Khabar Dabali १२ श्रावण २०८३ मंगलवार | 28th July, 2026 Tue
Investment bank

कोशी प्रदेशमा चाडपर्वलाई सुरक्षित बनाउन थप ७ हजार ५ सय १५ प्रहरी परिचालन

खबरडबली संवाददाता

विराटनगर  । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनरले चाडपर्वलाई सुरक्षित बनाउन चाड पर्व सुरक्षा कार्य योजना २०८० अनुसार थप प्रहरी परिचालन गरेको छ । चाड पर्व सुरक्षा कार्य योजना अनुसार  कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले प्रदेशमा ७ हजार ५ सय १५ जना प्रहरी जनशक्ति परिचालन गरेको हाे ।

प्रदेशका सबै जिल्लाको सुरक्षा व्यवस्थालाई मजवुद बनाई आम नागरिकमा सुरक्षित र भयरहित तवरबाट चाड पर्व हर्ष र उल्लासका साथ मनाउने  वातावरण सृजना गर्न, बैङ्क तथा बितिय संघ संस्थाहरुमा हुने कारोवार सुरक्षित बनाउन, बिभिन्न गन्तब्य सम्म जाने यात्रुहरुलाई पूर्ण सुरक्षाको प्रत्याभूती दिलाउन र कुनै किसिमको अप्रिय घटना, दुर्घटना हुन नदिन चाड पर्व सुरक्षा योजना  तयार गरी  दुरुस्त र योजनाबद्धरुपमा प्रहरी परिचालन गरेको हो ।  

चाड पर्वको समयमा हुन सक्ने अवान्छित/ अपराधिक क्रियाकलाप रोकथाम तथा नियन्त्रण र बिगतको घटनालाई  विश्लेषण गरी चाडपर्व लक्षित सुरक्षा योजना अनुसार प्रदेश स्तरिय कमाण्ड पोष्ट स्थापना गरी १४ वटै जिल्लाहरुमा  जिल्ला कमाण्ड पोष्ट स्थापना गरी प्रहरी परिचालन गरेको छ । यसै गरी प्रदेश रिजर्भ टोली ४ वटा र  जिल्ला रिजर्भ टोली २६ वटा र जिल्लाहरुमा १७ वटा स्ट्राईकिङ टोली तयार गरी परिचालन गरिएको छ । जिल्लाहरुमा शान्ति सुरक्षाको निम्ति बिशेष चेकिङ, नियमित चेकिङ, रात्री कालिन चेकिङ, ट्राफिक सहित संयुक्त चेकिङ, मोवायल गस्ती, पैदल गस्ती, मोटरसाईकल गस्ती, साईकल गस्ती तथा बिभिन्न स्थानमा पिकेट ड्युटी खटाई सुरक्षा व्यवस्था मजवुद बनाईएको छ ।

बजार एरिया,बैङक, बितिय संघ संस्था एकान्त ठाउँ, मानिसको बढी भिडभाड हुने स्थानहरुमा शान्ति सुरक्षाको निम्ति पैदल तथा मोवायल गस्ती र सादा पोशाकमा परिचालन गरिएको छ भने चोक बजार लगायत बिभिन्न स्थानमा रहेका CC TV को निगरानी समेत बढाईएको  छ  । अन्तराष्ट्रिय सिमानाका तथा अन्तर जिल्लाका नाकाहरुमा अवैध सामान तथा बिष्फोटक पदार्थ भित्रिन नदिन  मुख्य नाका तथा संकास्पद स्थानहरुमा तालिम प्राप्त कुकुर सहितको प्रहरी टोली परिचालन गरी संकित ब्यक्ति तथा  सवारी साधनहरुमा कडाईका साथ चेकजाँचको ब्यवस्था मिलाईएको छ । सवारी दुर्घटना न्युनिकरण, यात्रु सहजिकरण तथा यात्रुहरु ठगिन नदिन यात्रु सहायता कक्षको स्थापना गरी संचालनमा ल्याईनुको साथै राजमार्गहरुमा २४ सै घण्टा संयुक्तरुपमा ट्राफिक प्रहरी सहितको बिशेष चेकिङ गरिदै आएको छ ।

सरकारी कार्यालय, महत्वपूर्ण प्रतिष्ठान, धार्मिक स्थल, उधोग कलकारखानाहरुको सुरक्षाको निम्ति आवश्यक पैदल तथा मोवायल गस्ती सहित थप प्रहरी परिचलान गरिएको छ भने पहाडी भेगहरुमा शान्ति सुरक्षाको निम्ति लामो तथा छोटो ग्रामिण गस्ति, बजार गस्ती, खवर संकलन समेत गरी सुरक्षा व्यवस्था मजवुद बनाईएको छ । यसै गरी बजारमा खाधान्न लगायत अत्यावश्यक उपभोग्य वस्तुको बिक्रि बितरण सहज बनाउन सरोकारवाला निकायसंग समन्वय गरी बजार अनुगमन समेत गरिदै आईरहेको छ ।

यसै गरी चाड पर्वको समयमा हुन सक्ने अपराधिक गतिविधि लगायत बिभिन्न घटना दुर्घटनाबाट मानविय तथा भौतिक क्षति न्युनिकरणको लागि कोशी प्रदेश प्रहरी कार्यालय तथा अन्तरगत रहेका जिल्ला प्रहरी कार्यालयहरु समेतले सचेतनाको लागि रेडियो, टेलिभिजन तथा बिभिन्न पत्र पत्रिका मार्फत सुरक्षा सम्वन्धि सचेतनामुलक जानकारी समेत गराउदै आईरहेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पाेखरा बसपार्कको सुकुमबासी मुद्दामा मेयर–सांसदबीच जुहारी

पोखरा । पोखरा महानगरपालिकाले बसपार्क क्षेत्रमा रहेका वास्तविक सुकुमबासीको पहिचान र व्यवस्थापनको प्रक्रिया अघि बढाइरहेका बेला कास्की–२ का सांसद उत्तमप्...

१० वर्ष बित्दा पनि बनेन रसुवागढीको एकीकृत भन्सार भवन, अन्तिम चेतावनीपछि ठेक्का तोड्ने तयारी

रसुवा । नेपाल–चीन सीमास्थित रसुवागढी नाकामा निर्माणाधीन एकीकृत भन्सार भवन एक दशक बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन। तीन वर्षभित्र निर्माण सक्ने लक्ष...

देवानगञ्ज घटनाको प्रभाव विराटनगरसम्म: सुरक्षा चिन्ताले विद्यालय बन्द

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको झडपपछि उत्पन्न तनावका कारण मंगलबार विराटनगरका अधिकांश विद्यालय तथा कलेज बन्द भएका छन्। ...

देवानगञ्ज घटनामा बाबुरामको चिन्ता: देशलाई अस्थिरताको भूमरीमा फस्न नदिन संयम अपनाऔँ

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सुनसरीको देवानगञ्जमा एक जनाको ज्यान जाने तथा सुरक्षाकर्मीसहित २२ जना घाइते हुने गरी भएको साम्प्रदा...

पहिरोले रोकियो मुग्लिन–नारायणगढ सडक, खुलाउन तीव्र प्रयास

​चितवन । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत खहरे खोलानजिक सुक्खा पहिरो खस्दा मंगलबार बिहानदेखि दुईतर्फी सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ। बिहा...

दुर्घटनामा परेको ट्रकमा आगलागी हुँदा मृत्यु भएका चालकको पहिचान खुल्यो

धनकुटा। तमोर करिडोर सडकअन्तर्गत धनकुटाको चौबिसे गाउँपालिका वडा नं. ४ फलामेटार दुर्घटनामा परेको ट्रकमा आगलागी हुँदा मृत्यु भएका चालकको पहिचान खुलेको छ ...

बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव, श्रीमान् सम्पर्कविहीन

झापा । झापाको मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको आवासीय भवनमा एक शिक्षिकाको शव फेला परेको छ। घटनापछि उनका श्रीमान् सम...

आज तीन प्रदेशमा भारी वर्षाको चेतावनी, सतर्क रहन मौसम विभागको आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशका तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। विभागका अ...

लमजुङमा मध्यराति पहिरोमा परेर बाबुछोरीको मृत्यु, आमा–छोरी घाइते

लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका–७ भाटबेंसीमा गएराति पहिरोले धन्सार भत्किँदा बाबुछोरीको मृत्यु भएको छ भने आमा–छोरी घाइते भएका छन्। मृत्यु हुनेमा...

ब्रेक फेल भएपछि ट्रकमा आगलागी, चालकको जलेर मृत्यु

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटामा ट्रक दुर्घटनापछि आगलागी हुँदा चालकको जलेर मृत्यु भएको छ। सोमबार राति विराटनगरबाट ताप्लेजुङतर्फ जाँद...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending