Khabar Dabali २२ असार २०८३ सोमबार | 6th July, 2026 Mon
Investment bank

आयोजना बन्द हुँदा भोजपुरका एक सय १८ परिवार पानीको समस्यामा

खबरडबली संवाददाता

भोजपुर । बाढीले सभाखोला लोहाकोट बिजुवापानी सामुदायिक लिफ्ट खानेपानी आयोजना बगाएपछि स्थानीयवासीलाई पानीको समस्या भएको छ । गत असार २ गते आएको बाढीले क्षति गरेपछि यहाँका एक सय १८ घरपरिवार पानीको समस्यामा परेका हुन् । 

खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालय भोजपुरअन्तर्गत सङ्खुवासभाको चैनपुर नगरपालिका–११ मा सञ्चालन भइरहेको यो आयोजनाबाट तीन सय ८६ घरपरिवारमध्ये एक सय १८ परिवारले पानीको उपभोग गर्दै आएका थिए । बाँकी घरमा पनि पानी वितरणको अन्तिम चरणमा रहेको अवस्थामा बाढीले आयोजना बगाएको हो ।

उपभोक्तालाई चाँडो पानी खुवाउने उद्देश्यले बाढीले क्षति गरेर पुन:निर्माण थालिएको  आयोजनाको कोशी प्रदेशका खानेपानी  सिँचाइ तथा ऊर्जा मन्त्रालयका सचिव अरुणकुमार झा, मन्त्रालयका महाशाखा प्रमुख मेघराज ज्ञावली, प्रशासन महाशाखा प्रमुख सञ्जयकुमार पोखरेलसहित डिभिजन प्रमुख देवनाथ सिंहले स्थलगत अनुगमन गरेका छन् ।
 
बाढीले पूर्णरूपमा क्षति भएको आयोजनाको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरले पुन:निर्माण गरेर सञ्चालनको तयारी थालेको छ । यसलाई मर्मत गरेर दसैँअघिसम्म स्थानीयलाई पानी खुवाउने लक्ष्य रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरका प्रमुख देवनाथ सिंहले बताए । अहिले यो आयोजना कार्यालयको रु ४० लाख लागतमा मर्मत भइरहेको उनको भनाइ छ ।

“बाढीले क्षतिग्रस्त भएको आयोजनाको मर्मत गरेर स्थानीयलाई पानी खुवाउने लक्ष्यका साथ काम गरिरहेका छौँ”, प्रमुख सिंहले भने, “यहाँका स्थानीयलाई दसैँअघि नै पानी खुवाउने हाम्रो योजना छ । सोहीअनुसार कामलाई अघि बढाएका छौँ ।”

स्थलगत अनुगमन गर्दै मन्त्रालयका सचिव झाले बाढीले निकै ठूलो क्षति पुर्याएको बताए । तत्काललाई योजना सञ्चालन गरेर स्थानीयलाई पानी खुवाउने गरी काम थालिएको उनको भनाइ छ । “हाम्रो मन्त्रालयको समूहले यहाँको स्थलगत अनुगमन गरेका छौँ”, सचिव झाले भने, “बाढीले यहाँ निकै ठूलो क्षति पुर्याएको देखियो । यसलाई तत्काल मर्मत गरेर पानीको समस्या समाधानका लागि काम भइरहेको छ । आयोजनालाई थप व्यावस्थापन गर्न आगामी वर्षको बजेटमा समेट्ने सोच बनाएका छौँ ।”

आयोजनास्थलसँगै यहाँको संरचना बाढीले पुरेका कारण अहिले त्यसलाई खोतलेर आवश्यक मर्मतको काम भइरहेको छ । खोलाभन्दा करिब सय मिटर वर रहेको आयोजनास्थलमा बाढी पसेर सम्फवेल, पानी तान्ने मोटरपम्प, ट्रान्सफर्मर, तीनवटा कन्ट्रोल प्यालन, स्टेपलाइजर, चेन पुल्ली, पाइप लाइन, पालेघरलगायत पुरेको थियो । अहिले त्यसलाई डोजरको सहायताले बालुवा पन्छाएर निकालिएको निर्माण उपभोक्ता समितिका सदस्य गणेश जिमीले बताए । आयोजना मर्मतको काम सुरु भएकाले स्थानीयमा पानी आउने आशा जागेको उनको भनाइ छ ।

इलाम, पाँचथर, तेह्रथुम, सङ्खुवासभा, भोजपुरलगायत ठाउँमा मन्त्रालयअन्तर्गत सञ्चालन भएका योजनासँगै यो आयोजनाको पनि स्थलगत अनुगमन गरिएको हो । पुन:निर्र्माण भइरहेको आयोजनाको अनुगमन गर्दै मन्त्रालयका महाशाखा प्रमुख मेघराज ज्ञावलीले तत्काल स्थानीयलाई पानीको समस्या समाधान गर्न तीव्ररूपमा काम भइरहेको बताए । आयोजनाको सम्फवेल ९पानी तान्ने ठाउँ० फेरि पनि बाढीको जोखिममा रहेकाले त्यसलाई क्षति हुनबाट बचाउन विकल्पसँगै थप सुरक्षाका लागि काम गर्नुपर्ने देखिएको उनले बताए ।

मन्त्रालयअन्तर्गत सञ्चालनमा रहेका कार्यालयमा कर्मचारी अभावका कारण कामकाज सञ्चालनमा केही समस्या रहेको प्रशासन महाशाखा प्रमुख सञ्जयकुमार पोखरेलले बताए । कतिपय जिल्लामा कामलाई तीव्रगतिमा अघि बढाउन जनशक्ति अभावमा समस्या रहेको उनको भनाइ छ । रिक्त रहेका पदमा आवश्यक दरबन्दी माग गरेर लोकसेवा आयोगमा पठाइएको उनले जानकारी दिए ।

“सञ्चालित योजनालाई तीव्ररूपमा अघि बढाउनुपर्ने अवस्था छ”, उनले भने, “तर यहाँका अधिकांश कार्यालयमा दरबन्दी खाली छ । कार्यसञ्चालनमा समस्या उत्पन्न भएको छ । विषेश गरेर पहाडका जिल्लामा यो समस्या बढी रहेको पाइयो । हामीले लोकसेवा आयोगमा माग गरेर पठाएका छौँ । त्यहाँबाट कर्मचारी नआउँदासम्म आन्तरिकरूपमा व्यावस्थापन गरेर काम गर्नुपर्ने अवस्था छ ।” आर्थिक वर्ष २०७५/७६ बाट यो योजनाको निर्माण थालिएको हो । कुल अनुमानित रु ११ करोड ११ लाख आठ हजार नौ सय २७ लागतमा निर्माण भइरहेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

देउवा समूहले बीपी स्मृति दिवस छुट्टै मनाउने, मंगलबार पनि छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेसको देउवा समूहले बीपी स्मृति दिवस छुट्टै रूपमा मनाउने निर्णय गरेको छ। सोमबार उद्घाटन गरिएको समूहको सम्पर्क कार्यालयमा काठम...

स्वास्थ्यसम्बन्धी मौलिक हकको प्रभावकारी कार्यान्वयन गरिने छ : स्वास्थ्य मन्त्री

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले संविधानप्रदत्त स्वास्थ्यसम्बन्धी मौलिक हकको प्रभावकारी कार्यान्वयन गर्न सरकार पूर्णरूपमा प...

हात्ती प्रभावित क्षेत्रको अवस्था बुझ्न गृहमन्त्री गुरुङ झापामा

झापा । सीमा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने, सीमावर्ती क्षेत्रका नागरिकका समस्या बुझ्ने तथा जङ्गली हात्तीबाट प्रभावित क्षेत्रको अवस्था अवलोकन...

नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्षविरुद्ध तीन करोड बढीको भ्रष्टाचार मुद्दा

काठमाडौँ। नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताविरुद्ध तीन करोड ४५ लाख ९९ हजार १६७ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।  अ...

भूमिहीन र सुकुमवासीलाई लालपुर्जा वितरण जारी रहन्छ : मन्त्री रावल

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन र सुकुमवासीको समस्यालाई समाधान गर्न सरकारले उच्च प्र...

सार्वजनिक स्थानमा महिलालाई गोप्य अंग देखाउने रक्षा मन्त्रालयका अधिकृत पक्राउ

काठमाडौं । ललितपुरको इमाडोल क्षेत्रमा सार्वजनिक स्थानमा एक महिलासँग अशोभनीय व्यवहार गरेको आरोपमा एक सरकारी कर्मचारी पक्राउ परेका छन्। प्रहरी वृत्त ...

रास्वपामा एकभन्दा बढी वरिष्ठ नेता हुने व्यवस्था

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी संरचनामा महत्वपूर्ण परिवर्तन गर्दै एकभन्दा बढी 'वरिष्ठ नेता' नियुक्त गर्न सकिने व्यवस...

देउवा समूहको बैठक चुणदेवीमा, पार्टीभित्रको विवाद समाधानमा केन्द्रित छलफल

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्ष (शेरबहादुर देउवा समूह) को बैठक काठमाडौंको चुणदेवीस्थित सम्पर्क कार्यालयमा सुरु भएको छ। पूर्व कार्यवाहक स...

प्रधानमन्त्रीको सुनको छानबिन गर्न माग, आफ्नै नामबाट सुरु गर्न आङदेम्बेको प्रस्ताव

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को सम्पत्तिबारे उठेका प्रश्न...

सरकारले संविधान संशोधनका लागि गठन गरेका कार्यदलहरू अपरिपक्व: आङदेम्बे

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संविधान संशोधनको नाममा संविधानको आधारभूत मर्म, लोकतान्त्रिक मूल्य र सङ्घीय संरचनामाथि ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending