काठमाडौं । जनता समाजवादी पार्टी नेपालका नेता प्रदीप यादवले मधेशको राजनीतिक तागत भनेको हिन्दु र मुस्लिमको साझा एकता भएकाे बताएका छन् । बिहीबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले यस्ताे बताएका हुन् ।
उनले मधेशमा धार्मिक तनाव फैलाउने षड्यन्त्र भइरहेको बताउँदै मधेशमा हिन्दु र मुस्लिम समुदाय सदियौंदेखि मिलेर बसेकामा अहिले उनीहरुबीच तनाव फैलाउने षड्यन्त्र भइरहेको बताए ।
‘मधेशको राजनीतिक तागत भनेको हिन्दु र मुस्लिमको साझा एकता हो । मधेश आन्देलनमा दुबै समुदाय मिलेर सँगसँगै रगत बगाएका छन् । तर धार्मिक द्वन्द्व फैलाएर मधेशी जनताको एकतालाई तोड्ने काम तिब्र गतिमा भइरहेको छ । यसले मुलुकलाई फाइदा गर्दैन’ उनले भने ।
मधेशमा मात्र नभई नेपाली समाजमा नै विभाजन र ध्रवीकरण ल्याउने प्रयासका कारण राष्ट्रिय सुरक्षामा जटिलता देखिएको पनि सांसद यादवले बताए ।
उनले द्वन्द्व चर्काउने र हिंसा भड्काउने अभिव्यक्ति दिने जोसुकैलाई कारबाही गर्न माग गरे । पुराना भिडियो काँटछाँट गरेर नयाँ घटनाको रुपमा प्रस्तुत गर्ने र सामाजिक सञ्जालमार्फत हिंसात्मक अभिव्यक्ति दिनेलाई पनि कारबाही गर्नुपर्ने यादवले बताए ।
‘सामाजिक सद्भाव भड्काउने खालका सामग्री राख्ने सामाजिक सञ्जाल फेसबुक ट्विटर टिकटक बन्द गर्नुपर्छ’ उनले भने । सञ्चार माध्यम र नागरिक समाज पनि सचेत हुनुपर्ने भन्दै सांसद यादवले भने, ‘समाज जोगाउने दायित्व हामी सबैको हो । फुट गराई शासनमा फर्किने चाहना कसैको पूरा हुँदैन ।’
उनले सबै राजनीतिक दलका सांसदहरु एकजुट भएर मधेशका जिल्लाहरुमा जानुपर्ने पनि बताए । सांसद यादवले पूर्वराजा ज्ञानेन्द्र शाहको गतिविधिको निगरानी गर्न पनि सरकारलाई आग्रह गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ३ गते, २०८२ - १९:०३
एकै दिन ४५ हजारभन्दा बढी सिलिन्डर वितरण
चैत्र ३ गते, २०८२ - १९:०१
जनकपुरधाम । संघीय लोकतान्त्रिक मोर्चाले बालेन्द्र साह (बालेन) लाई भावी प्रधानमन्त्रीका रूपमा समर्थन तथा शुभकामना व्यक्त गरेपछि मधेसकेन्द्रित दलभित्रै ...
चैत्र ३ गते, २०८२ - १८:५३
कास्की । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका–१४ चाउथे बस्ने भा...
चैत्र १ गते, २०८२ - २१:२२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ प्राप्त ५७ सिटका लागि उम्मेदवारहरूको नाम निर्वाचन आयोग...
चैत्र १ गते, २०८२ - २१:२०
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम सार्वजनिक भएसँगै संघीय लोकतान्त्रिक मोर्चाले जारी गरेको विज्ञप्तिले राष्ट्रिय राजनीतिमा नयाँ बहस जन्मा...
चैत्र १ गते, २०८२ - २०:४३
गोरखा । गोरखाको सहिद लखन गाउँपालिका–३ कानटार नजिकै भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय नागरिकको शव भारतीय दूतावासलाई हस्तान्तरण गरिएको छ। प्र...
चैत्र १ गते, २०८२ - २०:३४
विराटनगर । मोरङको जहदामा आइतबार साँझ भारतीय नम्बर प्लेटको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जहदा गाउँपालिका–१ भुटाहामा साँझ ६ः२० बजेतिर ...
चैत्र १ गते, २०८२ - १९:४७
बागलुङ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का गण्डकी प्रदेश अध्यक्ष नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । प्रलोपाका केन्द्रीय सदस्...
चैत्र १ गते, २०८२ - १९:२९
काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरु प्रधानमन्त्री शुशीला कार्कीलाई भेट्न बालुवाटार पुगेका छन् । कांग्रेस सभापति गगन थापा, उपसभापतिद्वय विश्वप्र...
चैत्र १ गते, २०८२ - १९:२७
दोधारा चाँदनी (कञ्चनपुर) । कञ्चनपुरमा कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आज भीमदत्त नगरपालिका–४...


प्रतिकृया लेख्नुहोस्: