Khabar Dabali १६ पुष २०८२ बुधबार | 31st December, 2025 Wed
Investment bank

युवा पुस्ता यसरी नै विदेशिए २० वर्षमा देश रित्तिन्छ : चित्रबहादुर केसी

खबरडबली संवाददाता

काठमाडौँ। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले युवाहरुलाई विदेश पलायन गराएर सुनियोजित किसिमले मुलुक रित्याउन लागिएको बताएका छन्।

बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष केसीले नेपालका श्रमिक र विद्यार्थीहरु विदेश पलायन भइरहेका भन्दै त्यसलाई रोक्नुपर्ने बताएका हुन्। उनले नेपालमा रोजगारी दिन नसके युवाहरु विदेशिए भनेर गोहीको आँशु चुहाउनुको अर्थ पनि नभएको बताए।

उनले भने, ‘हामी सबैले यहाँ गोहीका आँशु बगाउँछौ । नेपालमा विद्यार्थीहरु, श्रमिकहरु सारा विदेशतिर गए। अनि यहाँ गोहीको आँशु चुहाउनुको औचित्य के होलारु म दंगदास पर्छु। नेपालमा उद्योगधन्दा, कलकारखाना छैनन्। खानी फ्याक्ट्री छैनन् उहीले हामीले बेचिसक्यौँ। लिलाम गरिसक्यौँ। त्यस्तो गर्ने हामी यहीँ छौँ। तैपनि हामीले गोहीको आँशु चुहाउन छोड्दैनौँ।’

उनले युवाहरु विदेशिएको सम्बन्धमा विशेष एजेण्डा बनाएर संसदमा छलफल गर्नुपर्ने बताए।

उनले भने, ‘नेपालमा विशुद्ध पढ्ने ठाउँ नभएर, सबै बेरोजगार भएर काम नभएका मान्छे मात्रै गएका छन् भन्ने हुँदै होइन। नेपालमा यस्तो खालको रोग लाग्यो कि बेरोजगारहरु पैसा भएकाले राम्रो शिक्षा लिन जानु बेग्लै कुरा हो, तर यहाँ त के भयो भने मन्त्रीका छोरा, सांसदका छोरा, साहु महाजनका छोरा, धनिमनिका छोरा सबैको एउटै मात्र उद्देश्य के छ भन्दाखेरी नेपालमा केही हुन्न। त्यसकारणले जाने गन्तव्य अमेरिका, युरोप, अष्ट्रेलिया। त्यो गर्न नसक्ने कमसेकम जापान। त्यसकारण यो सुनियोजित किसिमले मुलुक रित्याउने स्थिति भएको छ। यो एजेण्डामा संसदमा हामी सबैले छलफल गर्नुपर्छ।’


यसरी नै युवापुस्ता विदेशिए आगामी २० वर्षमा मुलुक रित्तिने केसीले बताए। उनले यस विषयमा संसदमा विस्तृत छलफल गर्दै निराकरणका लागि बेलैमा शतर्क हुनुपर्ने बताए।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending