Khabar Dabali २२ असार २०८३ सोमबार | 6th July, 2026 Mon
Investment bank

काभ्रेमा आठ सय ४९ सहकारी अज्ञात अवस्थामा: प्रतिवेदन

खबरडबली संवाददाता

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा आठ सय ४९  सहकारीको अवस्था ‘अज्ञात’ रहेको एक प्रतिवेदनले देखाएको छ । दर्ता भएका एक हजार चार सय ९५ सहकारीमध्ये जिल्लामा १३ स्थानीय तहमा छ सय ४६ वटामात्रै सञ्चालनमा रहेको अनुगमनबाट पाइएको जिल्ला सहकारी सङ्घले जनाएको छ ।

बनेपा नगरपालिका बनेपामा सञ्चालित सहकारीको अनुगमन प्रतिवेदन बुझाउने क्रममा सङ्घका अध्यक्ष दिलीप शर्मा जङ्गमले काभ्रेमा क्रियाशील सहकारीमा छ लाख ७९ हजार आठ सय १८  सेयर सदस्य रहेको तथ्याङ्क फेला परेको बताए । उनले उक्त प्रतिवेदन मङ्गलबार नगरप्रमुख शान्तिरत्न शाक्यलाई हस्तान्तरण गरेका थिए। यसबाट जिल्लाको जनसङ्ख्या तीन लाख ६४ हजार ३९ भन्दा करिब तीन लाख १५ हजारले सेयर सदस्य बढी देखिएको अध्यक्ष जङ्गमले बताए । उनका अनुसार क्रियाशील सहकारीमा पाँच हजार सात सय ८२ जना सञ्चालक छन् भने दुई हजार छ सय ५५ कर्मचारी कार्यरत रहेका छन् ।

यस्तै सञ्चालमा आएका सहकारीमा रु पाँच अर्ब पाँच करोडको सेयरपुँजी रहेको छ भने रु ३६ अर्बको बचत कारोबार रहेको अनुगमनले देखाएको सङ्घले जनायो । उक्त कारोबारबाट सरकारका विभिन्न निकायमा वार्षिक रु २४ करोड ९१ लाख राजस्व बुझाइएको अध्ययनले देखाएको छ । पछिल्ला केही वर्षदेखि सहकारीमा देखिएको विकृति, विसङ्गति सुधार गर्न तथा सहकारीमा पारदर्शिता कायम गर्न अनुगमन गरिएको जङ्गमले बताए ।
 
प्रतिवेदनमा सबैभन्दा बढी जिल्लाको प्रमुख सहर बनेपामा रहेका दुई सय २० सहकारीमध्ये एक सय २३ क्रियाशील रहेको उल्लेख गरिएको छ । ती सहकारीमा तीन लाख १८ हजार सात सय ३८ सेयर सदस्य छन् । बनेपाको जनसङ्ख्या ६७ हजारमात्रै देखिन्छ । कुल सहकारी तथा सेयर सदस्यमध्ये बनेपामा मात्रै आधा रहेको पाइएको जनाइएको छ । बनेपामा रु दुई अर्ब सेयरपुँजी र १९ अर्ब बचत कारोबार रहेको प्रतिवेदनमा उल्लेख छ । 

दैनिकजसो सहकारी भाग्ने र सहकारीमा बचत गरिरहेका सेयर सदस्यको बचत रकम फिर्ता गर्न नसकेको गुनासो दर्ता हुन थालेपछि बनेपा नगरले जिल्ला सहकारी सङ्घमार्फत नगरभित्रका सहकारीको वास्तविक अवस्थाका बारेमा जानकारी लिन गरेको अनुगमनमा दर्ता भएकामध्ये ७७ वटा सहकारी संस्था बितेको चार महिनाको अवधिमा बेपत्ता भएको पाइएको सङ्घले जनायो ।
 
प्रतिवेदनमा केही सहकारीले कारोबार सुधार गर्न नसकेको बताएका छन् भने केही सहकारीमा २० वर्षसम्म एउटै अध्यक्ष, परिवारका सदस्य सञ्चालक र कर्मचारी, विनियम फरक–फरक, विनियममा केरमेट, विनियमबिना सञ्चालन भएकोजस्ता समस्या देखिएको उल्लेख गरिएको छ । यस्तै कार्यक्षेत्रभन्दा बाहिर सदस्य र कारोबार गरेकोजस्ता समस्या पनि सहकारीमा देखिएकाले तत्काल नगरपालिकाले त्यस्ता सहकारीलाई नियमन गर्न विज्ञहरूको समूहले प्रतिवेदनमार्फत सुझाव दिएको हो । हाल बनेपाका केही सहकारीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा ठगी मुद्दा दर्ता भएका छन् ।

डिभिजन सहकारी कार्यालयका अनुसार बनेपामा १४ वटा सहकारी एकीकरण भएका छन् भने १९ वटा सहकारी प्रदेशअन्तर्गतका छन् । चौसठ्ठीवटा सहकारीका कुनै कार्यालय र बोर्डसमेत नभएको र छवटा सहकारीले नियामक निकायमा प्रतिवेदन नबुझाएका जनाइएको छ । बनेपाको तीन सहकारीले नगरको अनुगमन टोलीलाई अनुगमन गर्न नदिएको सङ्घका अध्यक्ष जङ्गमले गुनासो गरे ।

उक्त कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख दीपककुमार गौतमले हालको अवस्थामा सहकारीलाई नियमन गर्ने निकाय सक्रिय रहनुपर्ने आवश्यकता औँल्याउँदै बचतकर्ताको रकम जोखिममा पारेर भागेका सहकारीका सञ्चालकलाई नियमत: कारबाही गरी बचत फिर्ता गर्नुपर्ने बताए । बनेपा नगरप्रमुख शाक्यले नगरपालिकाभित्र भएका सबै सहकारीको वास्तविक तथ्याङ्कसहितको अवस्था प्राप्त भएकाले तत्काल यसको नियमन तथा सुधारका लागि योजना बनाउने बताए ।
 
नगर उपप्रमुख विमला सापकोटाले नगरले सुरु गरेको सहकारीहरूको वास्तविक अवस्था अध्ययन गरी बचतकर्ताको बचत सुरक्षित बनाउन तथा ऋण तिर्ने वातावरण बनाउन समन्वयकारी भूमिका खेल्ने बताए । उनका अनुसार अनधिकृतरूपमा सञ्चालित केही सहकारीको सम्पत्ति नगरमार्फत रोक्का गरिएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

देउवा समूहले बीपी स्मृति दिवस छुट्टै मनाउने, मंगलबार पनि छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेसको देउवा समूहले बीपी स्मृति दिवस छुट्टै रूपमा मनाउने निर्णय गरेको छ। सोमबार उद्घाटन गरिएको समूहको सम्पर्क कार्यालयमा काठम...

स्वास्थ्यसम्बन्धी मौलिक हकको प्रभावकारी कार्यान्वयन गरिने छ : स्वास्थ्य मन्त्री

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले संविधानप्रदत्त स्वास्थ्यसम्बन्धी मौलिक हकको प्रभावकारी कार्यान्वयन गर्न सरकार पूर्णरूपमा प...

हात्ती प्रभावित क्षेत्रको अवस्था बुझ्न गृहमन्त्री गुरुङ झापामा

झापा । सीमा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने, सीमावर्ती क्षेत्रका नागरिकका समस्या बुझ्ने तथा जङ्गली हात्तीबाट प्रभावित क्षेत्रको अवस्था अवलोकन...

नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्षविरुद्ध तीन करोड बढीको भ्रष्टाचार मुद्दा

काठमाडौँ। नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताविरुद्ध तीन करोड ४५ लाख ९९ हजार १६७ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।  अ...

भूमिहीन र सुकुमवासीलाई लालपुर्जा वितरण जारी रहन्छ : मन्त्री रावल

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन र सुकुमवासीको समस्यालाई समाधान गर्न सरकारले उच्च प्र...

सार्वजनिक स्थानमा महिलालाई गोप्य अंग देखाउने रक्षा मन्त्रालयका अधिकृत पक्राउ

काठमाडौं । ललितपुरको इमाडोल क्षेत्रमा सार्वजनिक स्थानमा एक महिलासँग अशोभनीय व्यवहार गरेको आरोपमा एक सरकारी कर्मचारी पक्राउ परेका छन्। प्रहरी वृत्त ...

रास्वपामा एकभन्दा बढी वरिष्ठ नेता हुने व्यवस्था

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी संरचनामा महत्वपूर्ण परिवर्तन गर्दै एकभन्दा बढी 'वरिष्ठ नेता' नियुक्त गर्न सकिने व्यवस...

देउवा समूहको बैठक चुणदेवीमा, पार्टीभित्रको विवाद समाधानमा केन्द्रित छलफल

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्ष (शेरबहादुर देउवा समूह) को बैठक काठमाडौंको चुणदेवीस्थित सम्पर्क कार्यालयमा सुरु भएको छ। पूर्व कार्यवाहक स...

प्रधानमन्त्रीको सुनको छानबिन गर्न माग, आफ्नै नामबाट सुरु गर्न आङदेम्बेको प्रस्ताव

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को सम्पत्तिबारे उठेका प्रश्न...

सरकारले संविधान संशोधनका लागि गठन गरेका कार्यदलहरू अपरिपक्व: आङदेम्बे

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संविधान संशोधनको नाममा संविधानको आधारभूत मर्म, लोकतान्त्रिक मूल्य र सङ्घीय संरचनामाथि ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending