ओखलढुंगा । ओखलढुंगाको सुनकोशी गाउँपालिका वडा नं. २ बलखुको देउरालीमा खानेपानी समस्या सामधानका लागि निर्माण सामाग्री सहयोग गरीएको छ । स्थानीय समाजसेवी दिपक तामाङ, सानु तामाङ र हेमसागर पराजुलीले सिमेन्ट, छड र वालुवा सहयोग गरेका हुन् ।
देउरालीका एक दर्जन बढी परिवारले प्रयोग गर्दै गरेको पानीको मुहान वर्षामा आएको पहिरोले भत्काएपछि उनीहरुलाई खानेपानीको समस्या हुँदै आएको आफहरुलाई गुनासो गरे पछि पानीको मुहानमा ट्याङ्की निर्माणका लागि स्थानीयलाई निर्माण सामाग्री प्रदान गरीएको समाजसेवी दिपक तामाङले बताए । तामाङले स्थानीयको आवस्यकतालाई मध्यनजर गर्दै आफहरुले स्थानीयलाई खानेपानीको मुहानमा ट्याङ्की निर्माणका लागि १२ बोरा सिमेन्ट, एक बण्डिल छड र बालुवा उपलब्ध गराएको बताए ।
यस अघिपनि तामाङको नेतृत्वमा बलखुमा निर्माण गरीएको गुम्वा निर्माणका लागि इँटा उपलब्ध गराइएको थियो । तामाङको नेतृत्वमा बलखुका स्थानीयको घाउमा मल्हमपट्टी लगाउने कार्य भइ रहेको स्थानिय बताउँछन् । वर्षामा पहिरोले खानेपानीको मुहान भत्किएपछि स्थानीय सरकार सँग समस्या सामधानको लागि पटकपटक पहल गर्दा पनि समस्या समाधान गर्नको लागि वडा र गाउँपालिकाले समस्या समाधान गर्न नमानेको स्थानीयले गुनासो गरेपछि आफुहरुले सहयोग गरेको तामाङकाे भनाइ छ ।
स्थानीय सरकारसँग आफुहरुले पटक पटक आग्रह गर्दा समेत आफुहरुको समस्या सामधानको लागि सरकारले पहल नगरेको स्थानीय मकर ध्वज तामाङले बताए । गाउँमा जेष्ठनागरिक मात्र भएका कारण खानेपानी मर्मतका लागि वडाकार्यालयमा निवेदन दिए पनि निवेदनको सुनुवाइ वडाले नगरेको उनको भनाइ छ । आफुहरुकाे मतले जनप्रतिनिधिबनेकाहरुले जनताकाे समस्या सामधानका लागि कुनै पहल नगर्दा स्थानी सरकार नभएकाे जस्ताे आभास हुने गरेकाे देउरालीमा बसाेबास गर्दै आएका स्थानीय बताउँछन् ।
यस विषयमा वडाअध्यक्ष खिला बहादुर तामाङले भने उक्त स्थानमा भएको समस्या समाधानका लागि वडाले सम्वोधन गर्न नसकेको र आफुले गाउँपालिकामा यो समस्याको विषयमा कुरा उठाएको बताए । उनले उक्त स्थानमा अर्को वर्ष सम्ममा केही गर्ने बताउँदै आफुले वडाबाट केही गर्न नसक्ने भएको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १२ गते, २०८३ - २१:००
काठमाडौं । सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनावका बीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै पक्षलाई संयम ...
श्रावण १२ गते, २०८३ - २०:५३
काठमाडौं । जलस्रोत विज्ञ तथा राजनीतिज्ञ महाजन यादवद्वारा लिखित ‘नेपालको जलस्रोत’ पुस्तक सार्वजनिक गरिएको छ। आइतबार नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा ...
श्रावण १२ गते, २०८३ - २०:४५
काठमाडौं । नेकपा बागमती प्रदेश संसदीय दलभित्रको मतभेद सार्वजनिक भएको छ। सरकार गठनबारे छलफल गर्न मंगलबार हेटौँडामा बोलाइएको संसदीय दलको बैठकमा सहसंयोजक...
श्रावण १२ गते, २०८३ - २०:३७
काठमाडौं । सरकारले ११२ जना शाखा अधिकृतको सरुवा गरेको छ। भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला एवं सामान्य प्रशासन मन्त्रालयले सोमबार निर्णय गर्दै वि...
श्रावण १२ गते, २०८३ - २०:३०
काठमाडौं । गत साउन ४ गते बौद्धमा आत्मदाह प्रयास गरेकी सालु गुरुङको निधन भएको छ । उपचारका क्रममा ९ गते उनकाे निधन भएकाे हाे । बौद्धमा खाजा घर सञ्च...
श्रावण १२ गते, २०८३ - २०:२८
काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि सामाजिक सञ्जालदेखि सार्वजनिक बहससम्म धार्मिक ध्रुवीकरण तीव्र बन्दै गएको छ। तर प्रश्न एउटा मात्र...
श्रावण १२ गते, २०८३ - २०:१९
काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवाका २४ जना उपसचिवको सरुवा गरेको छ। मंगलबार भएको निर्णयअनुसार विभिन्न मन्त्रा...
श्रावण १२ गते, २०८३ - २०:१७
काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनाव अझै साम्य हुन सकेको छैन। एक युवाको मृत्यु र दर्जनौँ घाइते...
श्रावण १२ गते, २०८३ - २०:११
काठमाडौं । देशकै व्यस्त सडकखण्डमध्ये एक मुग्लिन–नारायणगढ सडकमा नयाँ स्थानबाट पहिरो खस्न थालेपछि यात्रा थप जोखिमपूर्ण बनेको छ। मंगलबार खहरे खोलानजिक नय...
श्रावण १२ गते, २०८३ - २०:०६
काठमाडौं । जापानको दक्षिणी मुख्य टापु क्युशुको कुमामोतो क्षेत्रमा मङ्गलबार सात दशमलव एकम्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पका कारण केही भवन तथा पूर्...



प्रतिकृया लेख्नुहोस्: