Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

बजारमा चिनीको कृत्रिम अभावसँगै चर्को मूल्यवृद्धि, कहिले होला पर्याप्त आपूर्ति ?

खबरडबली संवाददाता

काठमाडौँ । बजारमा केही समयदेखि चिनीको अभाव देखिएको र कृत्रिम रूपमा मूल्य बढाइएको उपभोक्ताले गुनासो गरिरहेका छन्। दशैँ र तिहारजस्ता नेपालीहरूका मुख्य चाडपर्व आउन लागेका बेलामा बजारमा भइरहेको यस्तो अभाव र मूल्यवृद्धिप्रति सरकारले ध्यान नदिएको उपभोक्ताको गुनासो छ।

सरकारी अधिकारीहरू भने बजारमा देखिएको चिनीको अभाव कम गर्ने प्रयास जारी रहेको बताउँछन्। व्यापारीहरू चाहिँ बजारमा देखिएको अभाव कृत्रिम नभइ वास्तविक नै भएको दाबी गर्छन् र यस्तो अभाव आउनुमा सरकारको दोष रहेको बताउँछन्।

अभावसँगै मूल्यवृद्धि

बजारमा चिनीको अभावसँगै मूल्यवृद्धि पनि भएको उपभोक्ताको गुनासो छ। व्यापारीहरू पनि चिनीको भाउ बढेको बताउँछन्। खुद्रा व्यापार सङ्घका कार्यसमिति सदस्यसमेत रहेका एकजना किराना व्यापारी ध्रुव अधिकारी अहिले बजारमा चिनी नै नपाइएको बताउँछन्।

“बजारमा चिनी नै नभएकाले हामीले अहिलेलाई नबेच्ने भनेर संस्थागत निर्णय नै गरेका छौँ,” उनले भने। “अहिले हामीलाई थोक बिक्रेताले नै चिनी छैन भनेर दिएको छैन।”

उनका अनुसार चिनीको अभाव भएर मूल्य अति बढेपछि नबेच्ने निर्णय गर्नु परेको हो। “अस्ति एकै दिन १०५ रुपैयाँ किलोको चिनी ११७ रुपैयाँ किलो पुग्यो अनि भोलिपल्टै त्यो फेरि १२३ रुपैयाँ किलो पनि भयो। त्यस्तोमा कसरी बिक्री गर्ने?” उनले भने।

अहिले बजारमा केही पसलेहरूले किलोको १३० रुपैयाँ भन्दा बढीमा चिनी बिक्री गरिरहेको बताइन्छ। अधिकारीका भनाइमा अहिले मार्ट तथा सुपरस्टोरहरूले पनि चिनीको अभावका कारण बिक्री गर्न पाएका छैनन्।

सस्तोमा बेच्दै साल्ट ट्रेडिङ तर पर्याप्त चिनी छैन

साल्ट ट्रेडिङको जनसम्पर्क तथा सञ्चार विभागका विभागीय प्रबन्धक ब्रजेशकुमार झाका अनुसार अहिले कम्पनीले किलोको ९७ रुपैयाँमा चिनी बिक्री गरिरहेको छ। यद्यपि उसले पनि माग अनुसार चिनी आपूर्ति गर्न नसकेको उनले स्वीकारे।

साल्ट ट्रेडिङ लिमिटेड, खाद्य व्यवस्था तथा व्यापार कम्पनी, दुग्ध विकास संस्थानलगायतले काठमाण्डू उपत्यकाभित्र तीनवटा घुम्तीसहित ३५ वटा सुपथ मूल्य पसलहरू सञ्चालनमा ल्याएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ।

त्यस बाहेक देशका विभिन्न भागमा पनि यस्ता पसलहरू सञ्चालनमा ल्याइएका छन्। केहीअघि बजार अनुगमनका क्रममा सरकारले जफत गरेको ७०० क्विन्टल चिनी साल्ट ट्रेडिङलाई बिक्रीका लागि दिएको थियो।

त्यसैलाई अहिले कम्पनीले बिक्री गरिरहेको उनले बताए। उनले भने, “अहिले हामीसँग एकदमै न्यून मौज्दात छ। त्यसैलाई व्यवस्थापन गरेर बिक्री गरिरहेका छौँ।”

सरकार के भन्छ?

उद्योग वाणिज्य तथा अपूर्ति मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुर सरकारले चिनीको अभाव कम गर्ने पहल गरिरहेको बताउँछन्। उनका अनुसार विदेशबाट चिनी आयात गरेर ल्याउने अवस्था नबनुन्जेलका लागि नेपाली उद्योगमा रहेको चिनीबाटै आपूर्ति गर्ने र पछि उनीहरूलाई चिनी उपलब्ध गराउने पहल भइरहेको छ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमन गर्दा नेपालका विभिन्न उद्योगी र व्यवसायीका गोदाममा १ लाख ८० हजार क्विन्टलभन्दा बढी चिनी भण्डारणमा रहेको पाइएको अधिकारीहरू बताउँछन्।

तर उक्त चिनी जुस र अन्यखाले उद्योगहरूका लागि बिक्री गरिसकेको व्यवसायीहरूको भनाइ रहेको बताइएको छ। यद्यपि उद्योग तथा वाणिज्य मन्त्रालयले उक्त चिनी हाललाई बजारमा पठाएर आयात भएपछि उक्त चिनी उद्योगीलाई दिने व्यवस्था मिलाउने प्रयास गरिरहेको ठाकुरले बताए।

“मन्त्रीज्यूले नै बोलाएर उद्योगीहरूसँग छलफल भएको हो तर उहाँहरूले अहिलेसम्म चिनी दिने निर्णय गरिसक्नु भएको छैन। हामीले उहाँहरूले त्यो निर्णय गर्ने आशा राखेका छौँ,” उनले भने।

चिनी आयातको पहल

ठाकुरका अनुसार अहिले सरकारले खाद्य तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङलाई १०/१० हजार मेट्रिक टन चिनी आयात गर्न अनुमति दिएको छ।

त्यस क्रममा साल्ट ट्रेडिङले १५ दिने बोलपत्र आह्वान गरेर त्यसको मूल्याङ्कन गर्ने क्रममा रहेको छ भने खाद्यले ४५ दिने सूचना निकाल्नुपर्ने भएकाले अझै बोलपत्रको अवधि बाँकी रहेको छ।

साल्ट ट्रेडिङका झाले आफूहरू अहिले ठेकेदारको मूल्याङ्कनको चरणमा रहेको तर भारतले चीनी निर्यातमा गरेको कडाइका कारण समस्या परेको बताए।

उनले सबै प्रक्रिया पूरा गरेर पहिलो चरणमा १० हजार मेट्रिक टनमध्ये तिहार अगाडि नै २ हजार ४ सय मेट्रिक टन चिनी ल्याउने प्रयासमा कम्पनी रहेको जानकारी दिए। बीबीसी 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रचण्ड सचिवालयको प्रष्टीकरण- रास्वपासँग चुनावी सहकार्यको प्रस्ताव गरिएको छैन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड सचिवालयले चुनावी सहकार्यका विषयमा रास्वपासँग कुनै छलफल नभएको प्रष्टीकरण दिएको छ। प...

चन्द्रागिरिलाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै

काठमाडौँ । चन्द्रागिरि नगरपालिकालाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गर्ने अन्तिम तयारी गरिएको छ। काठमाडौँ उपत्यकामा चन्द्रागिरि सम्भवतः पहिलो ‘बालश्र...

११ किलोको माला लगाएर ओलीलाई बधाइ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ११ किलो तौलको माला लगाएर बधाइ तथा शुभकामना व्यक्त गरिएको छ। काठमाडौं–संखुवासभा सम्पर्क मञ्चका ने...

रास्वपासँग ठोस सहमति नजुटेपछि ‘देश विकास पार्टी’ सक्रिय पार्ने बालेनको तयारी

कुपण्डोललाई भेटघाटको केन्द्र बनाएर यी दलका नेतासँग पनि गरे बेग्लाबेग्लै छलफल

बिलाउनीको झाडी फाडेर सुन्तला बगान

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरुले बिलाउनीको झाडी फाडेर सुन्तला बगान बनाएका छन् । बीस वर्षअघि बिलाउनीको झाडीले भरिएको भि...

चुनावभन्दा संसद् पुनःस्थापनामा कांग्रेस-एमालेको कसरत

काठमाडौं । सरकारले तोकेको प्रतिनिधिसभा निर्वाचन आउन साढे दुई महिना मात्र बाँकी रहे पनि प्रमुख दुई दल कांग्रेस र एमालेले संसद् पुनःस्थापनालाई मुख्य प्र...

सरकारले किन सार्वजनिक गरेन मन्त्रीहरूको सम्पत्ति विवरण ?

काठमाडौं । अन्तरिम सरकार गठन भएको सय दिन नाघिसक्दासमेत सम्पत्ति विवरण सार्वजनिक भएको छैन । सबै मन्त्रीहरूले सम्पत्ति विवरण बुझाइसकेको दाबी गरे पनि सरक...

त्रिविको ५१ औँ दीक्षान्त समारोह आज, ८९ हजार उत्तीर्ण विद्यार्थीमध्ये १६ हजार मात्रै दीक्षित हुँदै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को ५१ औँ दीक्षान्त समारोह आज हुँदैछ।   विश्वविद्यालयको इतिहासमा पहिलोपटक आज नोबेल पुरस्कार विजेतालाई प्रम...

वीरगञ्ज हुँदै ४० अर्बको सामान विदेश निर्यात

वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु ३९ अर्ब ९७ करोड मूल्यका वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको छ । गत आवको पाँच महिनाको ...

उम्मेदवार छनोट प्रक्रिया थप व्यवस्थित बनाउने रास्वपाको निर्णय

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचन–२०८२ का लागि समानुपातिक उम्मेदवार छनोट प्रक्रिया थप व्यवस्थित बनाउने निर्णय ग...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending