काठमाडौं । इन्डियन आइडल सिजन १४ को अडिसनमा नेपाली गायिका मेनुका पौडेलले गोल्डेन माइक जितेकी छन् । पौडेलले ‘तुम्हारे बिना हमरा कोनो नही’बोलको क्लासिकल भजन गाएकी थिइन् ।
मेनुकाले गीत गाउँदै गर्दा जजमध्येकी एक गायिका श्रेया घोसाल भक्कानिएकी थिइन् । उनको प्रस्तुति सकिएपछि केहीबेरसम्म जजहरूमा शन्नाटा छाएको थियो । त्यसपछि सबै जजेजहरू श्रेया, विशाल डिडलानी र कुमार सानुले उठेर स्टान्डिङ अवेसन दिएका थिए ।
स्टान्डिङ अवेसनपछि भावुक हुँदै विशालले भने, ‘हामी संगीतकार जुन कुरालाई पुज्छौं नि, त्यो आज आँखा अगाडि देखिरहेका छौं । म जुन चिजलाई पुज्छु त्यो तिमी आफैं हौ । श्रेया रोइरहेकी छिन् । म रोइरहेको छु । यसको मतलब हामीले संगीतलाई आज मनैदेखि सरी भन्नुपर्छ ।’
त्यस्तै श्रेयाले आफूहरूभित्रको संगीतप्रतिको स्पष्टता र निर्दोशिता जगाइदिएको बताइन् । मेनुकालाई धन्यवाद दिँदै आशिसले थपे,‘तिमीले मेरो लागि धेरै काम गरिदियौ । आजको दिनदेखि म जुन संगीत बनाउँछु, त्यो फरक हुनेवाला छ । जसको कारण तिमी हौ ।’ यसपछि मेनुकाले विशालको कम्पोजिसनमा गाउने चाहना पनि व्यक्त गरिन् । यदि आफ्नो भाग्यमा त्यस्तो सहकार्य लेखेको छ भने अवश्य हुने आशिसले बताए ।
अन्तिममा श्रेयाले थपिन्, ‘तिमी के हौ, तिमी आफैंलाई थाहा छैन मेनुका । यही कारण मलाई मजा आयो । मलाई लाग्दैन कि यस इन्डियन आइडलमा कसैले पनि यति राम्रोसँग गाएको छ ।’ साथै आफूले मेनुकाको आवाजमा ईश्वर देखेको पनि श्रेयाको भनाइ थियो । यसपछि तीनै जजहरू स्टेजमा गएर मेनुकालाई गोल्डेन माइक दिन्छन् ।
झापा हल्दिबारीमा जन्मिएकी मेनुका २०७४ सालमा नेपाल आइडलमा समेत प्रतिस्पर्धा गरेकी थिइन् भने २०७५ सालमा भारतको रियालिटी शो सारेगमपमा समेत प्रतिस्पर्धा गरेकी थिइन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १७ गते, २०८३ - ०९:३२
सिरहा। अधिकांश बालबालिका खेल्दै, रमाउँदै बाल्यकाल बिताइरहेका हुन्छन्। तर सिरहाको गोलबजार नगरपालिका–९ डण्डाका ८ वर्षीय शेखर यादवको बाल्यकाल भने दुई सान...
आषाढ़ १७ गते, २०८३ - ०८:५७
काठमाडौं। कृषि, वन तथा वातावरण मन्त्रालयले आगामी साउन महिनाभित्र करिब २ लाख १० हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्र्याउने तयारी गरेको छ। धान रोपाइँ...
आषाढ़ १७ गते, २०८३ - ०८:४७
काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार आज ठूलो नेप...
आषाढ़ १७ गते, २०८३ - ०८:४५
कैलाली । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय मातहत सञ्चालित गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द भएको छ । अस्पतालमा ती ...
आषाढ़ १७ गते, २०८३ - ०८:४२
रुकुमपूर्व । सिस्ने गाउँपालिका–४ झाँक्रीपोलेस्थित रुकुमकोट-दादिङ भित्री सडकखण्डमा जिप दुर्घटना हुँदा ६ महिनाका एक शिशुसहित ५ जना घाइते भएका छन् । र...
आषाढ़ १७ गते, २०८३ - ०८:३७
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ बुधबार हुन लागेको छ । चितवनको भरतपुरमा भएको पहि...
आषाढ़ १७ गते, २०८३ - ०८:३२
काठमाडौं। मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानमा गएरातिदेखि वर्षा भइरहेको छ। काठमाडौं उपत्यकासहित देशका धेरै क्षेत्रमा पानी परिरहेको भए पनि पश्चिम ...
आषाढ़ १७ गते, २०८३ - ०८:३१
बुटवल। गुल्मीमा जंगली बँदेलबाट बाली जोगाउन थापिएको विद्युतीय पासोमा परेर एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी वीरेन्द्र...
आषाढ़ १७ गते, २०८३ - ०८:२८
काठमाडौं। संघीय संसदको बैठक सञ्चालनका क्रममा उपसभामुख रुवीकुमारी ठाकुरको भूमिकालाई लिएर सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा बहस चुलिएको छ। बैठक सञ्चा...
आषाढ़ १७ गते, २०८३ - ०८:२७
पुँडीटार र लोकाहाखोला औद्योगिक क्षेत्रका लागि डीपीआर तयार, तर जग्गा भोगाधिकार नपाउँदा निर्माण सुरु हुन सकेन



प्रतिकृया लेख्नुहोस्: