Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

साइकल संस्कृति बढाउन चित्रकला कार्यशाला सम्पन्न

खबरडबली संवाददाता

काठमाडौं । मुठ्ठीदानमार्फत ‘नेपालमा साइकल कानुन’ निर्माण र ‘साइकल संस्कृति अभियान’लाई सघाउन ‘चित्रकलामा साइकल संस्कृति’ कार्यशाला सम्पन्न भएको छ । महिला साइक्लिष्ट नेतृत्वको ‘साइकल राइड नेपाल’ पर्यटन बोर्डमा पुगेर कार्यशाला भएको हो ।   

वातावरणीय न्यायको सशक्त माध्यमका रूपमा साइकल संस्कृति स्वीकार गरी विश्व साइकल दिवस घोषणासहित संयुक्त राष्ट्र सङ्घले दिगो विकासको लक्ष्य तय गरेको छ । यस वर्षको विश्व पर्यटन दिवस ‘ग्रीन इन्भेष्टमेन्ट’ शीर्षकमा केन्द्रित थियो । यसै सन्दर्भमा ‘साइकल कल्चर कम्युनिटी’ले मुठ्ठीदान मार्फत ‘चित्रकलामा साइकल संस्कृति’ विषयक कार्यशाला सम्पन्न गरेको हो । 

कार्यक्रममा नेपालका ख्यातिप्राप्त साइक्लिष्ट अजय पण्डित क्षेत्री, उषा खनाल र सुरज रानालाई अन्तर्राष्ट्रिय जगतमा नेपाललाई साइकल खेलकुदमार्फत चिनाएकोमा ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वकूलपतिहरू किरण मानन्धर, रागिनी उपाध्याय र के.के.कर्माचार्यले खादा ओढाएर सम्मान गरे । त्यसैगरी महिला साइक्लिष्ट सिकाइका अगुवा लक्ष्मी श्रेष्ठ र उर्मिला शाक्यलाई महिला साइक्लिट समुदाय बढाउन योगदान गरेकोमा वरिष्ठ कलाकारले सम्मान गरे ।

प्राध्यापक अभि सुवेदीको सम्भाषणसहित क्यानभासमा स्थापित साइक्लिष्टको संलग्नतामा वरिष्ठ कलाकार तथा सहभागीले संयुक्त रूपमा चित्रकला कार्यशाला उद्‍घाटन गरेका थिए । साइक्लिष्टसहित पूर्वकूलपतिहरू तथा प्राध्यापक सुवेदीले संयुक्त रूपमा पानसमा बत्ती बालेर क्यानभासमा सबैले रङ्गहरू भर्दै सामूहिक चित्राकृति बनाएका थिए ।    

नेपाल पर्यटन बोर्डको कोर्टयार्डमा खुला चित्रकला कार्यशाला साँझसम्म जारी रहको थियो । एक जना कलाकारले दुईवटा क्यानभाषमा चित्रकृति तयार पार्ने उद्देश्यले कार्यशालाबाट करिब ५० देखि ७० वटा चित्रकृति तयार गरिने लक्ष्य आयोजकले लिइएको थियो । कार्यशालामा ३३ जना कलाकार सहभागी थिए । वरिष्ठ चित्रकार शशिविक्रम शाहले घरबाटै चित्र कृति बनाई कार्यशालामा पठाएका थिए । वरिष्ठ कलाकारहरूले चित्राकृति घरमै बसेर पनि पूरा गर्ने काम भइरहेको छ । सबै कलाकृति जम्मा गरेर क्याटलग प्रकाशनसहित नेपाल कला परिषद्‍मा प्रदर्शनी गरिने लक्ष्य आयोजकको छ ।   

सांस्कृतिक महत्वका सम्पदा क्षेत्रमा मासभेला तथा अन्तरक्रियासहित सात वटै प्रदेशमा नेपालमा साइकल कानुन र साइकल संस्कृति अभियान अघि बढाउने आयोजक संस्थाले लक्ष्य लिएको छ । यस कार्यबाट साइकल संस्कृति अभियानलाई कलात्मक किसिमले बौद्धिक जगतसँग जोड्ने प्रयास भएको अतिथिहरूले बताए । वरिष्ठ कलाकार, साहित्यकार तथा अभियन्ताहरूले आगामी दिनमा पनि यस किसिमका कलात्मक अभियानमा योगदान गर्ने प्रतिबद्धता जनाएका छन् ।  

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सर्लाहीमा हावाहुरीको बितण्डा, मकै र गहुँबालीमा ठूलो क्षति हुुँदा किसान चिन्तित

सर्लाही। सर्लाहीमा सोमबार साँझ अचानक चलेको तीव्र हावाहुरीले कृषि क्षेत्रमा ठूलो असर पारेको छ। जिल्लाका विभिन्न स्थानमा लगाइएको मकै र गहुँ बाली ढलेर नष...

सुविधाभन्दा जनताको आवाज प्राथमिकता : सुदन गुरुङ

ललितपुर । सुदन गुरुङ ले आफू राजनीतिमा सुविधा र व्यक्तिगत स्वार्थका लागि नभई जनताको आवाज संसद्सम्म पुर्‍याउने उद्देश्यले आएको बताएका छन्। गोरखा क्षे...

रास्वपालाई चिनियाँ कम्युनिस्ट पार्टीको पत्र, रवि–बालेनको नेतृत्वप्रति विश्वास व्यक्त

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई औपचारिक बधाई तथा शुभकामना सन्देश पठाएको छ। ...

राजमार्गमा ‘पटके कर’ उठाउन नरोके नगरप्रमुखविरुद्ध कानुनी प्रक्रिया अगाडि बढाउँछौं -आशिका तामाङ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद एवं धादिङ क्षेत्र नं. १ की जनप्रतिनिधि आशिका तामाङले राजमार्गमा गैरकानुनी रूपमा उठाइने ‘पटके ...

दैनिक मागभन्दा १० प्रतिशत बढी ग्यास बजारमा, अभावको गुनासो यथावत्

एकै दिन ४५ हजारभन्दा बढी सिलिन्डर वितरण

मोर्चाको बालेन समर्थनमा जसपाभित्रै असन्तोष, ‘राजनीतिक लाचारी’को आरोप

जनकपुरधाम । संघीय लोकतान्त्रिक मोर्चाले बालेन्द्र साह (बालेन) लाई भावी प्रधानमन्त्रीका रूपमा समर्थन तथा शुभकामना व्यक्त गरेपछि मधेसकेन्द्रित दलभित्रै ...

मानव बेचबिखनमा संलग्न रहेको आरोपमा पोखराबाट दुई जना पक्राउ

कास्की । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका–१४ चाउथे बस्ने भा...

रास्वपाको समानुपातिक सूची सार्वजनिक : ५७ सांसदको नाम सिफारिस (सूचीसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ प्राप्त ५७ सिटका लागि उम्मेदवारहरूको नाम निर्वाचन आयोग...

प्रतिनिधिसभामा शून्य, एजेन्डा बालेनको काँधमा : मधेशवादी दलको नयाँ रणनीति

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम सार्वजनिक भएसँगै संघीय लोकतान्त्रिक मोर्चाले जारी गरेको विज्ञप्तिले राष्ट्रिय राजनीतिमा नयाँ बहस जन्मा...

मनकामना दुर्घटना : मृत्यु भएका सात भारतीयको शव दूतावासलाई हस्तान्तरण

गोरखा । गोरखाको सहिद लखन गाउँपालिका–३ कानटार नजिकै भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय नागरिकको शव भारतीय दूतावासलाई हस्तान्तरण गरिएको छ। प्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: