Khabar Dabali १३ श्रावण २०८३ बुधबार | 29th July, 2026 Wed
Investment bank

इजरायलबाट उद्धार भएकी रेश्माले रुदै सुनाइन म त्यहाँ भएको भए मरी सक्थे

खबरडबली संवाददाता

काठमाडाैं । सरकारले इजरायलबाट २५४ जना नेपालीलाई उद्धार गरेर काठमाडौं ल्याएको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार परराष्ट्रमन्त्री एनपी साउद आफैं चार्टर विमान लिएर राजधानी तेल अबिब पुगेका थिए ।

बिहीबार बिहानपख काठमाडौं आइपुग्दा उद्धार गरिएका सबै निकै खुसी थिए । धेरैले आफ्नो खुसीको आँसु लुकाउन सकेनन् । उनीहरुमध्ये एक थिइन् रेश्मा श्रेष्ठ । ‘लर्न याण्ड अर्न’ कार्यक्रम अन्तरगत इजरायल पुगेकी उनी आफू भाग्यवस बाँच्न सफल भएको सुनाउँछिन् ।

उनले भनिन्, ‘धेरै जना अझै पनि ट्रमाबाट बाहिर निस्कन सक्नु भएको छ । धेरै आमा बाबाको आँखामा आलै छ । अहिले त्यहाँबाट यहा आउँदा सपनामा छु जस्तै लाग्दैछ ।’

उनका अनुसार उनी दुई महिना अगाडिसम्म जहाँ थिइन्, त्यहाँ ठुलो क्षति भएको छ । ‘भगवानको मलाई बचाउने इच्छा रहेछ,’ उनले अघि भनिन्, ‘नत्र जुन घरमा म बस्दै थिएँ ११ महिनासम्म टेलिफार्ममा काम गरेर, त्यो घरको पछाडि जीउँदै जलाइदिनुभयो । अगाडि पूरै ध्वस्त भयो । मेरो फिलिपिनो साथीले भन्दै थियो, यदि तिमी यहाँ भएको भए मारिन सक्थ्यौं ।’

१० जना नेपालीको मारिनुका साथै एक नेपाली अझै सम्पर्कबिहीन रहेको भन्दै उनले आफूहरुका बारेमा चासो चिन्ता राख्ने सबैप्रति आभार व्यक्त गरिन् । ‘जति जनाले हाम्रा लागि चिन्ता चासो राख्नुभयो, यहाँसम्म ल्याउन मद्दत गर्नुभयो । यो गुन हामीले कहिल्यै तिर्न सक्दैनौं,’ उनी निकै भावुक भइन् ।

उनले यसो भनिरहँदा स्वागत गर्न पुगेकी दिदीले बरर आँसु झारिन् । ‘यो खुसीको आँसु हो’ उनले भनिन्, मेरो बहिनीलाई सकुशल पाएको छु । अरुको परिवारमा कस्लो होला भन्ने अनुभूति गर्न सक्छु । उहाँहरुलाई पनि ध्यान दिन सरकारलाई आग्रह गर्छु ।’

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनसरी घटनाबारे प्रधानमन्त्री कार्यालयको अपिल : अफवाहमा नलाग्न र सामाजिक सद्भाव जोगाउन आग्रह

काठमाडौं । सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनावका बीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै पक्षलाई संयम ...

नेपालको जलस्रोत’ सार्वजनिक, जलसम्पदाको दीर्घकालीन उपयोगमा जोड

काठमाडौं । जलस्रोत विज्ञ तथा राजनीतिज्ञ महाजन यादवद्वारा लिखित ‘नेपालको जलस्रोत’ पुस्तक सार्वजनिक गरिएको छ। आइतबार नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा ...

बागमतीमा नेकपाभित्र मतभेद छताछुल्ल, माधव पक्षधर सांसदद्वारा संसदीय दलको बैठक बहिस्कार

काठमाडौं । नेकपा बागमती प्रदेश संसदीय दलभित्रको मतभेद सार्वजनिक भएको छ। सरकार गठनबारे छलफल गर्न मंगलबार हेटौँडामा बोलाइएको संसदीय दलको बैठकमा सहसंयोजक...

सरकारद्वारा ११२ शाखा अधिकृतको सरुवा, विभिन्न मन्त्रालय र कार्यालयमा नयाँ जिम्मेवारी

काठमाडौं । सरकारले ११२ जना शाखा अधिकृतको सरुवा गरेको छ। भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला एवं सामान्य प्रशासन मन्त्रालयले सोमबार निर्णय गर्दै वि...

श्रीमानसँग झगडापछि शरीरमा आगो लगाएकी सालु गुरुङको निधन

काठमाडौं । गत साउन ४ गते बौद्धमा आत्मदाह प्रयास गरेकी सालु गुरुङको निधन भएको छ । उपचारका क्रममा ९ गते उनकाे निधन भएकाे हाे   । बौद्धमा खाजा घर सञ्च...

सद्भाव कसले भड्काउँदै छ ? सुनसरी घटनापछि उठ्यो गम्भीर प्रश्न

काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि सामाजिक सञ्जालदेखि सार्वजनिक बहससम्म धार्मिक ध्रुवीकरण तीव्र बन्दै गएको छ। तर प्रश्न एउटा मात्र...

२४ उपसचिवको सरुवा, मन्त्रालयदेखि स्थानीय तहसम्म जिम्मेवारी हेरफेर

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवाका २४ जना उपसचिवको सरुवा गरेको छ। मंगलबार भएको निर्णयअनुसार विभिन्न मन्त्रा...

सुनसरीमा तनाव कायमै, चारै सुरक्षा निकाय संयुक्त रूपमा परिचालित

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनाव अझै साम्य हुन सकेको छैन। एक युवाको मृत्यु र दर्जनौँ घाइते...

मुग्लिन–नारायणगढ सडकमा नयाँ पहिरोको जोखिम, दिनभर तीन पटक अवरुद्ध

काठमाडौं । देशकै व्यस्त सडकखण्डमध्ये एक मुग्लिन–नारायणगढ सडकमा नयाँ स्थानबाट पहिरो खस्न थालेपछि यात्रा थप जोखिमपूर्ण बनेको छ। मंगलबार खहरे खोलानजिक नय...

जापानमा ७।१ म्याग्निच्युडको भूकम्प स् सुनामीको चेतावनी फिर्ता

काठमाडौं । जापानको दक्षिणी मुख्य टापु क्युशुको कुमामोतो क्षेत्रमा मङ्गलबार सात दशमलव एकम्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पका कारण केही भवन तथा पूर्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending