काठमाडाैं । विजयादशमी नजिकिँदै गर्दा काठमाडाैं उपत्यका छाडेर घर जानेको लर्को लागेको छ । रोजगारी, अध्ययन तथा अन्य पेसा–व्यवसायका लागि उपत्यकामा रहेकाहरू धमाधम घर फर्किरहेका छन् ।
आजदेखि सरकारी बिदा समेत शुरु भएकाले घर फर्किनेको घुइँचो बढेको छ । कलङ्की, बालाजु, बल्खु, कोटेश्वरलगायतका ठाउँमा बिहानैदेखि यात्रुको घुइँचो लागेको छ ।
उपत्यका भित्रका सार्वजनिक गाडीमा पनि यात्रुको थामी नसक्नु भिड छ । भिडका कारण कलङ्की, बल्खु, कोटेश्वर, जडीबुटीमा जाम समेत बढेको छ । यस्तै, गाडी छुट्ने नयाँ बसपार्कमा पनि घुइँचो बढेको छ । यात्रु र गाडीको चापका कारण ट्राफिक व्यवस्थापन गर्न हम्मेहम्मे परेको महानगरीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
ट्राफिक प्रहरीका अनुसार हिजो एकैदिन काठमाडाैं उपत्यकाबाट एक लाखभन्दा धेरै बाहिरिएका छन् । हिजो एक लाख १२ हजार ४ सय १६ जना बाहिरिएका छन् भने यो सङ्ख्या आज झन् बढ्ने छ ।
यस्तै, गाडी रिजर्भ गरेर जानेहरुको सङ्ख्या पनि उत्तिकै रहेकाे छ । गाउँ घर फर्किन लागेका यात्रुको यात्रा भने कष्टकर बनेको छ । टिकट नपाउने, टिकट पाए पनि तोकिएको सिट नपाउने जस्ता समस्या भोग्नु परेको यत्रुहरूकाे गुनासाे रहेकेा छ ।
यस्तै, सडकमा भएका खाल्डाखुल्डीका कारण थप यात्रा कष्टकर बनिदिएको छ । यात्राका क्रममा कुनै समस्या परे वा बढी भाडा तिर्न परे ठाउँठाउँमा रहेका यात्रु सहायता कक्ष वा प्रहरीमा गुनासो गर्न ट्राफिक प्रहरीले आग्रह गर्दै आएको छ । यसपालि घटस्थापनादेखि अहिलेसम्म ६ लाख ५० हजार भन्दा धेरै सर्वसाधरणा उपत्यकाबाट बाहिरिएका अनुमान छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८२ - ०८:५८
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...
पौष १२ गते, २०८२ - ०८:५४
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...
पौष १२ गते, २०८२ - ०८:५२
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुन...
पौष १२ गते, २०८२ - ०८:२३
अर्घाखाँची । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को कम्युनबाट प्रहरीले भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्...
पौष १२ गते, २०८२ - ०८:२३
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख तीन दलका शीर्ष नेतासँग निर्वाचनको विषयमा छलफल गर्ने भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा श...
पौष १२ गते, २०८२ - ०७:५४
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । पछिल्ला केही दिनदेखि निरन्तर जारी बैठक आज दिउँसो १ बजे पार्टी क...
पौष १२ गते, २०८२ - ०७:५२
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणका अनुसार पानीपोखरी फिडर र हस्पिटल फ...
पौष १२ गते, २०८२ - ०७:५१
काठमाडौं । सरकारले विद्युतीय प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने व्यवस्था गरेको छ । भूउपयोग नियमावली, २०७९ को तेस्रो संशोधनमार्फ...
पौष १२ गते, २०८२ - ०७:३८
काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ भ...
पौष ११ गते, २०८२ - २२:०६
ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...




प्रतिकृया लेख्नुहोस्: