Khabar Dabali २२ असार २०८३ सोमबार | 6th July, 2026 Mon
Investment bank

इजरायलमा विद्यार्थी मारिएपछि शोकमा सुदूरपश्चिम

खबरडबली संवाददाता

कञ्चनपुर । इजरायलमा भएको हमास समूहको आतङ्ककारी हमलामा सुदूरपश्चिमका सात विद्यार्थी मारिएपछि यतिबेला पीडित परिवार शोकमा डुबेका छन् । आतङ्ककारी हमलामा दस नेपाली विद्यार्थी मारिएपछि मङ्गलबार सरकारले राष्ट्रिय शोक घोषणा गरेको छ । इजरायलमा ज्यान गुमाउनेमध्ये धेरै सुदूरपश्चिमका छन् ।

सिक्दै कमाउन एक महिनाअघि इजरायल गएका दार्चुला, बझाङ, डोटी र कैलाली जिल्लाका सात विद्यार्थीले इजरायलमा ज्यान गुमाएका हुन् । “प्यालिस्टेनीे हमास समूहले आक्रमणमा परेर नेपाली ती विद्यार्थीको ज्यान गएको दु:खद खबरले विश्वविद्यालय पनि अहिले परिवार शोकमा डुबेको छ,” सुदूरपश्चिम विश्वविद्यालयका रजिस्ट्रार यज्ञराज पाठकले भने, “यो घटनाले विश्वविद्यालय परिवार मात्रै होइन, सिङ्गो शैक्षिक क्षेत्र र राष्ट्रियस्तरमै अपूरणीय क्षति पुगेको छ ।”

उनका अनुसार विद्यार्थी मारिएको शोकमा विश्वविद्यालय मातहतका निकायमा शोकसभा आयोजना भइरहेको छ । कैलालीको घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने, बझाङको जयपृथ्वी नगरपालिका–११ का गणेशकुमार नेपाली, बौनिया–३ कैलालीका आशीष चौधरी, लेकम–४ दार्चुलाका दीपेशराज विष्ट, डोटीका राजन फुलारा, पदम थापा र मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्रसिंह धामीको आक्रमणमा निधन भएको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का बिपिन जोशी सम्पर्कविहीन छन् । उक्त विश्वविद्यालयको टीकापुरस्थित कृषि क्याम्पसका ४९ जना विद्यार्थी गत भदौ २५ र २६ गते ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल गएका थिए । नेपाली विद्यार्थी मारिएको घटनाले विक्षिप्त बनाएको टीकापुर कृषि क्याम्पसका तत्कालीन डिन लालप्रसाद अमगाईंले बताए । “आफ्ना विद्यार्थी इजरायल जाँदा निकै हर्षित थिए, एक महिनामै यस्तो दु:खद खबर सुनियो,” उनले भने, “खुसी क्षणभरमै समाप्त भयो ।”

भदौ २८ मा अमगाईंको कृषि क्याम्पसमा कार्यकाल सकिएको थियो । उक्त विश्वविद्यालयबाट कृषि सङ्कायको स्नातक तह उत्तीर्ण गरेर प्रयोगात्मक अध्ययनका साथै कमाईका लागि विद्यार्थी इजरायल गएका थिए ।

सो विश्वविद्यालयले पहिलोपटक इजरायली राजदूतावासको समन्वयमा त्यहाँको सेडट नेगेभ कलेजसँगको सम्झौतामा विद्यार्थीहरू ११ महिने ‘लर्न एन्ड अर्न’ कार्यक्रमका लागि गत भदौ २५ गते १५ र २६ गते ३४ गरेर ४९ जना नेपाली विद्यार्थी इजरायल पठाएको थियो । विद्यार्थीले कृषि सीप सिक्नाका साथै केही आम्दानी गर्ने उद्देश्यले विश्वविद्यालयलले प्रयोगात्मक अभ्यासका लागि त्यहाँ पठाएको हो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

देउवा समूहले बीपी स्मृति दिवस छुट्टै मनाउने, मंगलबार पनि छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेसको देउवा समूहले बीपी स्मृति दिवस छुट्टै रूपमा मनाउने निर्णय गरेको छ। सोमबार उद्घाटन गरिएको समूहको सम्पर्क कार्यालयमा काठम...

स्वास्थ्यसम्बन्धी मौलिक हकको प्रभावकारी कार्यान्वयन गरिने छ : स्वास्थ्य मन्त्री

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले संविधानप्रदत्त स्वास्थ्यसम्बन्धी मौलिक हकको प्रभावकारी कार्यान्वयन गर्न सरकार पूर्णरूपमा प...

हात्ती प्रभावित क्षेत्रको अवस्था बुझ्न गृहमन्त्री गुरुङ झापामा

झापा । सीमा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने, सीमावर्ती क्षेत्रका नागरिकका समस्या बुझ्ने तथा जङ्गली हात्तीबाट प्रभावित क्षेत्रको अवस्था अवलोकन...

नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्षविरुद्ध तीन करोड बढीको भ्रष्टाचार मुद्दा

काठमाडौँ। नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताविरुद्ध तीन करोड ४५ लाख ९९ हजार १६७ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।  अ...

भूमिहीन र सुकुमवासीलाई लालपुर्जा वितरण जारी रहन्छ : मन्त्री रावल

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन र सुकुमवासीको समस्यालाई समाधान गर्न सरकारले उच्च प्र...

सार्वजनिक स्थानमा महिलालाई गोप्य अंग देखाउने रक्षा मन्त्रालयका अधिकृत पक्राउ

काठमाडौं । ललितपुरको इमाडोल क्षेत्रमा सार्वजनिक स्थानमा एक महिलासँग अशोभनीय व्यवहार गरेको आरोपमा एक सरकारी कर्मचारी पक्राउ परेका छन्। प्रहरी वृत्त ...

रास्वपामा एकभन्दा बढी वरिष्ठ नेता हुने व्यवस्था

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी संरचनामा महत्वपूर्ण परिवर्तन गर्दै एकभन्दा बढी 'वरिष्ठ नेता' नियुक्त गर्न सकिने व्यवस...

देउवा समूहको बैठक चुणदेवीमा, पार्टीभित्रको विवाद समाधानमा केन्द्रित छलफल

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्ष (शेरबहादुर देउवा समूह) को बैठक काठमाडौंको चुणदेवीस्थित सम्पर्क कार्यालयमा सुरु भएको छ। पूर्व कार्यवाहक स...

प्रधानमन्त्रीको सुनको छानबिन गर्न माग, आफ्नै नामबाट सुरु गर्न आङदेम्बेको प्रस्ताव

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को सम्पत्तिबारे उठेका प्रश्न...

सरकारले संविधान संशोधनका लागि गठन गरेका कार्यदलहरू अपरिपक्व: आङदेम्बे

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संविधान संशोधनको नाममा संविधानको आधारभूत मर्म, लोकतान्त्रिक मूल्य र सङ्घीय संरचनामाथि ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending