Khabar Dabali १३ श्रावण २०८३ बुधबार | 29th July, 2026 Wed
Investment bank

सरकारले धुलिखेल अस्पतालले स्वास्थ्य क्षेत्रमा पुर्‍याएको योगदानको कदर गरेको छः मन्त्री बस्नेत

खबरडबली संवाददाता

काभ्रेपलाञ्चोक । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले मातृ मृत्युदर घटाउनेतर्फ सरकारको ध्यान केन्द्रित रहेको बताएका छन् । धुलिखेल अस्पतालमा बुधबार आयोजित स्त्री तथा प्रसुती रोग विशेषज्ञहरुको अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै मन्त्री बस्नेतले सरकारले महिला स्वास्थ्यको क्षेत्रमा विभिन्न कामहरु सुरु गरेको बताएका हुन् ।

सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले सरकार मातृ मृत्युदर घटाउने, उपचारमा सहजिकरण गर्ने, स्वास्थ्य समस्या देखिएका महिलाहरुको चाँडोभन्दा चाँडो उपचार गर्ने कुरामा मन्त्रालयले काम गरिरहेको बताए । उनले केही वर्ष पहिलादेखि रोकिएको पाठेघरको मुखको क्यान्सरविरुद्धको खोपलाई निरन्तरता दिने काम सुरु गरिएको बताए ।

उक्त खोपले पाठेघरको मुखको क्यान्सर हुनबाट महिलाहरुलाई जोगाउने विश्वास व्यक्त गरे । उक्त सरकारले हाल १४ वर्ष उमेर समूहका किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाउन सुरु गरेको बताए ।

मन्त्री बस्नेतले हाललाई पाठेघरको मुखको क्यान्सरविरुद्धको २० हजार मात्रा खोप उपलब्ध भए पनि सरकारले यसलाई आफ्नो दायित्व सम्झेर थप खोप व्यवस्थापन गरी पाठेघरको मुखको क्यान्सर हुनबाट जोगाउन खोप कार्यक्रम सञ्चालन गर्ने बताए । उनले धुलिखेल अस्पतालले मातृ मृत्युदर घटाउने, महिलाहरुमा हुने पिसाब चुहिने समस्याको समाधानलगायतको क्षेत्रमा उल्लेख्य योगदान गरेको बताए । उनले सरकारले धुलिखेल अस्पतालले स्वास्थ्य क्षेत्रमा पुर्‍याएको योगदानको कदर  गरेको बताए ।

कार्यक्रममा धुलिखेल अस्पतालका संस्थापक प्रा.डा. रामकण्ठ माकजु श्रेष्ठ, अस्पतालकी स्त्री तथा प्रसूति विभाग प्रमुख डा. आभा श्रेष्ठ, अस्पतालका स्त्री रोग विशेषज्ञ एवम् मिडिया तथा सञ्चार विभाग प्रमुख प्रा.डा. सुमनराज ताम्राकारलगायतले अस्पतालले स्त्री तथा प्रसूति रोग तथ अन्य विभिन्न रोगको उपचारमा पुर्‍याएको योगदानको बारेमा जानकारी दिएका थिए ।

नेपाली तथा जर्मनीमा रहेका स्त्री तथा प्रसुती रोग विशेषज्ञहरु संलग्न रहेको जेनसोगको आयोजनामा भएको अन्तर्राष्ट्रिय सम्मेलनमा निःसन्तान, रजाेनिवृत्ति, पाठेघरको जन्मजात विकृति, गर्भवती बेलाका मेडिकल समस्याहरु, प्रसवोत्तर अधिक रक्तस्रावको विषयमा छलफल हुने धुलिखेल अस्पतालकी स्त्री तथा प्रसूति विभाग प्रमुख डा. आभा श्रेष्ठले जानकारी दिए ।

उनले सम्मेलनमा स्त्री रोगसम्बन्धी ल्यापारोस्कोपी शल्यक्रिया, इन्डोमेट्रिओसिस, पाठेघरमा मासु पलाउने, असामान्य महिनावारीको विषयमा समेत विशेषज्ञहरुबीच छलफल तथा कार्यपत्र प्रस्तुत हुने बताए ।

प्रत्येक तीन/तीन वर्षमा स्त्री तथा प्रसूति रोग विशेषज्ञहरुको अन्तर्राष्ट्रिय सम्मेलन गर्ने लक्ष्य राखेर सन् २०१७ मा सम्मेलन सुरु गरिए पनि कोरोनालगायतको कारणले सम्मेलन रोकिएको थियो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनसरी घटनाबारे प्रधानमन्त्री कार्यालयको अपिल : अफवाहमा नलाग्न र सामाजिक सद्भाव जोगाउन आग्रह

काठमाडौं । सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनावका बीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै पक्षलाई संयम ...

नेपालको जलस्रोत’ सार्वजनिक, जलसम्पदाको दीर्घकालीन उपयोगमा जोड

काठमाडौं । जलस्रोत विज्ञ तथा राजनीतिज्ञ महाजन यादवद्वारा लिखित ‘नेपालको जलस्रोत’ पुस्तक सार्वजनिक गरिएको छ। आइतबार नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा ...

बागमतीमा नेकपाभित्र मतभेद छताछुल्ल, माधव पक्षधर सांसदद्वारा संसदीय दलको बैठक बहिस्कार

काठमाडौं । नेकपा बागमती प्रदेश संसदीय दलभित्रको मतभेद सार्वजनिक भएको छ। सरकार गठनबारे छलफल गर्न मंगलबार हेटौँडामा बोलाइएको संसदीय दलको बैठकमा सहसंयोजक...

सरकारद्वारा ११२ शाखा अधिकृतको सरुवा, विभिन्न मन्त्रालय र कार्यालयमा नयाँ जिम्मेवारी

काठमाडौं । सरकारले ११२ जना शाखा अधिकृतको सरुवा गरेको छ। भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला एवं सामान्य प्रशासन मन्त्रालयले सोमबार निर्णय गर्दै वि...

श्रीमानसँग झगडापछि शरीरमा आगो लगाएकी सालु गुरुङको निधन

काठमाडौं । गत साउन ४ गते बौद्धमा आत्मदाह प्रयास गरेकी सालु गुरुङको निधन भएको छ । उपचारका क्रममा ९ गते उनकाे निधन भएकाे हाे   । बौद्धमा खाजा घर सञ्च...

सद्भाव कसले भड्काउँदै छ ? सुनसरी घटनापछि उठ्यो गम्भीर प्रश्न

काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि सामाजिक सञ्जालदेखि सार्वजनिक बहससम्म धार्मिक ध्रुवीकरण तीव्र बन्दै गएको छ। तर प्रश्न एउटा मात्र...

२४ उपसचिवको सरुवा, मन्त्रालयदेखि स्थानीय तहसम्म जिम्मेवारी हेरफेर

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवाका २४ जना उपसचिवको सरुवा गरेको छ। मंगलबार भएको निर्णयअनुसार विभिन्न मन्त्रा...

सुनसरीमा तनाव कायमै, चारै सुरक्षा निकाय संयुक्त रूपमा परिचालित

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनाव अझै साम्य हुन सकेको छैन। एक युवाको मृत्यु र दर्जनौँ घाइते...

मुग्लिन–नारायणगढ सडकमा नयाँ पहिरोको जोखिम, दिनभर तीन पटक अवरुद्ध

काठमाडौं । देशकै व्यस्त सडकखण्डमध्ये एक मुग्लिन–नारायणगढ सडकमा नयाँ स्थानबाट पहिरो खस्न थालेपछि यात्रा थप जोखिमपूर्ण बनेको छ। मंगलबार खहरे खोलानजिक नय...

जापानमा ७।१ म्याग्निच्युडको भूकम्प स् सुनामीको चेतावनी फिर्ता

काठमाडौं । जापानको दक्षिणी मुख्य टापु क्युशुको कुमामोतो क्षेत्रमा मङ्गलबार सात दशमलव एकम्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पका कारण केही भवन तथा पूर्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending