Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB

अबिवाहित महिलाकाे स्तनबाट दूध किन चुहिन्छ ?

खबरडबली संवाददाता

प्रश्न : म २४ वर्षको छु। अविवाहित हुँ। तर, मेरो स्तनबाट दूध चुहिने समस्या देखिएको छ? निकै तनावमा छु। के हो स्तनबाट दूध चुहिने समस्या? के कारणले हुन्छ र उपचार के हो ? – एस

उत्तर : जिज्ञासाका लागि धन्यवाद। तपाईँकाे जस्तै समस्या भएका धेरै युवतीको उपचार भइसकेको छ। त्यसकारण तनाव नलिनु होला । केही समयअघि राजधानीको एक कलेजमा स्नातक तहमा अध्ययनरत २१ वर्षीया युवतीले कक्षामा पढिरहेको समयमा अनौठो अनुभूति गरिन् । अचानक छाति चिसो भएर आयो । तत्काल त्यति वास्ता गरिनन् । तर छाति भिज्ने क्रम बढ्दै थियो । घरमा आएर हेर्दा स्तनबाट दूध चुहिएको थियो । सुरुमा अनौठो लागेपनि यसलाई उनले गम्भीर रुपमा लिइनन् । तर अविवाहित उनमा यो समस्या बारम्बार दोहोरिने गर्न थालेपछि उनी निकै तनावमा परिन् । र एक साथीको सुझावअनुसार चिकित्सककहाँ पुगिन् । खासमा उनमा यो समस्या प्रोल्याक्टिन हर्मोनका कारणले भएको रहेछ ।

के हो स्तनबाट दूध चुहिने समस्या?
स्तनपान गर्ने बच्चा नहुँदा वा अविवाहित महिलाको स्तनबाट दुध चुहिने समस्या भइरहेको हुन सक्छ । के कारणले दुध चुस्ने बच्चा नभएको समयमा पनि स्तनबाट दुध बगिरहन्छ ? यसबारे जानकारी हुनु आवश्यक छ।

हाम्रो मस्तिष्कमा पिट्युरी ग्रन्थी हुन्छ । यसबाट प्रोल्याक्टिन हार्मोन उत्पादन हुन्छ । यो हार्मोनको काम स्तनको विकास गर्ने र बच्चा जन्मिएपछि दूध बनाउने हो । यो हार्मोन आवश्यक मात्रामा उत्पादन भइरह्यो भने केही असर पर्दैन । तर यसको मात्रा बढ्यो भने स्तनपान नगराउने महिला, अविवाहित महिला तथा पुरुषमा पनि दूध चुहिने समस्या हुन सक्छन् । प्रोल्याक्टिन हर्मोनको मात्रा बढ्ने अवस्थालाई ‘हाइपरप्रोल्याक्टिमेनिया’ भनिन्छ।

पिट्टुयरी ग्रन्थीमा कुनै कारणवश पलाउने ट्युमर, विभिन्न औषधिको असर वा अन्य कुनै रोगका कारण हार्मोनको मात्रा बढेको हुनसक्छ । खासगरि ग्याष्ट्रिक, साइकाट्रिससम्बन्धी औषधिको प्रयोग, धेरै कसिलो लुगा लगाउँदा या मस्तिष्कमा कुनै चोट लागेको भएपनि यो समस्या देखिन सक्छ।

यस्तो समस्या विश्वका १ प्रतिशत मानिसमा देखिन्छ । दुध चुहिने समस्या महिला–पुरुष दुवैमा देखिन्छ । तर बढी महिलामा नै भएको पाइन्छ । समयमा उपचार गरेमा यसको समस्याबाट मुक्ति पाउन सकिन्छ । यो धेरै देखिने रोग भने होइन।

प्रोल्याक्टिनोमालाई सामान्यतः २ प्रकारमा छुट्याउन सकिन्छ : 
माइक्रोएडेनोमा ट्युमर १० मिलिमिटरभन्दा सानो हुन्छ । त्योभन्दा ठूलो ट्युमर छ भने म्याक्रोएडेनोमा भनिन्छ । माइक्रोएडेनोमा प्रोल्याक्टिनोमको उपचारका लागि औषधि नै प्रयोग गरिन्छ । तर म्याक्रोएडेनोमा छ भने शल्यक्रिया पनि गरिन्छ ।

कस्तो देखिन्छ लक्षण ? 
प्रोल्याक्टिन हार्मोनको मात्रा बढेपछि महिला–पुरुषमा विभिन्न लक्षण देखिन थाल्छन् । यौनसम्पर्क गर्न मन नलाग्ने, अल्छी लाग्ने, महिलामा महिनावारी अनियमित हुने, घाँटी दुख्ने वा संक्रमण हुनेजस्ता लक्षण देखिन सक्छन्।

यस्तै, बाँझोपन, हड्डी कमजोर हुने तथा योनीमा दुखाई हुनेजस्ता समस्या हुन सक्छन् । आँखामा पनि विभिन्न समस्या देखिन्छन् । किनकि अप्टिक नली पिट्युरी ग्रन्थीनजिकै हुन्छ । यो ग्रन्थीमा समस्या आउनेबित्तिकै अन्य सहायक नलीको विकासमा समेत रोकावट ल्याउन सक्छ । पुरुषहरुमा स्तन बढ्ने पनि हुनसक्छ ।
यो रोग उपचारबाट निको हुन्छ । तर औषधि भने लामो  समय लिनुपर्छ । कम्तिमा दुई वर्षदेखि सात–आठ वर्षसम्म पनि औषधि सेवन गर्नुपर्ने अवस्था आउन सक्छ । स्तनपान गराउने महिले स्तनपान गराउन छाडेपछि पुन औषधि खानुपर्ने पनि हुनसक्छ । सामान्यता औषधि दिएरै प्रोल्याक्टिनको उपचार गरिन्छ । पिट्युरी ग्रन्थीमा ट्युमर पलाएको छ भने शल्यक्रिया पनि गर्नुपर्ने हुनसक्छ।

मुख्यकुरा बुझ्नुपर्ने के हो भने हाइपरप्रोल्याक्टिमेनिया मष्तिस्कबाट आउने भएकाले आफ्नो बे्रेनलाई हरेक समस्याबाट मुक्त राख्नुपर्छ । छातीको समस्याले पनि यस्तो समस्या हुनसक्छ । कहिलेकाँही क्यान्सरको सम्भावना हुने भएकाले यस्तो समस्या देखिए  तत्काल चिकित्सको परामर्श लिनुपर्छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोशीको किचलो : ‘प्रदेशसभाको विशेषाधिकार हनन्’

विराटनगर ।एमाले र माओवादीले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की र मुख्य न्यायाधिवक्ता रुपेश कोइरालाले प्रदेशसभाको विशेषाधिकारको हनन् गरेको र प्रदे...

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि मनाइँदै

काठमाडौं । आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको वातावरण सु...

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

कोशी र गण्डकी प्रदेशका केही स्थानमा हुरीबतासको सम्भावना

संचार मन्त्रालयले विज्ञप्ति निकालेकै केही समयपछि इन्टरनेट सुचारु

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विदेशी मुद्रा भुक्तानीको सिफारिस नगरेर इन्टरनेट नचलेको भन्ने समाचार खण्डन गरेको केही घण्टामै इन्टरनेट ...

काठमाडौं आइसकेको टर्किसको जहाज लखनऊ र त्यहाँबाट दिल्ली डाइभर्ट हुँदा यात्रुलाई सस्ती

काठमाडौं । टर्कीको इस्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाज पहिलोपटक भारत लखनऊ र त्यहाँबाट नयाँदिल्ली ‘डाइभर्ट’ हुँदा यात्रुले पाउनुसम्म सास...

सल्यानका ६ वडामा सामाजिक र आर्थिक न्यायका लागि समुदाय परिचालन परियोजना सुरु

सल्यान  । महिला र युवाहरुको सक्रिय सहभागिता मार्फत समावेशी र दिगो समाज स्थापनाका लागि सल्यानमा समुदायलाई परिचालन गरिने भएको छ । जिल्लाका ६ वटा वडामा स...

जीबी राईको हत्या भएको दाबी गर्ने डिल्लीराम खनाल पक्राउ

काठमाडौं । सहकारी घोटालामा संलग्न आरोपमा फरार गितेन्द्रबावु (जीबी) राईको ‘हत्या’ भइसकेको दाबी गर्ने डिल्लीराम खनाललाई प्रहरीले पक्राउ गरेको छ । उनलाई ...

ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारेबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ हजार रुपैयाँले बढेको हो । बुधबार...

सूचना-प्रविधिलाई 'लिडिङ फ्याक्टर' को रूपमा आत्मसात गरौँ- प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा नवप्रवर्तन कोष स्थापना गरिने बताएका छन् । सा...

पत्रकार यादव मृत्यु शंकास्पद, ज्यान मार्ने धम्की आएको भन्दै प्रहरीमा १५ दिन अघि नै दिएका थिए निवेदन

जनकपुर ।  मोटरसाइकल दुर्घटनामा मृत्यु भएका पत्रकार विनयकुमार यादवको दुर्घटना शंकास्पद देखिएको छ । गत वैशाख ११ गते रेडियो धनुषाधामका सञ्चालक समेत रहेका...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies