सङ्खुवासभा । उत्तर–दक्षिण कोशी राजमार्ग अन्तर्गत चिचिला खण्डमा भेटिनुभएका भोटखोला गाउँपालिका–२, चेपुवाका ङाञ्जाम भोटेलाई दसैँमा घर नपुगिएला कि भन्ने चिन्ताले सताएको छ । इटहरी बस्दै आउनुभएका भोटेलाई राष्ट्रिय राजमार्गको दुरावस्थाका कारण दसैँमा घर नपुगिने हो कि भन्ने चिन्ता बढेको हो ।
सङ्खुवासभा सदरमुकाम खाँदबारीदेखि मकालु गाउँपालिकाको नुमसम्मको सडक हिलाम्मे भएका कारण सवारीसाधन नचल्दा उनी जस्तै धेरैलाई चिन्ता बढेको छ । ठाउँ ठाउँको कच्ची सडक हिलाम्मे तथा जोखिमपूर्ण भएकै कारण आवागमनमा समस्या छ ।
बिच बाटोमै सवारीसाधन रोकिएपछि यात्रु अलपत्र पर्ने गरेको मकालु गाउँपालिकाका अर्का यात्रु गजेन्द्र राईको भनाइ छ । “त्यहीँको त्यहीँ गाडी फस्छ र रोकिन्छ । हिँडेर जाने सम्भावना छैन । घर पुग्नै मुस्किल भयो,” उनले भने ।
साँघुरो सडकमा अरुण तेस्रो जलविद्युत् आयोजनाका ठुला मालवाहक सवारीसाधन फँसेपछि घण्टौँ जाम हुने गरेको छ । कतिपय ठाउँमा त्यस्ता सवारीसाधन बिच बाटोमै बिग्रिने हुँदा पनि लामो समयसम्म बाटोमै बस्नुपर्ने बाध्यता छ । हिलाम्मे सडकमा बिग्रिएका सवारीसाधन मर्मत नभएसम्म पर्खिनुपर्ने बाध्यता छ । खाँदबारीदेखि नुमसम्मको करिब ४० किलोमिटर सडकमा थुप्रै स्थानमा रोकिनुपर्ने बाध्यता छ । बाटोमा अवरोध र समस्याका कारण दसैँमा गाउँ आउने मात्र नभएर मकालु हिमाल क्षेत्रमा घुम्न आउने विदेशी पर्यटकसमेत सास्ती भोग्न बाध्य छन् ।
अधिकांश सडक कालोपत्रे भइसक्नुपर्नेमा ठेकेदारले काम नगरेपछि यात्रुले सास्ती भोग्नु परेको हो । शर्मा शिवशक्ति जेभीले आगामी पुस १७ गतेसम्म सम्पन्न गर्ने गरी २०७८ असार १७ गते उत्तर दक्षिण कोशी सडक आयोजनाको कार्यालय सङ्खुवासभासँग सम्झौता गरेको थियो । सम्पन्न अवधि सकिन लाग्दा केही स्थानमा माटो खन्ने र पर्खाल लगाउनेबाहेक अरू काम गरेको छैन । सामान्य अवस्थामा सञ्चालन भइरहेको सडकमा माटो खनिएपछि यातायात सञ्चालन गर्न असहज बनेको हो ।
कुल ३९ किलोमिटर सडकको कालोपत्रे गर्न सो निर्माण कम्पनीले दुई अर्ब ६० करोड रुपियाँ विनियोजित रकममध्ये एक अर्ब २७ करोड रुपियाँमा ठेक्का सकारेको थियो । उक्त निर्माण कार्य सम्पन्न गर्न नसकिने संयुक्त कम्पनीमध्येका शिवशक्ति निर्माण कम्पनीका सञ्चालक सुरेन्द्र पाठकले हालैको जिल्ला प्रशासन कार्यालयमा आयोजित छलफल कार्यक्रममा स्वीकार गरीुकेका छन् । अर्को संयुक्त कम्पनी शर्मालाई सोधेर दुवै कम्पनीले निर्माण कार्य नसक्ने भएमा कारबाही प्रक्रिया अघि बढाएर नयाँ प्रक्रिया सुरु गरिने जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षीय बैठकले पारित गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १२ गते, २०८३ - १०:०४
पोखरा । पोखरा महानगरपालिकाले बसपार्क क्षेत्रमा रहेका वास्तविक सुकुमबासीको पहिचान र व्यवस्थापनको प्रक्रिया अघि बढाइरहेका बेला कास्की–२ का सांसद उत्तमप्...
श्रावण १२ गते, २०८३ - ०९:५६
रसुवा । नेपाल–चीन सीमास्थित रसुवागढी नाकामा निर्माणाधीन एकीकृत भन्सार भवन एक दशक बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन। तीन वर्षभित्र निर्माण सक्ने लक्ष...
श्रावण १२ गते, २०८३ - ०९:५२
विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको झडपपछि उत्पन्न तनावका कारण मंगलबार विराटनगरका अधिकांश विद्यालय तथा कलेज बन्द भएका छन्। ...
श्रावण १२ गते, २०८३ - ०९:४९
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सुनसरीको देवानगञ्जमा एक जनाको ज्यान जाने तथा सुरक्षाकर्मीसहित २२ जना घाइते हुने गरी भएको साम्प्रदा...
श्रावण १२ गते, २०८३ - ०९:२८
चितवन । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत खहरे खोलानजिक सुक्खा पहिरो खस्दा मंगलबार बिहानदेखि दुईतर्फी सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ। बिहा...
श्रावण १२ गते, २०८३ - ०९:२५
धनकुटा। तमोर करिडोर सडकअन्तर्गत धनकुटाको चौबिसे गाउँपालिका वडा नं. ४ फलामेटार दुर्घटनामा परेको ट्रकमा आगलागी हुँदा मृत्यु भएका चालकको पहिचान खुलेको छ ...
श्रावण १२ गते, २०८३ - ०९:२०
झापा । झापाको मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको आवासीय भवनमा एक शिक्षिकाको शव फेला परेको छ। घटनापछि उनका श्रीमान् सम...
श्रावण १२ गते, २०८३ - ०९:०८
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशका तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। विभागका अ...
श्रावण १२ गते, २०८३ - ०९:०५
लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका–७ भाटबेंसीमा गएराति पहिरोले धन्सार भत्किँदा बाबुछोरीको मृत्यु भएको छ भने आमा–छोरी घाइते भएका छन्। मृत्यु हुनेमा...
श्रावण १२ गते, २०८३ - ०९:०२
धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटामा ट्रक दुर्घटनापछि आगलागी हुँदा चालकको जलेर मृत्यु भएको छ। सोमबार राति विराटनगरबाट ताप्लेजुङतर्फ जाँद...



प्रतिकृया लेख्नुहोस्: