स्याङ्जा । वडा प्रहरी कार्यालय वालिङमा थुनुवामाथि प्रहरी कर्मचारीबाट कुटपिट भएको घटना सार्वजनिक भएको छ । आफूहरूमाथि चरम यातना दिएको भन्दै पीडितले जिल्ला प्रशासन कार्यालय र मानव अधिकार आयोगमा उजुरी दिएपछि उक्त घटना सार्वजनिक भएको हो।
गत भदौ २६ गते वालिङस्थित एक होटलमा भएको कुटपिट घटनामा संलग्न चार जनालाई वडा प्रहरी कार्यालयले नियन्त्रणमा लिई हिरासतमा राखेको थियो । सोही अवस्थामा आफूहरूमाथि यातना र कुटपिट भएको उनएहरूकाे भनाइ छ।
आफूहरूलाई प्रहरी कार्यालयभित्रै हतकडी लगाएर प्रहरी कर्मचारीबाट चरम यातना र कुटपिट गरिएकाे र बाहिर नबोल्न भनिएकाे कुटाइबाट घाइते भएका युवा दीपेन्द्र अर्यालले बताए । वालिङका अर्यालसहित अशोक श्रेष्ठ, रेशमबहादुर आले र मिलन कुँवरलाई प्रहरीले पक्राउ गरी अनुसन्धानका लागि हिरासतमा राखेको थियो ।
हिरासतमा रहेकै अवस्थामा मध्यराति १ बजेसम्म हतकडी लगाई बाहिर उभ्याएर राखेको र थुनामा रहेकै केला कुटपिट गरी घाइते बनाएपछि उपचारका लागि गह्रौँ प्राथमिक अस्पतालमा लगिएको अर्यालले बताए। अस्पतालले अर्यालको अवस्था गम्भीर भएको भन्दै थप उपचारका लागि बुटवल रिफर गरेको थियो । पीडित अर्याल एक हप्तापछि उपचार गरेर पुनः प्रहरीको सम्पर्कमा आएका हुन् । उनको शरीरमा नीलडाम र खुट्टामा गहिरो चोट लागेको प्रस्ट देखिन्छ । उपचारको सबै रिपोर्टसहित उजुरी गरिएको अर्यालको भनाइ छ।
कुटपिट मुद्दामा जिल्ला अदालतबाट सामान्य धरौटीमा छुटेपछि उनीहरू न्यायका लागि जिल्ला प्रशासन र मानव अधिकार आयोगमा उजुरी गर्न पुगेका हुन्। हिरासतमा रहेका बेला प्रहरी निरीक्षक जनक बञ्जराको निर्देशनमा एक प्रहरी हवल्दारले निर्घात कुटपिट गरेको उनीहरूकाे आरोप छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १२ गते, २०८३ - २१:००
काठमाडौं । सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनावका बीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै पक्षलाई संयम ...
श्रावण १२ गते, २०८३ - २०:५३
काठमाडौं । जलस्रोत विज्ञ तथा राजनीतिज्ञ महाजन यादवद्वारा लिखित ‘नेपालको जलस्रोत’ पुस्तक सार्वजनिक गरिएको छ। आइतबार नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा ...
श्रावण १२ गते, २०८३ - २०:४५
काठमाडौं । नेकपा बागमती प्रदेश संसदीय दलभित्रको मतभेद सार्वजनिक भएको छ। सरकार गठनबारे छलफल गर्न मंगलबार हेटौँडामा बोलाइएको संसदीय दलको बैठकमा सहसंयोजक...
श्रावण १२ गते, २०८३ - २०:३७
काठमाडौं । सरकारले ११२ जना शाखा अधिकृतको सरुवा गरेको छ। भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला एवं सामान्य प्रशासन मन्त्रालयले सोमबार निर्णय गर्दै वि...
श्रावण १२ गते, २०८३ - २०:३०
काठमाडौं । गत साउन ४ गते बौद्धमा आत्मदाह प्रयास गरेकी सालु गुरुङको निधन भएको छ । उपचारका क्रममा ९ गते उनकाे निधन भएकाे हाे । बौद्धमा खाजा घर सञ्च...
श्रावण १२ गते, २०८३ - २०:२८
काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि सामाजिक सञ्जालदेखि सार्वजनिक बहससम्म धार्मिक ध्रुवीकरण तीव्र बन्दै गएको छ। तर प्रश्न एउटा मात्र...
श्रावण १२ गते, २०८३ - २०:१९
काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवाका २४ जना उपसचिवको सरुवा गरेको छ। मंगलबार भएको निर्णयअनुसार विभिन्न मन्त्रा...
श्रावण १२ गते, २०८३ - २०:१७
काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनाव अझै साम्य हुन सकेको छैन। एक युवाको मृत्यु र दर्जनौँ घाइते...
श्रावण १२ गते, २०८३ - २०:११
काठमाडौं । देशकै व्यस्त सडकखण्डमध्ये एक मुग्लिन–नारायणगढ सडकमा नयाँ स्थानबाट पहिरो खस्न थालेपछि यात्रा थप जोखिमपूर्ण बनेको छ। मंगलबार खहरे खोलानजिक नय...
श्रावण १२ गते, २०८३ - २०:०६
काठमाडौं । जापानको दक्षिणी मुख्य टापु क्युशुको कुमामोतो क्षेत्रमा मङ्गलबार सात दशमलव एकम्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पका कारण केही भवन तथा पूर्...



प्रतिकृया लेख्नुहोस्: