सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–४ बिन्जेलबाट वार्षिक झण्डै ३ करोड मूल्यको दुध उत्पादन भएर अन्यत्र निर्यात हुने गरेको छ । गत आर्थिक बर्षमा बिन्जेलबाट ४ लाख ८७ हजार ७ सय ७९ लिटर दुध निर्यात भएको थियाे ।
एउटै गाउँबाट संकलन भएर २ करोड ९१ लाख ९६ हजार ५ सय ९३ रुपैया बराबरको दुध निर्यात भएको बिन्जेल दुग्धउत्पादक सहकारी संस्थाका व्यवस्थापक द्वारिका नेपालले जानकारी दिए । बिन्जेल गाउँ बलेफीको ४ र ५ वडाले छोएपनि यो एउटै गाउँ हो ।
पछिल्लो समय किसानले गाउँमा उन्नत जातका गाई तथा भैँसी पालन गर्न थालेपछि दूध उत्पादनमा वृद्धि भएको उनले बताए ।
पछिल्लो समयमा ग्रामीण भेगमा हुँदै आएको निर्वाहमुखी पशुपालन घटे पनि व्यावसायिक रूपमा दूध उत्पादन गर्ने किसानको भने वृद्धि भएको छ । स्थानीय र प्रदेश सरकारले किसानलाई खासै अनुदानका कार्यक्रम नदिएपनि किसानहरु आफैं अग्रसर भएर दुध उत्पादनमा लागेको संस्थाका उपाध्यक्ष हरीप्रसाद तिमिल्सिनाले बताए ।
स्थानीय सरकारले किसानहरुलाई प्रोत्साहन गर्नुको साटो वेवास्था गरेका कारण अझै सोचेको जस्तो दुध उत्पादन हुन नसकेको उक्त सहकारीका पूर्व अध्यक्ष कृष्ण सुवेदीकाे भनाइ छ । वार्षिक झण्डै ५ लाख लिटर दुध बेच्ने बिन्जेलमा स्थानीय सरकारले पशुपालक कृषकलाई विजनको व्यवस्था समेत गर्न नसकेको बिन्जेल तल्लो गाउँका पशुपालक तथा सबैभन्दा धेरै दुध बेच्ने किसान डिल्ली नेपालले दुखेसो पोखे । आफूले गाईलाई कृक्रिम गर्भधारणको लागि पाँचखालबाट ३ हजार तिरेर बिजन ल्याउन परेको उनले बताए ।
पालिकाकामा कृषि तथा पशु प्राविधिक रहेपनि किसानलाई आवश्यक परेको बेलामा सहयोग नपाएको उनको भनाई छ । डिल्ली नेपाल बिन्जेलका उत्कृष्ट व्यवसायी हुन् । उनले गत वर्ष १३ हजार ९ सय ८० लिटर दुध बेचेका थिए । जसको मूल्य ८ लाख २३ हजार ६ रुपैयाँ हुन्छ ।
सबैभन्दा धेरै दुध उत्पादन गर्ने किसान भन्दै नेपालललाई सहकारीको ३० औं साधारणसभामा प्रमथ पुरस्कार दिएर सम्मान समेत गरेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८२ - ०७:५४
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । पछिल्ला केही दिनदेखि निरन्तर जारी बैठक आज दिउँसो १ बजे पार्टी क...
पौष १२ गते, २०८२ - ०७:५२
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणका अनुसार पानीपोखरी फिडर र हस्पिटल फ...
पौष १२ गते, २०८२ - ०७:५१
काठमाडौं । सरकारले विद्युतीय प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने व्यवस्था गरेको छ । भूउपयोग नियमावली, २०७९ को तेस्रो संशोधनमार्फ...
पौष १२ गते, २०८२ - ०७:३८
काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ भ...
पौष ११ गते, २०८२ - २२:०६
ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...
पौष ११ गते, २०८२ - २१:४९
सिन्धुली । सिन्धुली- २ बाट नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम प्रत्यक्षतर्फ उम्मेद्वारका रूपमा सिफारिस गरिएको छ । फागुन २१ गते निर्धारित प्...
पौष ११ गते, २०८२ - २१:२४
अख्तियार अनुसन्धानको क्रममा प्रशासनिक सरुवा, म्याग्दीबाट जगेडा हुँदै नयाँ जिम्मेवारीमा
पौष ११ गते, २०८२ - २१:११
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच गठबन्धन र एकताको प्रयास जारी रहँदा संसद् विघटनपछि कांग्रेस र एमाले पनि निरन्तर संवादमा रहेका छन्। विशेषगरी आग...
पौष ११ गते, २०८२ - २१:०८
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्युठानले ७ जनाको उम्मेदवार सिफारिस गरेको छ। निर्व...
पौष ११ गते, २०८२ - २१:०४
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् पुनर्स्थापना नहुने दाबी गर्दै अबको राजनीतिक निकास निर्वाचन नै भएको बताएक...




प्रतिकृया लेख्नुहोस्: