Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

बजारमा चिनीको कृत्रिम अभावसँगै चर्को मूल्यवृद्धि, कहिले होला पर्याप्त आपूर्ति ?

खबरडबली संवाददाता

काठमाडौँ । बजारमा केही समयदेखि चिनीको अभाव देखिएको र कृत्रिम रूपमा मूल्य बढाइएको उपभोक्ताले गुनासो गरिरहेका छन्। दशैँ र तिहारजस्ता नेपालीहरूका मुख्य चाडपर्व आउन लागेका बेलामा बजारमा भइरहेको यस्तो अभाव र मूल्यवृद्धिप्रति सरकारले ध्यान नदिएको उपभोक्ताको गुनासो छ।

सरकारी अधिकारीहरू भने बजारमा देखिएको चिनीको अभाव कम गर्ने प्रयास जारी रहेको बताउँछन्। व्यापारीहरू चाहिँ बजारमा देखिएको अभाव कृत्रिम नभइ वास्तविक नै भएको दाबी गर्छन् र यस्तो अभाव आउनुमा सरकारको दोष रहेको बताउँछन्।

अभावसँगै मूल्यवृद्धि

बजारमा चिनीको अभावसँगै मूल्यवृद्धि पनि भएको उपभोक्ताको गुनासो छ। व्यापारीहरू पनि चिनीको भाउ बढेको बताउँछन्। खुद्रा व्यापार सङ्घका कार्यसमिति सदस्यसमेत रहेका एकजना किराना व्यापारी ध्रुव अधिकारी अहिले बजारमा चिनी नै नपाइएको बताउँछन्।

“बजारमा चिनी नै नभएकाले हामीले अहिलेलाई नबेच्ने भनेर संस्थागत निर्णय नै गरेका छौँ,” उनले भने। “अहिले हामीलाई थोक बिक्रेताले नै चिनी छैन भनेर दिएको छैन।”

उनका अनुसार चिनीको अभाव भएर मूल्य अति बढेपछि नबेच्ने निर्णय गर्नु परेको हो। “अस्ति एकै दिन १०५ रुपैयाँ किलोको चिनी ११७ रुपैयाँ किलो पुग्यो अनि भोलिपल्टै त्यो फेरि १२३ रुपैयाँ किलो पनि भयो। त्यस्तोमा कसरी बिक्री गर्ने?” उनले भने।

अहिले बजारमा केही पसलेहरूले किलोको १३० रुपैयाँ भन्दा बढीमा चिनी बिक्री गरिरहेको बताइन्छ। अधिकारीका भनाइमा अहिले मार्ट तथा सुपरस्टोरहरूले पनि चिनीको अभावका कारण बिक्री गर्न पाएका छैनन्।

सस्तोमा बेच्दै साल्ट ट्रेडिङ तर पर्याप्त चिनी छैन

साल्ट ट्रेडिङको जनसम्पर्क तथा सञ्चार विभागका विभागीय प्रबन्धक ब्रजेशकुमार झाका अनुसार अहिले कम्पनीले किलोको ९७ रुपैयाँमा चिनी बिक्री गरिरहेको छ। यद्यपि उसले पनि माग अनुसार चिनी आपूर्ति गर्न नसकेको उनले स्वीकारे।

साल्ट ट्रेडिङ लिमिटेड, खाद्य व्यवस्था तथा व्यापार कम्पनी, दुग्ध विकास संस्थानलगायतले काठमाण्डू उपत्यकाभित्र तीनवटा घुम्तीसहित ३५ वटा सुपथ मूल्य पसलहरू सञ्चालनमा ल्याएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ।

त्यस बाहेक देशका विभिन्न भागमा पनि यस्ता पसलहरू सञ्चालनमा ल्याइएका छन्। केहीअघि बजार अनुगमनका क्रममा सरकारले जफत गरेको ७०० क्विन्टल चिनी साल्ट ट्रेडिङलाई बिक्रीका लागि दिएको थियो।

त्यसैलाई अहिले कम्पनीले बिक्री गरिरहेको उनले बताए। उनले भने, “अहिले हामीसँग एकदमै न्यून मौज्दात छ। त्यसैलाई व्यवस्थापन गरेर बिक्री गरिरहेका छौँ।”

सरकार के भन्छ?

उद्योग वाणिज्य तथा अपूर्ति मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुर सरकारले चिनीको अभाव कम गर्ने पहल गरिरहेको बताउँछन्। उनका अनुसार विदेशबाट चिनी आयात गरेर ल्याउने अवस्था नबनुन्जेलका लागि नेपाली उद्योगमा रहेको चिनीबाटै आपूर्ति गर्ने र पछि उनीहरूलाई चिनी उपलब्ध गराउने पहल भइरहेको छ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमन गर्दा नेपालका विभिन्न उद्योगी र व्यवसायीका गोदाममा १ लाख ८० हजार क्विन्टलभन्दा बढी चिनी भण्डारणमा रहेको पाइएको अधिकारीहरू बताउँछन्।

तर उक्त चिनी जुस र अन्यखाले उद्योगहरूका लागि बिक्री गरिसकेको व्यवसायीहरूको भनाइ रहेको बताइएको छ। यद्यपि उद्योग तथा वाणिज्य मन्त्रालयले उक्त चिनी हाललाई बजारमा पठाएर आयात भएपछि उक्त चिनी उद्योगीलाई दिने व्यवस्था मिलाउने प्रयास गरिरहेको ठाकुरले बताए।

“मन्त्रीज्यूले नै बोलाएर उद्योगीहरूसँग छलफल भएको हो तर उहाँहरूले अहिलेसम्म चिनी दिने निर्णय गरिसक्नु भएको छैन। हामीले उहाँहरूले त्यो निर्णय गर्ने आशा राखेका छौँ,” उनले भने।

चिनी आयातको पहल

ठाकुरका अनुसार अहिले सरकारले खाद्य तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङलाई १०/१० हजार मेट्रिक टन चिनी आयात गर्न अनुमति दिएको छ।

त्यस क्रममा साल्ट ट्रेडिङले १५ दिने बोलपत्र आह्वान गरेर त्यसको मूल्याङ्कन गर्ने क्रममा रहेको छ भने खाद्यले ४५ दिने सूचना निकाल्नुपर्ने भएकाले अझै बोलपत्रको अवधि बाँकी रहेको छ।

साल्ट ट्रेडिङका झाले आफूहरू अहिले ठेकेदारको मूल्याङ्कनको चरणमा रहेको तर भारतले चीनी निर्यातमा गरेको कडाइका कारण समस्या परेको बताए।

उनले सबै प्रक्रिया पूरा गरेर पहिलो चरणमा १० हजार मेट्रिक टनमध्ये तिहार अगाडि नै २ हजार ४ सय मेट्रिक टन चिनी ल्याउने प्रयासमा कम्पनी रहेको जानकारी दिए। बीबीसी 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चैत २५ गतेदेखि कोशी पर्यटन महोत्सव आयोजना हुँदै

सुनसरी । कोशी प्रदेश भ्रमण वर्ष–२०८२ को अवसरमा सुनसरीको वराहक्षेत्रमा ‘कोशी पर्यटन महोत्सव’ आयोजना हुने भएको छ । कोशी प्रदेश सरकारको सहयोगमा सञ्चालन ह...

सिँचाइ सुविधा विस्तारले व्यावसायिक खेतीमा संलग्न किसान लाभान्वित

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–५ मा सिँचाइ सुविधा विस्तार हुन थालेपछि व्यावसायिक खेतीमा संलग्न किसान लाभान्वित भएका छन् । पछिल्लो तीन वर्षमा वडा ...

देउवा अब नेपाल फर्किएलान् ?

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग निकट मानिने नेता प्रकाशशरण महतलाई देउवा कहिले फर्किने हुन् भन्नेबार...

निर्वाचन हारबारे नेकपाको समीक्षा- पश्चिमा प्रभाव र आन्तरिक कमजोरी दुवै जिम्मेवार

एमालेसँगको सम्भावित एकताबारे पनि छलफल

बादलको अभिव्यक्तिले गर्माएको एमाले

काठमाडौं । एमाले उपाध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले फागुन २१ को निर्वाचनपछि गठित प्रतिनिधिसभाको पहिलो बैठकमा बिहीबार दिएको अभिव्यक...

यसरी चलाएका थिए भट्टले ‘बिचौलिया साम्राज्य’

सिंगापुर र थाइल्यान्डमा घर, स्वदेशमा सयौँ रोपनी जग्गादेखि आधा दर्जन कम्पनीमा लगानी

‘कर्णाली सात प्रदेशमध्ये खाद्यका हिसाबले सुरक्षित छ’

कर्णाली। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशका सचिव सञ्जिवकुमार कर्णले कर्णाली सात प्रदेशमध्ये खाद्यका हिसाबले सुरक्षित भएको बताउन...

एक महिनामा ४८ हजार पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिए

गण्डकी । दोस्रो मुख्य पर्यटकीययाम सुरु भएसँगै अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटकको चहलपहल बढेको छ । गत मार्च महिनामा ४८ हजार ५१३ जना विदेशी पर्यटकले उ...

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

झापा । पूर्वीनाका काँकडभिट्टामा यात्रु तानातान गरिरहेका २४ जना बिचौलियालाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाको ट...

सबै मन्त्रालयले बुझाए सुधारका कार्ययोजना, प्रधानमन्त्री कार्यालयले नियमित अनुगमन गर्ने

काठमाडौँ । सरकारका सबै मन्त्रालय र मातहतका निकायले सात दिनभित्रै प्रमुख १० वटा मुख्य सुधारका क्रियाकलापको कार्ययोजना तयार गरी प्रधानमन्त्री तथा मन्त्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending