Khabar Dabali १२ श्रावण २०८३ मंगलवार | 28th July, 2026 Tue
Investment bank

खेल संस्कृतिनिर्माणका लागि‘जोन इयर्ले पार्क’को निर्माण

खबरडबली संवाददाता

धदिङ । इयर्लेट्रष्ट–नेपालले धादिङको सिद्धलेख गाउँपालिकाको नलाङमा सामाजिक–खेलकुद विकास तथा खेल संस्कृति विकास तथा प्रवद्र्धनका लागि ‘जोन इयर्ले पार्क’को औपचारिक उदघाटन गरेको छ ।

नेपाल, बुल्गेरिया, फ्रान्सका खेल क्षेत्रका व्यक्तित्वहरुको उपस्थितिमा उदघाटन भएको पार्कको संयुक्त अधिराज्य बेलायतमा गर्ने मिनि ओलम्पिकको अवधारणामा ‘नलाङ ओलम्पिक खेलकुद’आयोजना गर्ने वृहत् उद्धेश्य साथ सो पार्क स्थापना भएको हो ।

साथै नियमित रुपमा स्थानियतथा राष्ट्रिय स्तरमा विभिन्न खेलकुद प्रशिक्षण, खेलकुद प्रतियोगिता लगायत खेल संस्कृति विकासका विभिन्न गतिविधि गर्नेछ । त्यस्तै स्थानीय कृषि उत्पादनको बजार प्रवद्र्धन, स्थानीयलाई सवारी चालक प्रशिक्षण प्रदान गर्नका लागिपनि जोन इयर्ले पार्क विशेष स्थान हुनेछ ।

बेलायती नागरिक जोन इयर्लेले स्थापना गरेको इयर्ले ट्रष्ट–नेपालले यस पार्कको अवधारणा सहित विगत वर्षहरु देखि कार्य गर्दै आएको थियो । संस्थापक जोनको उदघाटनको तय भएको मितिको दुई महिना अघि मात्र निधन भएको थियो । उदघाटन कार्यक्रम संस्थापक जोनको सपना र योजनालाई अझै अघि बढाउने ट्रष्टका अन्य सदस्यहरुले प्रतिवद्धता जनाएका छन् ।

संस्थापक जोनले विद्यालयमा खेलकुद गतिविधि शिक्षाको मुलआधार रहेको र खेलले जीवन उपयोगी सीप प्रदान गर्नेमा विश्वास गर्दथे । जस अन्तर्गत नलाङमा विद्यालय सञ्चालन गरिरहेको थियो भने अहिले खेल पार्कको सुरुवात गरेको हो ।

पार्कमा प्याराफिट सहित फुटबल ग्राउण्ड, क्रिकेट पिच, एथलेटिक्स ट्रयाक, भलिबल फिल्ड लगायत प्रशिक्षण र कार्यालय भवनहरु पनि निर्माण हुनेछन् । जहाँ प्रशिक्षार्थी र प्रशिक्षकका लागि ५६ बेडको आवासिय भवन निर्माण सम्पन्न भइसकेको छ ।

सम्पन्न भएको उदघाटन समारोहमा नेपाल ओलम्पिक कमिटिका पूर्व महासचिव, नेपाल एथलेटिक्स संघका पूर्व अध्यक्ष ओलम्पियन रघु राजवन्त, नेपाललाई एथलेटिक्समा पहिलो अन्तर्राष्ट्रिय स्वर्ण पदक दिलाउने महिला खेलाडी सन्तोषी श्रेष्ठले उदघाटन गरेका हुन् ।

ग्रामिण स्वास्थ्य, शिक्षा र खेलकुदमा निरन्तर सक्रिय भइरहेकी इयर्ले ट्रष्ट–नेपालका सह–संस्थापक डोरियाना दि मित्रिभाले जोन अनुपस्थितिको भावनात्मक दुःख रहेपनि ग्रामिण सामाजिक विकासका लागि ट्रष्टले निरन्तर कार्य गर्ने जनाए । उनले यस यात्रामा उदार मन भएकाहरुलाई आर्थिक र भावनात्मक रुपमा सघाउन पनि अनुरोध गरेकी छिन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पहिरोले रोकियो मुग्लिन–नारायणगढ सडक, खुलाउन तीव्र प्रयास

​चितवन । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत खहरे खोलानजिक सुक्खा पहिरो खस्दा मंगलबार बिहानदेखि दुईतर्फी सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ। बिहा...

दुर्घटनामा परेको ट्रकमा आगलागी हुँदा मृत्यु भएका चालकको पहिचान खुल्यो

धनकुटा। तमोर करिडोर सडकअन्तर्गत धनकुटाको चौबिसे गाउँपालिका वडा नं. ४ फलामेटार दुर्घटनामा परेको ट्रकमा आगलागी हुँदा मृत्यु भएका चालकको पहिचान खुलेको छ ...

बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव, श्रीमान् सम्पर्कविहीन

झापा । झापाको मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको आवासीय भवनमा एक शिक्षिकाको शव फेला परेको छ। घटनापछि उनका श्रीमान् सम...

आज तीन प्रदेशमा भारी वर्षाको चेतावनी, सतर्क रहन मौसम विभागको आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशका तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। विभागका अ...

लमजुङमा मध्यराति पहिरोमा परेर बाबुछोरीको मृत्यु, आमा–छोरी घाइते

लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका–७ भाटबेंसीमा गएराति पहिरोले धन्सार भत्किँदा बाबुछोरीको मृत्यु भएको छ भने आमा–छोरी घाइते भएका छन्। मृत्यु हुनेमा...

ब्रेक फेल भएपछि ट्रकमा आगलागी, चालकको जलेर मृत्यु

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटामा ट्रक दुर्घटनापछि आगलागी हुँदा चालकको जलेर मृत्यु भएको छ। सोमबार राति विराटनगरबाट ताप्लेजुङतर्फ जाँद...

सरकारसँग ७ बुँदे सहमति, डा. गोविन्द केसीले तोडे अनसन

काठमाडौं । सरकार र डा. गोविन्द केसीबीच सात बुँदे सहमति भएपछि डा. केसीले आफ्नो सत्याग्रह (अनसन) अन्त्य गरेका छन्। सोमबार भएको सहमतिपछि स्वास्थ्य तथा खा...

देवानगञ्ज घटनापछि मुख्यमन्त्री कार्कीको अपिल : अफवाहमा नलाग्न र सामाजिक सद्भाव जोगाउन आग्रह

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुनसरीको देवानगञ्ज गाउँपालिकामा भएको हिंसात्मक घटनाप्रति दुःख व्यक्त गर्दै नागरिकलाई संयमित...

८० महिनापछि सपना पूरा : आजदेखि सञ्चालनमा आउँदै नागढुङ्गा सुरुङमार्ग

काठमाडौं । नेपालको सडक पूर्वाधार विकासमा नयाँ अध्याय थप्दै बहुप्रतीक्षित नागढुङ्गा सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। निर्माण सुरु...

म्याग्दीमा पहिरोका कारण दुई घर पुरिए, एक जनाको मृत्यु, सडकसमेत अवरुद्ध

म्याग्दी । अविरल वर्षापछि म्याग्दीमा गएको पहिरोले दुई घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने प्रमुख सडकहरू अवरुद्ध भएका छन्। जिल्ला प्रहरी कार्यालय ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending