Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

आयोजना बन्द हुँदा भोजपुरका एक सय १८ परिवार पानीको समस्यामा

खबरडबली संवाददाता

भोजपुर । बाढीले सभाखोला लोहाकोट बिजुवापानी सामुदायिक लिफ्ट खानेपानी आयोजना बगाएपछि स्थानीयवासीलाई पानीको समस्या भएको छ । गत असार २ गते आएको बाढीले क्षति गरेपछि यहाँका एक सय १८ घरपरिवार पानीको समस्यामा परेका हुन् । 

खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालय भोजपुरअन्तर्गत सङ्खुवासभाको चैनपुर नगरपालिका–११ मा सञ्चालन भइरहेको यो आयोजनाबाट तीन सय ८६ घरपरिवारमध्ये एक सय १८ परिवारले पानीको उपभोग गर्दै आएका थिए । बाँकी घरमा पनि पानी वितरणको अन्तिम चरणमा रहेको अवस्थामा बाढीले आयोजना बगाएको हो ।

उपभोक्तालाई चाँडो पानी खुवाउने उद्देश्यले बाढीले क्षति गरेर पुन:निर्माण थालिएको  आयोजनाको कोशी प्रदेशका खानेपानी  सिँचाइ तथा ऊर्जा मन्त्रालयका सचिव अरुणकुमार झा, मन्त्रालयका महाशाखा प्रमुख मेघराज ज्ञावली, प्रशासन महाशाखा प्रमुख सञ्जयकुमार पोखरेलसहित डिभिजन प्रमुख देवनाथ सिंहले स्थलगत अनुगमन गरेका छन् ।
 
बाढीले पूर्णरूपमा क्षति भएको आयोजनाको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरले पुन:निर्माण गरेर सञ्चालनको तयारी थालेको छ । यसलाई मर्मत गरेर दसैँअघिसम्म स्थानीयलाई पानी खुवाउने लक्ष्य रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरका प्रमुख देवनाथ सिंहले बताए । अहिले यो आयोजना कार्यालयको रु ४० लाख लागतमा मर्मत भइरहेको उनको भनाइ छ ।

“बाढीले क्षतिग्रस्त भएको आयोजनाको मर्मत गरेर स्थानीयलाई पानी खुवाउने लक्ष्यका साथ काम गरिरहेका छौँ”, प्रमुख सिंहले भने, “यहाँका स्थानीयलाई दसैँअघि नै पानी खुवाउने हाम्रो योजना छ । सोहीअनुसार कामलाई अघि बढाएका छौँ ।”

स्थलगत अनुगमन गर्दै मन्त्रालयका सचिव झाले बाढीले निकै ठूलो क्षति पुर्याएको बताए । तत्काललाई योजना सञ्चालन गरेर स्थानीयलाई पानी खुवाउने गरी काम थालिएको उनको भनाइ छ । “हाम्रो मन्त्रालयको समूहले यहाँको स्थलगत अनुगमन गरेका छौँ”, सचिव झाले भने, “बाढीले यहाँ निकै ठूलो क्षति पुर्याएको देखियो । यसलाई तत्काल मर्मत गरेर पानीको समस्या समाधानका लागि काम भइरहेको छ । आयोजनालाई थप व्यावस्थापन गर्न आगामी वर्षको बजेटमा समेट्ने सोच बनाएका छौँ ।”

आयोजनास्थलसँगै यहाँको संरचना बाढीले पुरेका कारण अहिले त्यसलाई खोतलेर आवश्यक मर्मतको काम भइरहेको छ । खोलाभन्दा करिब सय मिटर वर रहेको आयोजनास्थलमा बाढी पसेर सम्फवेल, पानी तान्ने मोटरपम्प, ट्रान्सफर्मर, तीनवटा कन्ट्रोल प्यालन, स्टेपलाइजर, चेन पुल्ली, पाइप लाइन, पालेघरलगायत पुरेको थियो । अहिले त्यसलाई डोजरको सहायताले बालुवा पन्छाएर निकालिएको निर्माण उपभोक्ता समितिका सदस्य गणेश जिमीले बताए । आयोजना मर्मतको काम सुरु भएकाले स्थानीयमा पानी आउने आशा जागेको उनको भनाइ छ ।

इलाम, पाँचथर, तेह्रथुम, सङ्खुवासभा, भोजपुरलगायत ठाउँमा मन्त्रालयअन्तर्गत सञ्चालन भएका योजनासँगै यो आयोजनाको पनि स्थलगत अनुगमन गरिएको हो । पुन:निर्र्माण भइरहेको आयोजनाको अनुगमन गर्दै मन्त्रालयका महाशाखा प्रमुख मेघराज ज्ञावलीले तत्काल स्थानीयलाई पानीको समस्या समाधान गर्न तीव्ररूपमा काम भइरहेको बताए । आयोजनाको सम्फवेल ९पानी तान्ने ठाउँ० फेरि पनि बाढीको जोखिममा रहेकाले त्यसलाई क्षति हुनबाट बचाउन विकल्पसँगै थप सुरक्षाका लागि काम गर्नुपर्ने देखिएको उनले बताए ।

मन्त्रालयअन्तर्गत सञ्चालनमा रहेका कार्यालयमा कर्मचारी अभावका कारण कामकाज सञ्चालनमा केही समस्या रहेको प्रशासन महाशाखा प्रमुख सञ्जयकुमार पोखरेलले बताए । कतिपय जिल्लामा कामलाई तीव्रगतिमा अघि बढाउन जनशक्ति अभावमा समस्या रहेको उनको भनाइ छ । रिक्त रहेका पदमा आवश्यक दरबन्दी माग गरेर लोकसेवा आयोगमा पठाइएको उनले जानकारी दिए ।

“सञ्चालित योजनालाई तीव्ररूपमा अघि बढाउनुपर्ने अवस्था छ”, उनले भने, “तर यहाँका अधिकांश कार्यालयमा दरबन्दी खाली छ । कार्यसञ्चालनमा समस्या उत्पन्न भएको छ । विषेश गरेर पहाडका जिल्लामा यो समस्या बढी रहेको पाइयो । हामीले लोकसेवा आयोगमा माग गरेर पठाएका छौँ । त्यहाँबाट कर्मचारी नआउँदासम्म आन्तरिकरूपमा व्यावस्थापन गरेर काम गर्नुपर्ने अवस्था छ ।” आर्थिक वर्ष २०७५/७६ बाट यो योजनाको निर्माण थालिएको हो । कुल अनुमानित रु ११ करोड ११ लाख आठ हजार नौ सय २७ लागतमा निर्माण भइरहेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ललितपुरको जंगलमा दुई जनाको हत्या प्रकरण: कारण बन्यो आर्थिक लेनदेन

काठमाडौँ । ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित ज्यामिरकोट जंगलमा दुई जनाको हत्या गरी फरक–फरक स्थानमा शव व्यवस्थापन गरिएको तथ्य खुलेको छ । महालक्...

महाराजगञ्जमा देउवा भेट्न पुगे ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली महासचिव शंकर पोखरेललाई साथ लिएर द...

सरकारले निर्वाचन सम्बन्धी माग्यो तीन विषयमा सुझाव, विदेश मताधिकार र ‘नो भोट’ समावेश

काठमाडौँ । सरकारले निर्वाचनसँग सम्बन्धित तीनवटा विषयमा राजनीतिक दल र सरोकारवालाबाट सुझाव मागेको छ। प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबार...

अर्थ मन्त्रालयमा रोकिएका आयोजना छिट्टै फुकुवा हुन्छ, हाइट मास्ट र स्ट्रिट लाइट कार्यक्रम पुन: सुरु गरिन्छ: मन्त्री घिसिङ

रामेछाप । सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले अर्थ मन्त्रालयमा रोक्का रहेका विकास आयोजना छिट्...

संसद पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गर्नेको संख्या १४३ पुग्यो, जसपा, जनमत र स्वतन्त्र सांसदले पनि गरे हस्ताक्षर

काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जनता समाजवादी पार्टी, जनमत पार्टी र एक स्वतन्त्र सांसदले हस्ताक्षर गरेका छन्। उनीहरूले हस्ताक्षर गर्ने क्र...

१० लाख मतदाता थप, ११४ दल दर्ता, ५१ प्रकारका सामग्री सुनिश्चित

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तर्गत देशभर १० लाख १६ हजार ७ सय ५४ जना नयाँ मतदाता थपिएका छन्। निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप...

सर्वपक्षीय सरकार गठनको माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं । सर्वपक्षीय सरकार गठनको माग गर्दै सोमबार माइतीघरमा प्रदर्शन गरिएको छ । ‘जेनजीको माग चुनाव होइन, सुशासन’ भन्ने नारासहित मिरज ढुंगाना, रविकिरण...

कांग्रेसले प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै आज ६८ सांसदको हस्ताक्षर सर्वोच्चमा बुझाउँदै

काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै नेपाली कांग्रेसका ६५ तथा अन्य दलका ३ गरी ६८ सांसदको हस्ताक्षर सोमबार सर्वोच्च अदालतमा बुझाइने तयारी गरि...

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघको अध्यक्षमा विष्णुलाल गिरी निर्वाचित

काठमाडौं । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ काठमाडौंको दोस्रो अधिवेशनले विष्णुलाल गिरीलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ । आज सम्पन्न निर्वाचनमा...

श्रीराम राईको ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ सार्वजनिक

काठमाडौं। गीतकार श्रीराम राईको ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ गीत ओसियन म्युजिक नेपालको यूट्युब च्यानलबाट सार्वजनिक भएको छ। संगीतकार ओमप्रक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending