बझाङ । बझाङका विभिन्न ठाउँमा भूकम्प मापकयन्त्र (सेस्मोमिटर) जडान गरिन लागिएको छ। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र खानी तथा भू–गर्भ विभागका विज्ञले भूकम्पीय जोखिमयुक्त क्षेत्रको पहिचान गरी थप सेस्मोमिटर जडान गर्न लागेका हुन्।
बझाङ सदरमुकाम चैनपुरमा आधार केन्द्र बनाएर चारैवटै दिशाहरु आइतबार तलकोट गाउँपालिकाको खौलाबजार, सुर्मा गाउँपालिकाको दौलिचौर, पश्चिमतर्फ दुर्गाथली गाउँपालिका, दक्षिणतर्फ जयपृथ्वी नगरपालिकामा सेस्मोमिटर जडान गर्न लागिएको भूगर्भ तथा खानी विभागका निर्देशक तथा वरिष्ठ भूगर्भविद् डा. लोकविजय अधिकारीले बताए।
पूर्व–पश्चिम, उत्तर–दक्षिण गरी चारै दिशामा सेस्मोमिटर जडान गर्दा भूकम्पको केन्द्र, समय, रेक्टरस्केल पत्ता लगाउन सजिलो हुने भएकाले सेस्मोमिटर जडान गर्न लागिएको हो।
यसअघि बझाङमा खप्तडछान्नाको बयानामा मात्रै सेस्मोमिटर जडान गरिएको भए पनि उक्त ठाउँबाट यसपटकको भूकम्पको केन्द्र चार–पाँच किलोमिटरसम्म भएकाले मापनमा समस्या देखिएकाले थप सेस्मोमिटर जडान गर्न लागिएको भूगर्भविद् डा. अधिकारी बताए।
अहिलेसम्म नेपालभर ४२ स्टेशन –मापनयन्त्र बनाएर भूकम्पको निगरानी गर्ने गरिएको छ। बझाङमा असोज १६ गते यता साढे चार सय बढी चैनपुर आसपासमै केन्द्र बनाएर भूकम्प गएको र यसरी चारै दिशामा मापकयन्त्र राख्दा छिटो र कम त्रुटिमा पत्ता लगाउन सजिलो हुने भएकाले थप सेस्मोमिटर जडान गर्न लागिएको उनले बताए।
साथै बझाङको तल्कोट र मष्टा गाउँपालिका सिमा तपोवनमा आउने तातोपानीबाट तापक्रम र ग्यासहरुको अध्ययन अनुसन्धान गरी भूकम्पबारे पत्ता लगाउन सकिने पनि भूगर्भ तथा खानी विभागका निर्देशक तथा वरिष्ठ भूगर्भविद् डा. लोकविजय अधिकारीले बताए। उनले अन्य ठाउँको तातो पानी र यहाँको तातोपानीबीचको फरक छुट्याउने र बझाङको भू–गर्भभित्र रहेका तत्वबारे अनुसन्धान गरि भुकम्पबारे थप जानकारी लिन सकिने बताए।
गोरखा भूकम्पको सम्बन्ध रसुवाको तातोपानीसँग जोडिएको हुँदा यहाँ पनि केही केही सम्बन्ध हुन सक्ने अनुमान भूगर्भविदको छ। बझाङमा भूकम्प आएपछि यसको अनुसन्धान गर्न तीनदिनदेखि भुगर्भविदको टोली यहाँ आएको छ। टोलीले अस्थायी मापन केन्द्र स्थापना गर्ने र क्षतिबारे अध्ययन गर्ने कार्य गरिरहेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १२ गते, २०८३ - २१:००
काठमाडौं । सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनावका बीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै पक्षलाई संयम ...
श्रावण १२ गते, २०८३ - २०:५३
काठमाडौं । जलस्रोत विज्ञ तथा राजनीतिज्ञ महाजन यादवद्वारा लिखित ‘नेपालको जलस्रोत’ पुस्तक सार्वजनिक गरिएको छ। आइतबार नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा ...
श्रावण १२ गते, २०८३ - २०:४५
काठमाडौं । नेकपा बागमती प्रदेश संसदीय दलभित्रको मतभेद सार्वजनिक भएको छ। सरकार गठनबारे छलफल गर्न मंगलबार हेटौँडामा बोलाइएको संसदीय दलको बैठकमा सहसंयोजक...
श्रावण १२ गते, २०८३ - २०:३७
काठमाडौं । सरकारले ११२ जना शाखा अधिकृतको सरुवा गरेको छ। भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला एवं सामान्य प्रशासन मन्त्रालयले सोमबार निर्णय गर्दै वि...
श्रावण १२ गते, २०८३ - २०:३०
काठमाडौं । गत साउन ४ गते बौद्धमा आत्मदाह प्रयास गरेकी सालु गुरुङको निधन भएको छ । उपचारका क्रममा ९ गते उनकाे निधन भएकाे हाे । बौद्धमा खाजा घर सञ्च...
श्रावण १२ गते, २०८३ - २०:२८
काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि सामाजिक सञ्जालदेखि सार्वजनिक बहससम्म धार्मिक ध्रुवीकरण तीव्र बन्दै गएको छ। तर प्रश्न एउटा मात्र...
श्रावण १२ गते, २०८३ - २०:१९
काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवाका २४ जना उपसचिवको सरुवा गरेको छ। मंगलबार भएको निर्णयअनुसार विभिन्न मन्त्रा...
श्रावण १२ गते, २०८३ - २०:१७
काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनाव अझै साम्य हुन सकेको छैन। एक युवाको मृत्यु र दर्जनौँ घाइते...
श्रावण १२ गते, २०८३ - २०:११
काठमाडौं । देशकै व्यस्त सडकखण्डमध्ये एक मुग्लिन–नारायणगढ सडकमा नयाँ स्थानबाट पहिरो खस्न थालेपछि यात्रा थप जोखिमपूर्ण बनेको छ। मंगलबार खहरे खोलानजिक नय...
श्रावण १२ गते, २०८३ - २०:०६
काठमाडौं । जापानको दक्षिणी मुख्य टापु क्युशुको कुमामोतो क्षेत्रमा मङ्गलबार सात दशमलव एकम्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पका कारण केही भवन तथा पूर्...



प्रतिकृया लेख्नुहोस्: