काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले दसैँमा चार्टर उडानको अनुमति दिने अधिकार सम्बन्धित विमानस्थललाई प्रत्यायोजन गरेको छ ।
कार्तिक ४ देखि ९ गतेसम्म दसैँ र कार्तिक २६ देखि ३० गतेसम्म तिहारको उपलक्ष्यमा नेपाल सरकारद्वारा प्रदान गरिएको सार्वजनिक बिदा पर्न जाने हुनाले सो अवधिमा प्राधिकरण बन्द रहने हुँदा प्रधान कार्यालयबाट प्रदान गरिने चार्टर उडानको अनुमतिको लागि विमानस्थललाई अधिकार दिएको हो ।
यसअघि दुर्घटना न्यूनीकरणका लागि प्रधान कार्यालयबाट चार्टर उडानको अनुमति दिँदै आइएको थियो ।
यस्तो छ हवाई यातायात विभागले जारी गरेको विज्ञप्तिअनुसारको निर्णय :
(१) गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उद्गम हुन आन्तरिक (Fixed wing & Rotor Wing) तथा अन्तर्राष्ट्रिय चार्टर उडानहरुसम्बन्धित विमानस्थलबाट लिने ।
(२) नेपालगंज, सुर्खेत र धनगढी विमानस्थलबाट उद्गम हुने आन्तरिक (Fixed wing & Rotor Wing) वायुयानको चार्टर उडानहरुको अनुमति नेपालगंज नागरिक उड्डयन कार्यालयबाट लिने ।
(३) तेञ्जिङ्ग हिलारी विमानस्थल र सो क्षेत्रमा हुने आन्तरिक (Fixed wing & Rotor Wing) वायुयानको चार्टर उडानको अनुमति तेञ्जिङ्ग हिलारी विमानस्थल नागरिक उड्डयन कार्यालयबाट लिने ।
(४) त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय चार्टर (यात्रु कार्गो, Diplomatic Medical, Overfly & Air Ambulance) तथा आन्तरिक (Fixed wing & Rotor Wing) वायुयानको चार्टर उडान (सिलिङ्ग तथा पुष्पवृष्टि बाहेक), हेलिकप्टरको निषेधित क्षेत्रको उडान तथा अन्य नेपाली वायुक्षेत्रमा हुने चार्टर उडानको अनुमति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयबाट अनुमति लिने ।
(५) नेपाली वायुक्षेत्रमा हुने उडान अनुमति सम्बन्धमा कुनै दुविधा भएमा प्रधान कार्यालय, हवाई यातायात विभागमा सम्पर्क गर्ने ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८२ - ०८:५८
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...
पौष १२ गते, २०८२ - ०८:५४
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...
पौष १२ गते, २०८२ - ०८:५२
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुन...
पौष १२ गते, २०८२ - ०८:२३
अर्घाखाँची । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को कम्युनबाट प्रहरीले भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्...
पौष १२ गते, २०८२ - ०८:२३
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख तीन दलका शीर्ष नेतासँग निर्वाचनको विषयमा छलफल गर्ने भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा श...
पौष १२ गते, २०८२ - ०७:५४
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । पछिल्ला केही दिनदेखि निरन्तर जारी बैठक आज दिउँसो १ बजे पार्टी क...
पौष १२ गते, २०८२ - ०७:५२
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणका अनुसार पानीपोखरी फिडर र हस्पिटल फ...
पौष १२ गते, २०८२ - ०७:५१
काठमाडौं । सरकारले विद्युतीय प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने व्यवस्था गरेको छ । भूउपयोग नियमावली, २०७९ को तेस्रो संशोधनमार्फ...
पौष १२ गते, २०८२ - ०७:३८
काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ भ...
पौष ११ गते, २०८२ - २२:०६
ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...




प्रतिकृया लेख्नुहोस्: