Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

के बयान दिए गैरीगाउँमा चारजनाकाे समुहिक हत्या आराेपीत भण्डारीले ? (पूर्णपाठ)

'मान्छे मारेको मिती थाहा छैन, अनुसन्धान गर्ने काम प्रहरीको हो'

खबरडबली संवाददाता

काठमाडौं । काठमाडौंको गैह्रिगाउँमा चार जनाको सामूहिक हत्या गरेको आरोप लागेका युवकले मृतकहरुको नाम घटनापछि मात्र सुनेको बयान दिएका छन् । सरकारी वकिल कार्यालयसँगको बयानमा २३ वर्षीय सन्जय भन्डारीले आफुले एकपटक देखेको व्यक्तिलाई कहिल्यै नबिर्सने पनि बताएका छन् ।

यस्तो छ उनको बयान-

सांकेतिक भाषाको माध्यामबाट अध्यापन गराईने श्री सिन्धु बहिरा आधारभूत बिद्यालय बाह्रबिसे सिन्धुपाल्चोक फांटको छात्रबासमा बसी कक्षा १ देखी कक्षा ८ सम्म अध्ययन गरी, सो पश्चात काठमाण्डौ नक्सालमा रहेको छात्रबासमा बसी श्री केन्द्रीय बहिरा उच्च माध्यामिक बिद्यालय नक्साल काठमाण्डौमा शिक्षा संकायमा अध्ययन गरी १२ कक्षा पास गरेको छु । १२ कक्षा पास गरेपछी म जस्तै बहिरा साथीहरु रोशन कार्की, पंकज शर्मा र शिवराम मगर भन्ने साथीहरुसँग मिलि काठमाण्डौ धुम्बराही स्थित धिरज नकर्मीको घरको एउटा कोठा भाडा लिई ३/४ महिना जती बस्यौ । त्यसपछी गाउँको घर सिन्धुपाल्चोक गई बसें, समय समयमा काठमाण्डौ आउने जाने गर्दथिएँ । २०७९ कार्तिक तिर काठमाण्डौ आई कांडाघारी स्थित कान्छी दिदीको डेराकोठामा लगभग ३/४ महिना बसी कम्प्युटर सिकें । पुनः गाउँको घर सिन्धुपाल्चोक बाह्रबिसेमा गई बसेकोमा घटनाको दिन काठमाण्डौ आई घटना घटाएको हुँ ।
मिति २०८०-०५-२९ गते राती तीन कुने स्थित दिव्य सः मिल एण्ड काष्ठ उद्योगमा मैले चार जना व्यक्तिको हत्या गरेको हुँ । मैले हत्या गरेको मृतकहरुको नाम बिशाल भन्ने नविन राई, कुमार भन्ने पूर्ण बहादुर भुजेल, अम्बिका भुजेल र सुभद्रा भुजेल भन्ने पछी थाहा पाएको हुँ । म तिक्ष्ण क्षमता भएको व्यक्ति हुँ, एक पटक देखेको व्यक्तिलाई सधै चिन्न सक्छु र हरेक कुरा लामो समय सम्म दिमागमा राख्न सक्छु । मलाई मोटर साईकलले ठक्कर दिदा, मैले ठक्कर दिने मोटर साइकल चालककोअनुहार, आखा, शरीरको जिउडाल लगायतको हुलिया राम्रोसँग नियालेको कारण मेरो मानसपटलमा गहिरो स्मरण भई रहेको थियो । दुर्घटना पश्चात मोटरसाइकल कोटेश्वर तर्फ गएको थियो ।

सोहीअनुसार मलाई ठक्कर दिई उपचार खर्च नदिई हातपात गर्ने मोटर साइकल चालकको म निरन्तर खोजीमा थिएँ । सोही क्रममा म काँडाघारीमा बस्ने हुँदा कोटेश्वरको बाटो हुदै आवतजावत गर्ने क्रममा मलाई ठक्कर दिने मोटर साईकल चालकलाई पैदल हिँडेको अबस्थामा देखी मैले निजलाई चिनीहाँले । म निजको पिछा गर्दै जादा काठमाण्डौ तीनकुने स्थित दिव्य सः मिल एण्ड काष्ठ उद्योग भित्र छिरे, त्यसपछी पटक पटक काष्ठ उद्योगको वरपरबाट नियाल्दा काष्ठ मिलको पश्चिम तर्फको फलामे डण्डीको गेटसँग सटाई बनाएको अस्थायी टहराहरुमा बस्ने गरेको निश्चित भई मलाई ठक्कर दिने मोटरसाईकल चालक उक्त काष्ठ उद्योगमा बस्ने गरेको यकिन भयो ।

निजको नाम नविन राई भन्ने पक्राउ परेपछी थाहा पाएको हुँ। मलाई ठक्कर दिई, हातपात गरी मेरो आत्म सम्मानमा चोट पुर्याउने मोटर साईकल चालक नविन राई बस्ने स्थान पत्ता लगाई सकेपछी मैले निजलाई मार्न सकिने अबसर खोज्दै गर्दाको अवस्थामा म सिन्धुपाल्चोक बाह्रबिसे स्थित आफ्नो घरमा गई करिब एक/दुई महिना जती घरमा बसेँ । घटनाको अघिल्लो दिन बेलुका काठमाण्डौ गई मलाई ठक्कर दिने मोटर साइकल चालकलाई मार्नु पर्छ भन्ने लाग्यो र भोली काठामाण्डौ गई मार्ने योजना बनाएँ । सोही अनुसार घटनाको दिन नविन राईलाई मार्नको लागी पहिले देखी घरमा राखेको खुकुरी, मेरो परिचय पत्रहरु, कपडा समेत झोलामा राखी, लिई अन्दाजी बिहान ११ बजे तीर बाह्रबिसे स्थित अरनीको यातायातको काउन्टरमा आई अपाङ्ग छुटको सुबिधा लिई भाडा तिरी बस चढी काठमाण्डौ हिडे, बेलुका अन्दाजी ४ बजे तीर बसले काठमाण्डौ कोटेश्वर ल्याई पुरÞ्यायो र सोही स्थानमा बसबाट उत्रिएँ । को

टेश्वरबाट अर्को गाडी चढी चाबहिल गई उत्रिएँ, चाबहिलबाट पदैल हिड्दै गहना पोखरी हुदै नक्साल गई म जस्तै बहिरा साथीहरु चित्र बहादुर लामा, मनिष शाह र बिबेक बस्नेतलाई भेटी केही समय सामान्य व्यक्तिगत गफ गरी निजहरुसँग छुट्टिई पुनः नक्सालबाट पैदल हिड्दै गहनापोखरी चाबहिल एरपोर्ट हुदै घटनास्थल तीनकुने गएको हुँ ।

घटनास्थला जाने क्रममा गौशलाबाट मोवाईल अफ गरे । खुकुरी राखेको झोला मैले बोकी हिडेको थिएँ । घटनास्थलमा पुग्दा राती अन्दाजी ७ बजी सकेको थियो । घटनास्थल दिव्य सः मिल एण्ड काष्ठ उद्योगको दक्षिणमा एयरपोर्ट देखिने रिङरोड तर्फ मुल गेट थियो । मुल गेट अगाडि केही चहलपहल देखिन्थ्यो, सो गेटबाट पश्चिम अन्दाजी १०/१५ मिटरको दुरीमा दिव्य सः मिल एण्ड काष्ठ उद्योगको पश्चिम गेट तर्फ जाने बाटो छ, सो बाटोबाट पश्चित तर्फको गेटमा गएँ। उक्त बाटोबाट काष्ठ उद्योगसँगै रहेको मार्वल उद्योगमा जाने गेट छ सो गेट बन्द थियो, सो बाटो त्यहीँ अन्त्य भएको थियो, अन्यत्र जान आउन सकिने अबस्था थिएन ।

पश्चिम गेट अगाडीको दुई वटै ठुलो घर पुर्ण रुपमा खाली जस्तो सुनसान थियो। त्यहाँ मानिसको चहलपहल हुने ठाउँ थिएन । पश्चित गेट फलामको डण्डीहरु जोडी बनाएको थियो, सोही फलामको डण्डीहरुमा टेकी समाती नाघी गेटसँगै रहेको दिव्य सः मिल एण्ड काष्ठ उद्योगको एक कोठे कच्ची टहराको घरमा प्रबेश गरेँ । घटनास्थलमा जाँदा खुकुरी राखेको झोला बोकी

गएको थिएँ, शुरुमा प्रबेश गरेको पश्चिम गेट नजिकको एक कोठे टहरो घरको कोठामा ढोकाको चुक्कुल मात्र लगाएको चाबी लगाएको थिएन । चुक्कुल खोली सो कोठा भित्र गएँ, कोठामा चुरोट सल्काई सेवन गरे । लगभग १५ मिनेट जती सोही कोठामा बसेँ । सो कोठाको सामुन्ने अगाडी भुई तला समेत दुई तले कच्ची टहरो घर थियो, सो घरको भुई तला बन्द र माथिल्लो तलाको ढोका खुल्ला, बत्ती बलिरहेको अबस्थामा थियो, उक्त बत्ती बलेको कोठामा बाहिरबाट जाने फलामे गोलो रेलिङ भञ्ज्याङ थियो । शुरुमा प्रबेश गरेको कोठाबाट निस्कीई सो कोठाको सामुन्नेको टहरो घरमा गई फलामे रेलिङ गोलो भरÞ्याङ चढी बत्ती बली रहेको माथिल्को कोठामा गएँ । कोठाको बिचमा बार लगाई दुई वटा कोठा बनाई अफिसको लागी प्रयोग गरेका रहेछन्, कोठामा कोही थिएन । केही समय सो कोठामा राखिएको सोफामा बसेपछी बाहिर मान्छे आएको जस्तो लाग्यो, उठेर हेर्दा बाहिर मान्छे हिडेको देखे, उक्त मान्छे पश्चिम गेट तर्फ गई, फर्किई तर्फ गई पुनः फर्किई आउदै थिए ।

आउँदै गरेको व्यक्ति मलाई ठक्कर दिई हातपात गर्ने मोटर साईकल चालक नविन राई रहेछन् चिन्ह्री हाले । निज नविन राई म बसेको कोठा तर्फ आउन थाले । म पुर्ब योजना बमोजिम झोलाबाट खुकुरी निकाली कोठाको ढोकामा तयारी अबस्थामा बसेँ, नबिन राई ढोकामा आई पुग्नसाथै मलाई देखी मेरो गाला माथी टाउकाको भागमा झापाड हाने । मैले दुबै हातले खुकुरी मजबुत तवरले समाती बल लगाई निजको टाउकोमा जोडले प्रहार गरेपछि रगताम्मे भई ढले । ढलेपछि पनि मैले टाउकोमा पटक पटक प्रहार गरेँ । मर्यो भन्ने यकिन भई निजको गोडामा समाती घिसारी कोठाभित्र छेउमा लगी राखेँ ।

केही समयपछि कोठा बाहिर आँगन जस्तो भागमा अर्का ५०/५५ वर्ष जतीको देखिने छोरा मान्छे फोनमा कुरा गर्दै आएको जस्तो लाग्यो । कोठाबाट तल झरी निजको पछाडी टाउकोमा जोडले खुकुरीले हाने, निज एकै चोटमा ढले। ढले पश्चात पनि टाउकोमा पटक पटक प्रहार गरेँ। मरेको यकिन भए पछी निजको गोडामा समाती घिसारी टहराको पछाडी कुनामा रहेको ट्वाइलेटको ढोकाको छेउमा लगी लुकाए । निजको शब लुकाई आउँदा सोही ठाउ नजिकै आगनमा अर्को महिला आउदै गरेको देखेँ ।

निजलाई पनि खुकुरी हानेँ, शुरुमा हान्दा छेकेको जस्तो लाग्यो, तत्कालै दोस्रो पटक जोडले हान्दा भुईमा ढली हालिन, निज महिलाको शब पनि दुईवटा गोडामा समाई घिसारी केटा मान्छेको शब लुकाएको ट्वाइलेटको ढोका सामुन्ने पानी तान्ने चापाकलको छेउमा लगी लुकाए। लगतै झोला भिरेकी बुढी मान्छे आँखा नदेखेको जस्तो गरी बिस्तारै भुई तिर हेर्दै आउनु भयो, ती बुढी मान्छेलाई समाती घाटी रेटी मारी शबलाई घिसारी काठहरु राखेको कुनामा लगी लुकाए। त्यसपछी यताउता हेरे कसैलाई देखिन, लगभग रातीको ९ जती बजि सकेको सुनसान थियो ।

म थाकी सकेको थिए, शबहरु लुकाएको नजिकै चापाकलको धारामा प्लाष्ट्रिकको बाल्टी थापी रहेको रहेछ, सो धारा थिची धाराबाट पानी निकाली हात, मुख, खुकुरी धोएँ। पानीको सहायताले मेरो कपडामा लागेको रगत पुछे र अफ गरेको मोवाइल अन गरी, मोवाइलको लाइटबाली शरीरको रगत पुछिएको छ, छैन हेरी यकिन गरी घटनास्थलमा प्रबेश गरी चुरोट खाएको पहिलो कोठामा गई आराम गरें ।

लगभग डेढ/दुई घण्टा जती आराम गरेपछी फ्ल्याक्स लाईटहरु आएको जस्तो लाग्यो, घटना सम्बन्धमा थाहा पाई मानिसहरु जम्मा हुन लागेको जस्तो लागि, खुकुरी सहितको झोला बोकी घटनास्थलमा प्रबेश गरेको गेटबाट, गेटमा जडान गरेका फलामको डण्डीहरुमा समाई टेकी, गेट नाघी बाहिर निस्की, दगुर्दै सडक क्रस गरी तीनकुने हुदै कोटेश्वर तर्फ भागेको हुँ ।

नविन राईको हत्या गरेपछि हत्या गरेको स्थानमा अन्य तीन जना व्यक्तिहरु कुमार भन्ने पूर्ण बहादुर भुजेल, अम्बिका भुलेल र सुभद्रा भुजेल आएको देखी निजहरुले मलाई देखी नविन राईको हत्या गर्ने व्यक्ति भनी चिन्ने/चिनाउने भएको हुदा घटनाको प्रत्यक्षदर्शी प्रमाण नष्ट गर्नको लागि निजहरुको पनि हत्या गरेको हु । वारदात पछि घटनास्थलबाट बाहिर निस्की दगुर्दै घटनास्थल अगाडीको तिनकुने रिङरोड अगाडीको बाटो क्रस गरी केही परसम्म दगुरी त्यसपछि सडकको किनारै किनार छिटोछिटो हिडी जडिबुटी चोक सम्म गई त्याहाबाट कांडाघारी स्थित दिदी भिनाजु बस्ने कोठाको घरमा गई घरको गेट घचघचाई खोल्न अनुरोध गर्दा गेट खोलेनन् ।

लगभग दुई घण्टासम्म गेट बाहिर बसी गेट माथिबाट चढी घरकम्पाउण्ड भित्र गई कोठाको ढोका ढकढक गरे, सो कोठामा मेरो भिनाजुको भाईबुहारी बस्न थालेका रहेछन्, दिदी भिनाजु अर्को घरकोठामा सर्नु भएको रहेछ, भिनाजुको भाई बुहारीले भिनाजुलाई फोन गरी बोलाई दिनु भयो, भिनाजु बिशाल डोटेल आई नजिकै रहेको हाल सरी बसेको कोठामा लैजानु भयो । कोठामा पुगेपछी दिदीले खाना दिनु भयो । खाना खाई दिदी भिनाजुको कोठामा बसेका उमेश माझी र म एउटै खाटमा सुत्यौ ।

सामाजिक विभेदको कारण म निर्दयी छु, कसै प्रति माया ममता जाग्दैन, बिगतमा पनि यस्ता घटना धेरै घटाएको छु ।

बहिराहरु प्रति गरिने सामाजिक, बिभेदको कारण मैले काठमाण्डौको बिभिन्न स्थानहरु रातोपुल, धुम्बाराही, भत्केको पुल, भाटभटेनी, बौद्ध, भक्तपुरको बोडे, सिन्धुपाल्चोकको दुवाचौर, पाचपोखरी र नाम्चेमा पनि विभिन्न मितीमा मान्छे मारेको छु, मैले मारेको मान्छेहरुलाई म चिन्दिन। सबैलाई धारिलो हतियार प्रहार गरी मारेको हुँ। मारेको मिती थाहा छैन, अनुसन्धान गर्ने काम प्रहरीको हो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपा सिन्धुलीमा प्रचण्डदेखी पानीराजसम्म सिफारिस

सिन्धुली । सिन्धुली- २ बाट नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम प्रत्यक्षतर्फ उम्मेद्वारका रूपमा सिफारिस गरिएको छ । फागुन २१ गते निर्धारित प्...

भिजिट भिसा सेटिङ प्रकरणमा जाेडीएका उपसचिव तिवारीकाे पर्वतमा सरुवा

अख्तियार अनुसन्धानको क्रममा प्रशासनिक सरुवा, म्याग्दीबाट जगेडा हुँदै नयाँ जिम्मेवारीमा

कांग्रेस–एमालेबीच सहकार्यको तयारी : राष्ट्रिय सभा निर्वाचनलाई केन्द्रबिन्दु बनाउँदै

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच गठबन्धन र एकताको प्रयास जारी रहँदा संसद् विघटनपछि कांग्रेस र एमाले पनि निरन्तर संवादमा रहेका छन्। विशेषगरी आग...

नेकपा प्युठानले प्रतिनिधिसभा र समानुपातिक उम्मेदवार सिफारिस गर्‍यो

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्युठानले ७ जनाको उम्मेदवार सिफारिस गरेको छ। निर्व...

संसद् फिर्ता आउँदैन, कांग्रेस–एमालेले निर्वाचनतर्फ ध्यान दिए हुन्छः प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् पुनर्स्थापना नहुने दाबी गर्दै अबको राजनीतिक निकास निर्वाचन नै भएको बताएक...

रवि लामिछाने–बालेनबीचको सहमति शनिबार हुने, सैद्धान्तिक छलफल बाँकी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)बीच आज हुने भनिएको सहमति शनिबारका ला...

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक : नागरिकता नियमावली संशोधनदेखि इराकबाट फर्किएकालाई श्रमस्वीकृति

काठमाडौं । सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर...

बंगलादेशमा धार्मिक अल्पसंख्यकमाथि बढ्दो हिंसाप्रति भारतको गम्भीर चिन्ता

काठमाडौं । भारतले बंगलादेशमा हिन्दू, ईसाई र बौद्धलगायत धार्मिक अल्पसंख्यक समुदायविरुद्ध शत्रुता र हिंसा बढ्दै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ।...

राजनीति र दाम्पत्यको टकरावपछि फेरि एउटै मञ्चमा रेशम–रञ्जिता

धनगढी । श्रीमान्–श्रीमतीको सम्बन्ध मात्र होइन, पार्टी नेतृत्वसमेत फरक–फरक धारमा पुगेपछि छुट्टिएका रेशम चौधरी र रञ्जिता श्रेष्ठ पुनः एउटै राजनीतिक यात्...

विराटनगर महानगरद्वारा पिपीआर/स्वाइन फिभरविरुद्ध निःशुल्क खोप अभियान सुरु

विराटनगर । विराटनगर महानगरपालिकाले आजदेखि पिपीआर तथा स्वाइन फिभरविरुद्धको निःशुल्क खोप अभियान सुरु गरेको छ। महानगरपालिकाको कृषि तथा पशुपन्छी विकास ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending