कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा भदौ र असोजमा एक हजार एक सय ५२ जना स्क्रब टाइफसका बिरामी भेटिएका छन् । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दीपायलका भेक्टर कन्ट्रोल निरीक्षक हेमराज जोशीका अनुसार सबैभन्दा बढी कैलालीमा चार सय ४० जना स्क्रब टाइफसका बिरामी भेटिएका छन् ।
दार्चुलामा एक सय ४०, बझाङमा एक सय ३३, अछाममा एक सय ११, डडेल्धुरामा ९४, कञ्चनपुरमा ९०, डोटीमा ८९, बैतडीमा ४८ र बाजुरामा सात जना स्टक्रब टाइफसबाट बिरामी भएका छन् । बिरामीको सम्बन्धित जिल्लाको स्वास्थ्य चौकी र अस्पतालमा उपचार भइरहेको छ । केही बिरामी उपचारपछि निको भइसकेका छन् ।
गत वर्ष स्क्रब टाइफसबाट सुदूरपश्चिम प्रदेशमा दुई हजार दुई सय ७५ जना बिरामी भेटिएका थिए । जसमा सबैभन्दा बढी डडेल्धुरामा पाँच सय ४५, कैलालीमा पाँच सय २९, कञ्चनपुरमा तीन सय ७७, दार्चुलामा तीन सय २४ बिरामी भएका थिए । यसैगरी, बैतडीमा एक सय ७९, अछाममा एक सय ४१, बझाङमा ६३ र बाजुरामा ६२ जनामा स्क्रब टाइफस देखा परेको थियो ।
स्टक्रब टाइफसको संक्रमण भए धेरै ज्वरो आउने, टाउको दुख्नु, धेरै पसिना आउनु, आँखा रातो हुनु, झाडापखाला लाग्नु, किर्नाले टोकेको ठाउँमा रातो दाग देखिनु र पछि गएर कालो दागका लक्षण देखिने गर्दछ । स्क्रब टाइफसको लक्षण कोभिड– १९ सँग मिल्दोजुल्दो हुने भएकाले पहिचान र उपचारका लागि नजिकको स्वास्थ्य चौकी वा अस्पतालमा जानुपर्ने उनले बताए । स्क्रब टाइफसका बिरामी औषधि सेवनपछि पूर्णरुपमा निको हुने जोशीको भनाइ रहेको छ ।
“समयमै उपचार नगरे यसले गम्भीर रुप लिनसक्छ”, उनले भने, “यसले मस्तिष्क, कलेजो, फोक्सोको सङ्क्रमणसँगै बहुअङ्ग विकार गर्ने अवस्था पनि सिर्जना हुनसक्छ ।” स्क्रब टाइफस ‘ओरिन्सिया सुसुगामासी’ जीवाणुले सङ्क्रमित एक प्रकारको सानो किर्नाको टोकाइबाट मानिसमा गर्ने गरेको उनले बताए ।
उनका अनुसार मुसामा लाग्ने किर्ना जस्तो देखिने कीरा९माइट० को टोकाइबाट मानिसमा सर्ने भए पनि यो रोग मानिसबाट मानिसमा भने सर्दैन । “किर्ना झाडी, खेतबारी, वनजङगल र घरवरिपरिको झाडीमा देखिने गर्दछ”, निरीक्षक जोशीले भने, “किर्नाबाट बच्नका लागि खेतबारीमा काम गर्दा, वनजङगलमा काम गर्दा पूरा शरीर ढाकिने कपडा लगाउने, बुट लगाउने गर्नुपर्दछ ।”
किर्नाको टोकाइबाट बच्न घाँसबारी वा चउरमा बस्दा गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भूइँमा नबस्ने, मुसा नियन्त्रणका लागि उपयुक्त किसिमले अन्न भण्डारण गर्ने वा मुसाको वृद्धि विकास नहुने वातावरणको सिर्जना गर्नुपर्ने उनले सुझाव दिए । विशेष गरी स्क्रब टाइफसको सङ्क्रमण असार महिनादेखि असोज महिनासम्म बढी देखिने गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १५:५४
सिन्धुली। सिन्धुलीको कमलामाई नगरपालिका–४, धुराफाँट निवासी ३२ वर्षीया सुशीला बम्जनको हत्यामा संलग्न रहेको आशङ्कामा दुई जनालाई पक्राउ गरी घटनाको थप अनुस...
पौष ८ गते, २०८२ - १५:४१
काठमाडौँ । जेनजी आन्दोलनका घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई बयानका लागि उपस्थित हु...
पौष ८ गते, २०८२ - १५:३७
काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को पार्टी कार्यालयको सरकारी टोलीले अनुगमन गरेको छ। सरकारद्वारा गठित र...
पौष ८ गते, २०८२ - १५:०३
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएको बैठकमा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी हुने भएकी छन्।...
पौष ८ गते, २०८२ - १४:५६
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले नयाँ र वैकल्पिक भनिएका सबै राजनीतिक शक्तिसँग सहकार्यका लागि छलफल सुरु गरिएको ब...
पौष ८ गते, २०८२ - १४:४४
काठमाडौं । नेकपा एमालेले चुनावी वातावरण तयार पार्न सरकारसँग आग्रह गरेको छ। मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सरकारी टोलीसँग भेट्दा महासचिव शं...
पौष ८ गते, २०८२ - १४:३१
नेपालगन्ज। बाक्लो शीतलहर तथा कुहिरोका कारण भिजिबिलिटी नपुग्दा मङ्गलवार दिउँसोसम्म नेपालगन्ज विमानस्थलबाट कुनै हवाइ उडान हुन सकेन । नागरिक उड्डयन क...
पौष ८ गते, २०८२ - १४:२३
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले तीन ठुला दलका शीर्ष नेताहरूसँग छलफलका लागि बैठक बोलाएका छन्। राष्ट्रपतिले नेपाली कांग्रेस सभापति शेरबहादुर ...
पौष ८ गते, २०८२ - १४:०८
काठमाडौं । अन्तरिम सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले फागुन २१ मा प्रतिनिधि सभा सदस्य निर्वाचन गर्नुको विकल्प नरहेको बताएको छन् । सर...
पौष ८ गते, २०८२ - १३:४७
काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बसाउने भएको छ। पार्टी मुख्यसचिव कृष्ण प्रसाद पौडेलका अनुसार बैठक दिउँसो १ ब...




प्रतिकृया लेख्नुहोस्: