Khabar Dabali १२ श्रावण २०८३ मंगलवार | 28th July, 2026 Tue
Investment bank

उपभोक्तालाई कम तेल दिने काठमाडौंका ४ वटा पेट्रोल पम्पमा सिल

खबरडबली संवाददाता

काठमाडौं । उपभोक्तालाई कम तेल दिएर ठग्ने ४ वटा पेट्रोल पम्पमा सरकारी अनुगमन टोलीले सिल गरेको छ । उपभोक्तालाई कम तेल दिएर ठग्ने काठमाडौंको शान्तिनगरस्थित हरिसिद्धि पेट्रोल पम्प, हल्चोकस्थित सशस्त्र प्रहरीको पेट्रोल पम्प, कलंकीस्थित श्यामा पेट्रोल पम्प र तीनकुनेस्थित बाबा भ्याली पेट्रोल पम्पमा अनुगमन टोलीले सिल गरेको हो ।

उपभोक्तालाई निर्धारित परिमाणभन्दा कम इन्धन बिक्री गरेको भेटिएपछि अनुगमन टोलीले बिहीबार हरिसिद्धि पेट्रोल पम्पमा सिल गरेको छ । अनुगमन टोलीले बुधबार सशस्त्र प्रहरीको पेट्रोल पम्प र श्यामा पेट्रोल पम्पमा सिल गरेको थियो । त्यस्तै टोलीले मंगलबार साँझ बाबा भ्याली पेट्रोल पम्पमा पनि सिल गरेको थियो ।

प्रधानमन्त्रीको सचिवालय तथा प्रधानमन्त्री कार्यालय, नेपाल आयल निगम, गुणस्तर तथा नापतौल विभाग, राष्ट्रिय सतर्कता केन्द्र, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग प्रतिनिधि सम्मिलित टोलीले अहिले पेट्रोल पम्पहरुको अनुगमन गरिरहेको छ ।

प्रधानमन्त्री दाहालको प्रत्यक्ष निर्देशनमा गठन गरिएको र्‍यापिड रेस्पोन्स टिमले पम्पहरुको अनुगमन गरेको हो । पम्पबाट कम परिमाणमा इन्धन उपलब्ध गराइएको विषयमा अत्यधिक गुनासो प्राप्त भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पहिरोले रोकियो मुग्लिन–नारायणगढ सडक, खुलाउन तीव्र प्रयास

​चितवन । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत खहरे खोलानजिक सुक्खा पहिरो खस्दा मंगलबार बिहानदेखि दुईतर्फी सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ। बिहा...

दुर्घटनामा परेको ट्रकमा आगलागी हुँदा मृत्यु भएका चालकको पहिचान खुल्यो

धनकुटा। तमोर करिडोर सडकअन्तर्गत धनकुटाको चौबिसे गाउँपालिका वडा नं. ४ फलामेटार दुर्घटनामा परेको ट्रकमा आगलागी हुँदा मृत्यु भएका चालकको पहिचान खुलेको छ ...

बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव, श्रीमान् सम्पर्कविहीन

झापा । झापाको मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको आवासीय भवनमा एक शिक्षिकाको शव फेला परेको छ। घटनापछि उनका श्रीमान् सम...

आज तीन प्रदेशमा भारी वर्षाको चेतावनी, सतर्क रहन मौसम विभागको आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशका तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। विभागका अ...

लमजुङमा मध्यराति पहिरोमा परेर बाबुछोरीको मृत्यु, आमा–छोरी घाइते

लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका–७ भाटबेंसीमा गएराति पहिरोले धन्सार भत्किँदा बाबुछोरीको मृत्यु भएको छ भने आमा–छोरी घाइते भएका छन्। मृत्यु हुनेमा...

ब्रेक फेल भएपछि ट्रकमा आगलागी, चालकको जलेर मृत्यु

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटामा ट्रक दुर्घटनापछि आगलागी हुँदा चालकको जलेर मृत्यु भएको छ। सोमबार राति विराटनगरबाट ताप्लेजुङतर्फ जाँद...

सरकारसँग ७ बुँदे सहमति, डा. गोविन्द केसीले तोडे अनसन

काठमाडौं । सरकार र डा. गोविन्द केसीबीच सात बुँदे सहमति भएपछि डा. केसीले आफ्नो सत्याग्रह (अनसन) अन्त्य गरेका छन्। सोमबार भएको सहमतिपछि स्वास्थ्य तथा खा...

देवानगञ्ज घटनापछि मुख्यमन्त्री कार्कीको अपिल : अफवाहमा नलाग्न र सामाजिक सद्भाव जोगाउन आग्रह

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुनसरीको देवानगञ्ज गाउँपालिकामा भएको हिंसात्मक घटनाप्रति दुःख व्यक्त गर्दै नागरिकलाई संयमित...

८० महिनापछि सपना पूरा : आजदेखि सञ्चालनमा आउँदै नागढुङ्गा सुरुङमार्ग

काठमाडौं । नेपालको सडक पूर्वाधार विकासमा नयाँ अध्याय थप्दै बहुप्रतीक्षित नागढुङ्गा सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। निर्माण सुरु...

म्याग्दीमा पहिरोका कारण दुई घर पुरिए, एक जनाको मृत्यु, सडकसमेत अवरुद्ध

म्याग्दी । अविरल वर्षापछि म्याग्दीमा गएको पहिरोले दुई घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने प्रमुख सडकहरू अवरुद्ध भएका छन्। जिल्ला प्रहरी कार्यालय ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending