Khabar Dabali १३ श्रावण २०८३ बुधबार | 29th July, 2026 Wed
Investment bank

अबिवाहित महिलाकाे स्तनबाट दूध किन चुहिन्छ ?

खबरडबली संवाददाता

प्रश्न : म २४ वर्षको छु। अविवाहित हुँ। तर, मेरो स्तनबाट दूध चुहिने समस्या देखिएको छ? निकै तनावमा छु। के हो स्तनबाट दूध चुहिने समस्या? के कारणले हुन्छ र उपचार के हो ? – एस

उत्तर : जिज्ञासाका लागि धन्यवाद। तपाईँकाे जस्तै समस्या भएका धेरै युवतीको उपचार भइसकेको छ। त्यसकारण तनाव नलिनु होला । केही समयअघि राजधानीको एक कलेजमा स्नातक तहमा अध्ययनरत २१ वर्षीया युवतीले कक्षामा पढिरहेको समयमा अनौठो अनुभूति गरिन् । अचानक छाति चिसो भएर आयो । तत्काल त्यति वास्ता गरिनन् । तर छाति भिज्ने क्रम बढ्दै थियो । घरमा आएर हेर्दा स्तनबाट दूध चुहिएको थियो । सुरुमा अनौठो लागेपनि यसलाई उनले गम्भीर रुपमा लिइनन् । तर अविवाहित उनमा यो समस्या बारम्बार दोहोरिने गर्न थालेपछि उनी निकै तनावमा परिन् । र एक साथीको सुझावअनुसार चिकित्सककहाँ पुगिन् । खासमा उनमा यो समस्या प्रोल्याक्टिन हर्मोनका कारणले भएको रहेछ ।

के हो स्तनबाट दूध चुहिने समस्या?
स्तनपान गर्ने बच्चा नहुँदा वा अविवाहित महिलाको स्तनबाट दुध चुहिने समस्या भइरहेको हुन सक्छ । के कारणले दुध चुस्ने बच्चा नभएको समयमा पनि स्तनबाट दुध बगिरहन्छ ? यसबारे जानकारी हुनु आवश्यक छ।

हाम्रो मस्तिष्कमा पिट्युरी ग्रन्थी हुन्छ । यसबाट प्रोल्याक्टिन हार्मोन उत्पादन हुन्छ । यो हार्मोनको काम स्तनको विकास गर्ने र बच्चा जन्मिएपछि दूध बनाउने हो । यो हार्मोन आवश्यक मात्रामा उत्पादन भइरह्यो भने केही असर पर्दैन । तर यसको मात्रा बढ्यो भने स्तनपान नगराउने महिला, अविवाहित महिला तथा पुरुषमा पनि दूध चुहिने समस्या हुन सक्छन् । प्रोल्याक्टिन हर्मोनको मात्रा बढ्ने अवस्थालाई ‘हाइपरप्रोल्याक्टिमेनिया’ भनिन्छ।

पिट्टुयरी ग्रन्थीमा कुनै कारणवश पलाउने ट्युमर, विभिन्न औषधिको असर वा अन्य कुनै रोगका कारण हार्मोनको मात्रा बढेको हुनसक्छ । खासगरि ग्याष्ट्रिक, साइकाट्रिससम्बन्धी औषधिको प्रयोग, धेरै कसिलो लुगा लगाउँदा या मस्तिष्कमा कुनै चोट लागेको भएपनि यो समस्या देखिन सक्छ।

यस्तो समस्या विश्वका १ प्रतिशत मानिसमा देखिन्छ । दुध चुहिने समस्या महिला–पुरुष दुवैमा देखिन्छ । तर बढी महिलामा नै भएको पाइन्छ । समयमा उपचार गरेमा यसको समस्याबाट मुक्ति पाउन सकिन्छ । यो धेरै देखिने रोग भने होइन।

प्रोल्याक्टिनोमालाई सामान्यतः २ प्रकारमा छुट्याउन सकिन्छ : 
माइक्रोएडेनोमा ट्युमर १० मिलिमिटरभन्दा सानो हुन्छ । त्योभन्दा ठूलो ट्युमर छ भने म्याक्रोएडेनोमा भनिन्छ । माइक्रोएडेनोमा प्रोल्याक्टिनोमको उपचारका लागि औषधि नै प्रयोग गरिन्छ । तर म्याक्रोएडेनोमा छ भने शल्यक्रिया पनि गरिन्छ ।

कस्तो देखिन्छ लक्षण ? 
प्रोल्याक्टिन हार्मोनको मात्रा बढेपछि महिला–पुरुषमा विभिन्न लक्षण देखिन थाल्छन् । यौनसम्पर्क गर्न मन नलाग्ने, अल्छी लाग्ने, महिलामा महिनावारी अनियमित हुने, घाँटी दुख्ने वा संक्रमण हुनेजस्ता लक्षण देखिन सक्छन्।

यस्तै, बाँझोपन, हड्डी कमजोर हुने तथा योनीमा दुखाई हुनेजस्ता समस्या हुन सक्छन् । आँखामा पनि विभिन्न समस्या देखिन्छन् । किनकि अप्टिक नली पिट्युरी ग्रन्थीनजिकै हुन्छ । यो ग्रन्थीमा समस्या आउनेबित्तिकै अन्य सहायक नलीको विकासमा समेत रोकावट ल्याउन सक्छ । पुरुषहरुमा स्तन बढ्ने पनि हुनसक्छ ।
यो रोग उपचारबाट निको हुन्छ । तर औषधि भने लामो  समय लिनुपर्छ । कम्तिमा दुई वर्षदेखि सात–आठ वर्षसम्म पनि औषधि सेवन गर्नुपर्ने अवस्था आउन सक्छ । स्तनपान गराउने महिले स्तनपान गराउन छाडेपछि पुन औषधि खानुपर्ने पनि हुनसक्छ । सामान्यता औषधि दिएरै प्रोल्याक्टिनको उपचार गरिन्छ । पिट्युरी ग्रन्थीमा ट्युमर पलाएको छ भने शल्यक्रिया पनि गर्नुपर्ने हुनसक्छ।

मुख्यकुरा बुझ्नुपर्ने के हो भने हाइपरप्रोल्याक्टिमेनिया मष्तिस्कबाट आउने भएकाले आफ्नो बे्रेनलाई हरेक समस्याबाट मुक्त राख्नुपर्छ । छातीको समस्याले पनि यस्तो समस्या हुनसक्छ । कहिलेकाँही क्यान्सरको सम्भावना हुने भएकाले यस्तो समस्या देखिए  तत्काल चिकित्सको परामर्श लिनुपर्छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनसरी घटनाबारे प्रधानमन्त्री कार्यालयको अपिल : अफवाहमा नलाग्न र सामाजिक सद्भाव जोगाउन आग्रह

काठमाडौं । सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनावका बीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै पक्षलाई संयम ...

नेपालको जलस्रोत’ सार्वजनिक, जलसम्पदाको दीर्घकालीन उपयोगमा जोड

काठमाडौं । जलस्रोत विज्ञ तथा राजनीतिज्ञ महाजन यादवद्वारा लिखित ‘नेपालको जलस्रोत’ पुस्तक सार्वजनिक गरिएको छ। आइतबार नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा ...

बागमतीमा नेकपाभित्र मतभेद छताछुल्ल, माधव पक्षधर सांसदद्वारा संसदीय दलको बैठक बहिस्कार

काठमाडौं । नेकपा बागमती प्रदेश संसदीय दलभित्रको मतभेद सार्वजनिक भएको छ। सरकार गठनबारे छलफल गर्न मंगलबार हेटौँडामा बोलाइएको संसदीय दलको बैठकमा सहसंयोजक...

सरकारद्वारा ११२ शाखा अधिकृतको सरुवा, विभिन्न मन्त्रालय र कार्यालयमा नयाँ जिम्मेवारी

काठमाडौं । सरकारले ११२ जना शाखा अधिकृतको सरुवा गरेको छ। भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला एवं सामान्य प्रशासन मन्त्रालयले सोमबार निर्णय गर्दै वि...

श्रीमानसँग झगडापछि शरीरमा आगो लगाएकी सालु गुरुङको निधन

काठमाडौं । गत साउन ४ गते बौद्धमा आत्मदाह प्रयास गरेकी सालु गुरुङको निधन भएको छ । उपचारका क्रममा ९ गते उनकाे निधन भएकाे हाे   । बौद्धमा खाजा घर सञ्च...

सद्भाव कसले भड्काउँदै छ ? सुनसरी घटनापछि उठ्यो गम्भीर प्रश्न

काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि सामाजिक सञ्जालदेखि सार्वजनिक बहससम्म धार्मिक ध्रुवीकरण तीव्र बन्दै गएको छ। तर प्रश्न एउटा मात्र...

२४ उपसचिवको सरुवा, मन्त्रालयदेखि स्थानीय तहसम्म जिम्मेवारी हेरफेर

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवाका २४ जना उपसचिवको सरुवा गरेको छ। मंगलबार भएको निर्णयअनुसार विभिन्न मन्त्रा...

सुनसरीमा तनाव कायमै, चारै सुरक्षा निकाय संयुक्त रूपमा परिचालित

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनाव अझै साम्य हुन सकेको छैन। एक युवाको मृत्यु र दर्जनौँ घाइते...

मुग्लिन–नारायणगढ सडकमा नयाँ पहिरोको जोखिम, दिनभर तीन पटक अवरुद्ध

काठमाडौं । देशकै व्यस्त सडकखण्डमध्ये एक मुग्लिन–नारायणगढ सडकमा नयाँ स्थानबाट पहिरो खस्न थालेपछि यात्रा थप जोखिमपूर्ण बनेको छ। मंगलबार खहरे खोलानजिक नय...

जापानमा ७।१ म्याग्निच्युडको भूकम्प स् सुनामीको चेतावनी फिर्ता

काठमाडौं । जापानको दक्षिणी मुख्य टापु क्युशुको कुमामोतो क्षेत्रमा मङ्गलबार सात दशमलव एकम्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पका कारण केही भवन तथा पूर्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending