काठमाडौं । एनआरएनका बहालवाला अध्यक्ष कुल आचार्यलाई ‘फाँसी’ को चेतावनी दिने एनआरएन प्रतिनिधिले माफी मागेका छन् । आचार्यलाई फासी दिनुपर्छ भनेर उत्तेजक अभिव्यक्ति दिने योगेन क्षेत्रीले माफी मागेका हुन् ।
बेलायतबाट आएका ती प्रतिनिधिले एनआरएनलाई वितरण गर्न लागिएको नागरिकतामा धोकाधडी भएको भन्दै आचार्यलाई ‘फाँसी हुनसक्ने’ चेतावनी दिएका थिए । उनी एनरआएन निवर्तमान अध्यक्ष तथा हालै अध्यक्षको उम्मेदवारी दिएर फिर्ताकी रविना थापाका भाइ हुन् । क्षेत्री एनआरएन बेलायतको विवादको बेला अध्यक्ष समेत भएका थिए ।
यस विषयमा आज ती महाधिवेशन प्रतिनिधिले आचार्यलाई भेटेर माफी मागेका आचार्यले बताए । उनले बोल्दाबोल्दै मुखबाट निस्किहाल्यो भन्दै उनले क्षमायाचना गरेको आचार्यकाे भनाइ छ ।
उनले दिएकाे अराजक अभिव्यक्तिबाट पूर्वमन्त्री तथा नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री क्रोधित बनेकी थिइन् । उनकाे भाषणले एनआरएन महाधिवेशनको माहोल तात्तिएको छ । एनआरएन प्रतिनिधिहरु उनको समर्थन र विरोधमा बाँडिएका छन् । केहीले झाँक्रीले तीतो सत्य बोलेको भन्दै उनको बचाउ गरेका छन् भने केहीले एनआरएनलाई अपमानित गरेको गुनासो गरिरहेका छन् ।
एनआरएनका बहालवाला अध्यक्ष आचार्य भने झाँक्रीको अभिव्यक्तिबाट खासै उद्वेलित भएका छैनन् । यसलाई सामान्य विषय भन्दै उनले ठूलो इस्यू नबनाउन आग्रह गरेका छन् । उनले झाँक्री स्पष्ट वक्ता भएकाे र लामो समय सँगै काम गरेको व्यक्ति रहेकाे बताए ।
आचार्यले झाँक्रीले आफूलाई लागेको कुरा बोलेकाे र यसमा आपत्ति जनाउनुपर्ने कुरा केही पनि नभएकाे बताउँदै मिडियाले पनि ठूलो इस्यू नबनाउँदा राम्रो हुने सुझाब दिएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १२ गते, २०८३ - ०९:२८
चितवन । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत खहरे खोलानजिक सुक्खा पहिरो खस्दा मंगलबार बिहानदेखि दुईतर्फी सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ। बिहा...
श्रावण १२ गते, २०८३ - ०९:२५
धनकुटा। तमोर करिडोर सडकअन्तर्गत धनकुटाको चौबिसे गाउँपालिका वडा नं. ४ फलामेटार दुर्घटनामा परेको ट्रकमा आगलागी हुँदा मृत्यु भएका चालकको पहिचान खुलेको छ ...
श्रावण १२ गते, २०८३ - ०९:२०
झापा । झापाको मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको आवासीय भवनमा एक शिक्षिकाको शव फेला परेको छ। घटनापछि उनका श्रीमान् सम...
श्रावण १२ गते, २०८३ - ०९:०८
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशका तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। विभागका अ...
श्रावण १२ गते, २०८३ - ०९:०५
लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका–७ भाटबेंसीमा गएराति पहिरोले धन्सार भत्किँदा बाबुछोरीको मृत्यु भएको छ भने आमा–छोरी घाइते भएका छन्। मृत्यु हुनेमा...
श्रावण १२ गते, २०८३ - ०९:०२
धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटामा ट्रक दुर्घटनापछि आगलागी हुँदा चालकको जलेर मृत्यु भएको छ। सोमबार राति विराटनगरबाट ताप्लेजुङतर्फ जाँद...
श्रावण ११ गते, २०८३ - २२:४२
काठमाडौं । सरकार र डा. गोविन्द केसीबीच सात बुँदे सहमति भएपछि डा. केसीले आफ्नो सत्याग्रह (अनसन) अन्त्य गरेका छन्। सोमबार भएको सहमतिपछि स्वास्थ्य तथा खा...
श्रावण ११ गते, २०८३ - २२:०७
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुनसरीको देवानगञ्ज गाउँपालिकामा भएको हिंसात्मक घटनाप्रति दुःख व्यक्त गर्दै नागरिकलाई संयमित...
श्रावण ११ गते, २०८३ - ०८:५२
काठमाडौं । नेपालको सडक पूर्वाधार विकासमा नयाँ अध्याय थप्दै बहुप्रतीक्षित नागढुङ्गा सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। निर्माण सुरु...
श्रावण ११ गते, २०८३ - ०८:४९
म्याग्दी । अविरल वर्षापछि म्याग्दीमा गएको पहिरोले दुई घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने प्रमुख सडकहरू अवरुद्ध भएका छन्। जिल्ला प्रहरी कार्यालय ...



प्रतिकृया लेख्नुहोस्: