Khabar Dabali १३ श्रावण २०८३ बुधबार | 29th July, 2026 Wed
Investment bank

पाँच दिनदेखि मन्थली-लुक्ला उडान ठप्प

खबरडबली संवाददाता

रामेछाप ।  खराब मौसमका कारण पाँच दिनदेखि लुक्लामा हवाई उडान नहुँदा विदेशी पर्यटक मन्थलीमै रोकिएका छन् । लुक्लाका लागि विभिन्न कम्पनीसँग सम्झौता गरी उडानको प्रतीक्षामा रहेका पर्यटक दैनिक मन्थलीमा बस्नुपर्दा समस्यामा भइरहेको बताउँछन् ।

नागरिक उड्डयन प्राधिकरण रामेछापले दिएको जानकारी अनुसार शनिबारदेखि बुधबारसम्म करिब दुई सय भन्दा बढी उडान स्थगित भएका छन् । सोलुखुम्बुको लुक्ला विमानस्थलमा पर्यटक ओसार्ने विमान कहिलेकाहीँ  फाप्लुको मौसम खुलेपछि त्यहाँ अवतरण गर्ने प्राधिकरण प्रमुख आशोक थापाले बताए । 

पाँच दिनदेखि उडान प्रभावित भएपछि केही कम्पनीले हेलिकप्टरमार्फत पर्यटक ओसारपसार गरिहेका भन्दै हेलिकप्टरका लागि पनि भिजिबिलिटी कम भएको उनले जानकारी दिए । प्रमुख थापाका अनुसार तीन वायुसेवा कम्पनीले सात जहाज तथा आवश्यक पाइलटसहितका अन्य जनशक्ति तयारी अवस्थामा राखेका छन् ।  ‘सीता एयरका दुई, यति एयरलाइन्सका दुई र समिट एयरका तीन जहाज विमानस्थलमा पार्किङ गरी राखिएका छन्’, उनले भने, ‘शनिबारदेखि एक्कासि मौसम बिग्रिएपछि हेलिकप्टर बाहेक अन्य उडान लुक्लाका लागि हुन सकेका छैनन् ।’

लुक्लातर्फको मौसम एकदमै खराब भएकाले जहाजलाई अवतरण गर्न असजिलो हुने प्राधिकरणले जनाएको छ । ‘अवतरणका लागि पाइलटले केही टाढा देखिनै विमानस्थल देख्नपर्छ । तर लुक्लाको विमानस्थलमा बाक्लो हुस्सु लाग्ने, हावाको वेग नराम्ररी चल्ने भएपछि पछिल्लो समयमा अवतरणमा समस्या भएको छ’, थापाले भने । 

यो मुख्य पर्यटकीय सिजन भएकाले अधिकांश पर्यटक सगरमाथा आधार शिविरतर्फ जाने तथा केहीले सगरमाथाको आरोहणमा गर्ने गर्दछन् । हिमाली दृश्यावलोकनका लागि यहाँ पर्यटक आउने गर्दछन् । यसअघि दोलखाको जिरीबाट पैदल हिँडेर लुक्लासम्म जाने गरेका पर्यटक अहिले सुविधा थपिएसँगै जहाज र हेलिकप्टरमा जाने आउने गरेका हुन् । सगरमाथाको आधार शिविरबाट फर्कँदा पनि पर्यटकले खराब मौसमका कारण सास्ती बेहोर्नु परेको प्रमुख थापाले बताए । 

निश्चित समयसम्मका लागि भिसा लिएर नेपाल आएका पर्यटक समयमा लुक्ला जान र फर्कन नपाएपछि  चिन्तित बनिरहेका छन् । कति पर्यटकले आफ्नो देश फर्कन टिकट नै लिइसकेका बताएका छन् । काठमाडौंबाट लुक्ला जाने पर्यटकलाई विभिन्न कम्पनीले काठमाडौंदेखि मन्थलीसम्म सडकमार्गबाट ल्याएपछि लुक्लासम्म जहाज तथा हेलिकप्टरमा पठाउने गरिएको छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनसरी घटनाबारे प्रधानमन्त्री कार्यालयको अपिल : अफवाहमा नलाग्न र सामाजिक सद्भाव जोगाउन आग्रह

काठमाडौं । सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनावका बीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै पक्षलाई संयम ...

नेपालको जलस्रोत’ सार्वजनिक, जलसम्पदाको दीर्घकालीन उपयोगमा जोड

काठमाडौं । जलस्रोत विज्ञ तथा राजनीतिज्ञ महाजन यादवद्वारा लिखित ‘नेपालको जलस्रोत’ पुस्तक सार्वजनिक गरिएको छ। आइतबार नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा ...

बागमतीमा नेकपाभित्र मतभेद छताछुल्ल, माधव पक्षधर सांसदद्वारा संसदीय दलको बैठक बहिस्कार

काठमाडौं । नेकपा बागमती प्रदेश संसदीय दलभित्रको मतभेद सार्वजनिक भएको छ। सरकार गठनबारे छलफल गर्न मंगलबार हेटौँडामा बोलाइएको संसदीय दलको बैठकमा सहसंयोजक...

सरकारद्वारा ११२ शाखा अधिकृतको सरुवा, विभिन्न मन्त्रालय र कार्यालयमा नयाँ जिम्मेवारी

काठमाडौं । सरकारले ११२ जना शाखा अधिकृतको सरुवा गरेको छ। भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला एवं सामान्य प्रशासन मन्त्रालयले सोमबार निर्णय गर्दै वि...

श्रीमानसँग झगडापछि शरीरमा आगो लगाएकी सालु गुरुङको निधन

काठमाडौं । गत साउन ४ गते बौद्धमा आत्मदाह प्रयास गरेकी सालु गुरुङको निधन भएको छ । उपचारका क्रममा ९ गते उनकाे निधन भएकाे हाे   । बौद्धमा खाजा घर सञ्च...

सद्भाव कसले भड्काउँदै छ ? सुनसरी घटनापछि उठ्यो गम्भीर प्रश्न

काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि सामाजिक सञ्जालदेखि सार्वजनिक बहससम्म धार्मिक ध्रुवीकरण तीव्र बन्दै गएको छ। तर प्रश्न एउटा मात्र...

२४ उपसचिवको सरुवा, मन्त्रालयदेखि स्थानीय तहसम्म जिम्मेवारी हेरफेर

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवाका २४ जना उपसचिवको सरुवा गरेको छ। मंगलबार भएको निर्णयअनुसार विभिन्न मन्त्रा...

सुनसरीमा तनाव कायमै, चारै सुरक्षा निकाय संयुक्त रूपमा परिचालित

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनाव अझै साम्य हुन सकेको छैन। एक युवाको मृत्यु र दर्जनौँ घाइते...

मुग्लिन–नारायणगढ सडकमा नयाँ पहिरोको जोखिम, दिनभर तीन पटक अवरुद्ध

काठमाडौं । देशकै व्यस्त सडकखण्डमध्ये एक मुग्लिन–नारायणगढ सडकमा नयाँ स्थानबाट पहिरो खस्न थालेपछि यात्रा थप जोखिमपूर्ण बनेको छ। मंगलबार खहरे खोलानजिक नय...

जापानमा ७।१ म्याग्निच्युडको भूकम्प स् सुनामीको चेतावनी फिर्ता

काठमाडौं । जापानको दक्षिणी मुख्य टापु क्युशुको कुमामोतो क्षेत्रमा मङ्गलबार सात दशमलव एकम्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पका कारण केही भवन तथा पूर्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending