जोखिम बढेको छ । अधिकांश मन्दिरमा हालिएका हिङलो संरक्षणको अभावमा काठ कुहिएर जीर्ण अवस्थामा रहेको स्थानीय बताउँछन् ।
युवापुस्तामा हिङलो खेल्ने उत्साहमा कमी आएको हुँदा प्रयोग घट्दै गएको स्थानीय कृष्ण पालले बताए । पछिल्लो पुस्तामा नयाँ हिङलो बनाउने सिपसमेत कम देखिन्छ । हुनैनाथ मन्दिर औतालेकमा रहेको काठको हिङलो (पिङ) पनि केही महिना अगाडि जीर्ण भएर ढलेको थियो ।
उक्त हिङलो पुनर्निर्माणका लागि गाउँपालिकाले छलफलसमेत गरेको छ । उकुका पाल परिवार, बाकुका चन्द तथा लिमाका परिवारले मन्दिरमा हिङलो पिङ चढाएर स्थापना गरेको इतिहास रहेको बताइन्छ ।
उक्त परम्परा जोगाउन यिनै परिवारले मन्दिरमा हिङलो पिङ चढाउने निर्णय गरिएको हुनैनाथ मन्दिरका उद्धव सिंह धामीले बताए । नापजाँच गरेर काठ बनाउन सुरु गरिएको र केही दिनभित्रै मन्दिरमा हिङलो राखिने उनको भनाइ छ ।
यस्तै लेकमको भगवती मन्दिर कृणी, मालिकार्जुन मन्दिर मैखोलीलगायत देवीदेवताका मन्दिरमा रहेको हिङलो पिङसमेत पछिल्लो समय जीर्ण बन्दै गएका छन् । भगवती मन्दिर कृणीमा रहेको हिङलो पिङ जीर्ण अवस्थामा रहेकाले पिङ खेल्न बन्द गरिएको लेकम गाउँपालिका–२ का वडाध्यक्ष शिवराज जोशीले बताए ।
युवापुस्ताले आधुनिकतालाई पछ्याउँदा परम्परा संस्कार र संस्कृति हराउँदै जान थालेको छ । संस्कृतिका धरोहरहरू लोप भइरहेका छन् । दसैँमा एक पटक भए पनि जमिन छोड्नुपर्छ भन्ने मान्यता भए पनि त्यसमा युवाको चाँसो देखिँदैन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १२ गते, २०८३ - १०:०४
पोखरा । पोखरा महानगरपालिकाले बसपार्क क्षेत्रमा रहेका वास्तविक सुकुमबासीको पहिचान र व्यवस्थापनको प्रक्रिया अघि बढाइरहेका बेला कास्की–२ का सांसद उत्तमप्...
श्रावण १२ गते, २०८३ - ०९:५६
रसुवा । नेपाल–चीन सीमास्थित रसुवागढी नाकामा निर्माणाधीन एकीकृत भन्सार भवन एक दशक बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन। तीन वर्षभित्र निर्माण सक्ने लक्ष...
श्रावण १२ गते, २०८३ - ०९:५२
विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको झडपपछि उत्पन्न तनावका कारण मंगलबार विराटनगरका अधिकांश विद्यालय तथा कलेज बन्द भएका छन्। ...
श्रावण १२ गते, २०८३ - ०९:४९
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सुनसरीको देवानगञ्जमा एक जनाको ज्यान जाने तथा सुरक्षाकर्मीसहित २२ जना घाइते हुने गरी भएको साम्प्रदा...
श्रावण १२ गते, २०८३ - ०९:२८
चितवन । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत खहरे खोलानजिक सुक्खा पहिरो खस्दा मंगलबार बिहानदेखि दुईतर्फी सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ। बिहा...
श्रावण १२ गते, २०८३ - ०९:२५
धनकुटा। तमोर करिडोर सडकअन्तर्गत धनकुटाको चौबिसे गाउँपालिका वडा नं. ४ फलामेटार दुर्घटनामा परेको ट्रकमा आगलागी हुँदा मृत्यु भएका चालकको पहिचान खुलेको छ ...
श्रावण १२ गते, २०८३ - ०९:२०
झापा । झापाको मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको आवासीय भवनमा एक शिक्षिकाको शव फेला परेको छ। घटनापछि उनका श्रीमान् सम...
श्रावण १२ गते, २०८३ - ०९:०८
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशका तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। विभागका अ...
श्रावण १२ गते, २०८३ - ०९:०५
लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका–७ भाटबेंसीमा गएराति पहिरोले धन्सार भत्किँदा बाबुछोरीको मृत्यु भएको छ भने आमा–छोरी घाइते भएका छन्। मृत्यु हुनेमा...
श्रावण १२ गते, २०८३ - ०९:०२
धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटामा ट्रक दुर्घटनापछि आगलागी हुँदा चालकको जलेर मृत्यु भएको छ। सोमबार राति विराटनगरबाट ताप्लेजुङतर्फ जाँद...



प्रतिकृया लेख्नुहोस्: