Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

गाउँपालिकाको अनुदानमा व्यावसायिक फूलखेती

खबरडबली संवाददाता

स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा व्यावसायिक सयपत्री फूलखेती गरिएको छ । गाउँपालिकाका विभिन्न वडाका समूह, सहकारी तथा व्यक्तिले ६० रोपनी क्षेत्रफलमा व्यावसायिक फूलखेती गरेका हुन् ।

सुरुआतमा गाउँपालिका आफैँले फूलखेती गरी राम्रो आम्दानी गरेसँगै पालिकाका विभिन्न समूह सहकारी तथा व्यक्ति अभिप्रेरित भई पालिकाको अनुदानमा फूलखेतीमा आकर्षित भएका हुन् । पालिकाले केही वर्षदेखि थालेको व्यावसायिक फूलखेतीबाट सफलता प्राप्त गरेसँगै अहिले यहाँका समूह, सहकारी तथा व्यक्तिहरूले पनि व्यावसायिक फूलखेती थालनी गरेको गाउँपालिकाका कृषि अधिकृत अनुप पौडेलले बताए ।

गाउँपालिकाभित्र फूलखेती गर्न इच्छुकलाई उत्पादनमा आधारित रहेर ५० प्रतिशत अनुदान उपलब्ध गराइने उनले जानकारी दिए। “अहिले गाउँपालिकाका विभिन्न १६ स्थानमा करिब ६० रोपनी क्षेत्रफलमा व्यावसायिक फूलखेती भएको छ”, उनले भने, “फूलखेतीको अनुदानका लागि कम्तीमा पनि दुई रोपनी जग्गामा अनिवार्य फूल लगाउनुपर्ने छ, दुई रोपनी क्षेत्रफलभन्दा तल अनुदान दिँदैनौँ ।”

गाउँपालिकाले प्राविधिक सहयोग गर्ने तर सुरुआतमा किसानले आफ्नै लगानीमा बीउबिजन, मलखाद, मल्चिङ प्लाष्टिक, डोरीलगायतको व्यवस्थापन गर्नुपर्छ । किसानले फूल उत्पादन गरेपश्चात प्रतिरोपनी रु नौ हजारका दरले एकमुष्ट अनुदान गाउँपालिकाले उपलब्ध गराउँनेछ ।

“फूलखेती गर्दा प्रतिरोपनी रु अठार हजार अनुमानित लागत लाग्छ”, उनले भने, “कार्यसम्पादन प्रतिवेदनका आधारमा किसानलाई प्रतिरोपनी रु नौ हजारका दरले एकमुष्ट अनुदान उपलब्ध गराउँछौँ ।” दसैँतिहारलाई लक्षित गरी अहिले गाउँपालिकाका विभिन्न ठाउँमा ‘कर्मा ५५५’ जातको फूलखेती गरिएको छ ।

गाउँपालिका आफैँले पनि वडा नं ४ को पुछार भन्ने स्थानमा ड्रागन बगैँचामा मिश्रितरूपमा फूलखेती गरेको छ । पालिकाले झण्डै १५ रोपनी क्षेत्रफलमा व्यावसायिक फूलखेती गर्दै आइरहेको छ । पालिकाले गरेको फूलखेतीबाट राम्रो आम्दानी हुन थालेपछि पछिल्लो समय सामूहिकरूपमा फूलखेतीलाई व्यावसायिकतातर्फ अगाडि बढाउने क्रम बढ्दै गइरहेको छ ।

मकै, कोदो तथा विभिन्न जातका गेडागुडी लगाउने बारीमा अहिले फूलखेती देख्न सकिन्छ । कालीगण्डकी गाउँपालिका–७ बारीचौरमा सामूहिक चार रोपनी क्षेत्रफलमा फूलखेती गरिएको छ । स्थानीय घनबहादुर थापा मकै, कोदो तथा गेडागुडीबाट भन्दा फूलखेतीबाट आम्दानी राम्रो हुन थालेकाले सामूहिकरूपमा फूलखेती गरेको बताए ।

“दसैंतिहारलाई लक्षित गरी मैले व्यक्तिगत तथा सामूहिकरूपमा पनि फूलखेती गरेका छौँ”, उनले भने, “गत वर्ष फूल बिक्रीबाट रु डेढ लाखभन्दा बढी आम्दानी भएको थियो, अहिले पनि राम्रो छ ।” उक्त गाउँमा घरबास (होमस्टे) पनि सञ्चालनमा रहेकाले यहाँ आउने पाहुनालाई स्वागतका लागि पनि फूलको प्रयोग हुने गरेको छ ।

हालसम्म उत्पादन भएको फूलले राम्रै बजार पाएको कृषि अधिकृत पौडेलले बताए । यहाँ उत्पादन भएको फूल स्थानीय बजारसहित पोखरा, बुटवल, नारायणगढ, काठमाडौँ, दाङ, सुर्खेतलगायतका बजारमा खपत हुने गरेको उनले बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले पदाधिकारी पदमा मतगणना जारी – १,१३९ मत गन्दा कसले पाए कति ?

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत बिहीबार बिहान सम्पन्न मतदानको मतगणना जारी छ। हालसम्म २,२७० भन्दा बढी मतमध्ये १,१३९ मत गनिसकिएको प्रार...

एमाले उपमहासचिवमा लेखराज भट्टको धमाकेदार अग्रता, विष्णु रिमाल शीर्ष तीनमा अटाउन असफल

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उपमहासचिव पदको मतगणना जारी छ। प्रारम्भिक नतिजाअनुसार लेखराज भट्टले ४४० मत ल्याएर स्पष्ट अग्रता लिएका छ...

एमाले महासचिवमा शंकर पोखरेलको अग्रता कायमै, २४९ मत प्राप्त

 काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा जारी मतगणनामा महासचिव पदमा शंकर पोखरेलले स्पष्ट अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अ...

शिक्षामन्त्री पुनको आक्रोश : ‘कछुवाको गतिलाई पनि कृपावादी पापी समूहहरूले अल्झाए’

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालको प्रशासनिक कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त...

ईश्वर पोखरेलको भविष्यलाई लिएर उठेका प्रश्नः एमालेमा दोहोरिन्छ कि भिम रावलको इतिहास ?

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनसँगै पार्टीभित्र नेतृत्व चयनको प्रतिस्पर्धा मात्रै होइन, भविष्यको राजनीतिक हैसियतबारे पनि गम्भीर बहस सुरु भएको ...

एमाले महासचिवमा निर्णायक भिडन्त, मतगणनामा पोखरेल ९ मतले अगाडि

काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ। मतगणनाको सुरुवाती चरण...

वागमतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...

ओली–पोखरेल समूहबीच मतदानको जोश, भृकुटीमण्डपमा व्यस्त माहोल

विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु

नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिन खुला रहने

काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...

ट्रम्प प्रशासनले थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगायो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending