Khabar Dabali १७ असार २०८३ बुधबार | 1st July, 2026 Wed
Investment bank

मिसेस नेपाल वल्र्ड–२०२३ को टप २३ प्रतिष्पर्धी सार्वजनिक

खबरडबली संवाददाता

काठमाडाैं । बिबाहित महिलाहरुबीचको सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वल्र्ड–२०२३ को टप २३ प्रतिष्पर्धी सार्वजनिक गरिएको छ।

प्रतियोगिताको आयोजक संस्था रिवन इन्टरटेनमेन्टद्धारा राजधानीको नयाँ वानेश्वरस्थित अर्याल इन्टरनेशनल होटलमा आयोजित एक समारोहका बिच मिसेस नेपाल वल्र्ड–२०२३ टप २३ सार्वजनिक गरिएको हो। समारोहमा उत्कृष्ट २३ लाई कन्टेस्टेन्ट ट्याग नम्बरसमेत प्रदान गरिएको छ।

प्रतियोगिताको अन्तिम स्पर्धामा आइना गजुरेल, देवी थापा गुरुङ, पृथ्वीया थापा, मिना भट्टराई, आयुष्मा राई, रेखा विष्ट, ज्ञानेश्वरी श्रेष्ठ, सिर्जना केसी, पविना श्रेष्ठ, सीता सुबेदी, सुस्मिता सिंह, निशा बिष्ट, कृतिका पालिखे, कोमल लामा, रेखा सिंह रायमाझी, निर्मला गुरुङ, उत्सुक्ता नकर्मी, जेनी खड्का, सलोनी श्रेष्ठ, पुनम श्रेष्ठ, टेक कुमारी घले, मंगली सिलवाल र सरु आर एल राणा सहभागी छन् ।

प्रतिष्पर्धीहरुले आफ्नो परिचय दिँदै प्रतियोगितामा भाग लिनुको उद्देश्यबारे प्रष्ट पारेको कार्यक्रममा अन्नपुर्ण पोष्ट दैनिकका प्रधान सम्पादक अखण्ड भण्डारी, अभिनेता आर्यन सिग्देल, चलचित्र निर्देशक दिनेश राउत, गायिका जुनु रिजाल, अभिनेता गजित बिष्ट, कोरियोग्राफर जयन सुब्बा मानन्धर, कलाकार सागर लम्साल, कार्यक्रम आयोजक अनुप सक्सेनालगायत सहभागी थिए।

प्रतिष्पर्धीहरुले बिभिन्न चरणहरु पार गर्दै आगामी कात्तिक २ गते राजधानीमा सम्पन्न हुने प्रतियोगिताको अन्तिम स्पर्धामा ताजका लागि प्रतिष्पर्धा गर्नेछन्। उत्कृष्ट २३ प्रतिष्पर्धी अब ब्यक्तित्व विकास सम्बन्धि प्रशिक्षणमा ब्यस्त रहने छन्। अन्तिम प्रतिस्पर्धामा कोरियोग्राफर अश्विनीकान्त झाले कोरियोग्राफी गर्नेछन्।

अन्तिम प्रतिस्पर्धाको समारोहमा मिसेस नेपाल वल्र्ड–२०२३ का अन्य सवटाइटल बिजेताको पनि घोषणा गरिने आयोजक संस्थाका अध्यक्ष निशुकान्त झाले जानकारी गराए। मिसेस नेपाल वल्र्ड–२०२३ का बिजेताले आगामी डिसेम्बरमा अमेरिकामा हुने मिसेस वल्र्ड–२०२३ मा नेपालको तर्फबाट सहभागिता जनाउने अवासर प्राप्त गर्नेछिन् । 

मिसेस नेपाल वल्र्ड–२०२३ को बिजेताले भने आगामी डिसेम्बरमा अमेरिकामा हुने मिसेस वल्र्ड–२०२३ मा नेपालको तर्फबाट सहभागिता जनाउने अवासर प्राप्त गर्नेछिन्। अन्तिम प्रतिस्पर्धाको समारोहमा मिसेस वल्र्ड–२०२२ की बिजेता सरगम कैशल पनि सहभागी हुनेछन्।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आफू खेल्ने उमेरमा दुई बहिनीको अभिभावक बने ८ वर्षीय शेखर

सिरहा। अधिकांश बालबालिका खेल्दै, रमाउँदै बाल्यकाल बिताइरहेका हुन्छन्। तर सिरहाको गोलबजार नगरपालिका–९ डण्डाका ८ वर्षीय शेखर यादवको बाल्यकाल भने दुई सान...

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल भित्रिने, किसानलाई अभाव नहुने सरकारको दाबी

काठमाडौं। कृषि, वन तथा वातावरण मन्त्रालयले आगामी साउन महिनाभित्र करिब २ लाख १० हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्र्याउने तयारी गरेको छ। धान रोपाइँ...

आजका लागि कालीमाटीले तोक्यो तरकारी तथा फलफूलको थोक मूल्य (सूचीसहित)

काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार आज ठूलो नेप...

चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द : सेवाग्राही समस्यामा

कैलाली । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय मातहत सञ्चालित गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द भएको छ । अस्पतालमा ती ...

रुकुमपूर्वमा जिप दुर्घटना हुँदा ६ महिने शिशुसहित ५ जना घाइते

रुकुमपूर्व । सिस्ने गाउँपालिका–४ झाँक्रीपोलेस्थित रुकुमकोट-दादिङ भित्री सडकखण्डमा जिप दुर्घटना हुँदा ६ महिनाका एक शिशुसहित ५ जना घाइते भएका छन् । र...

रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ आज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ बुधबार हुन लागेको छ । चितवनको भरतपुरमा भएको पहि...

देशभर वर्षाको क्रम जारी, पश्चिममा भारी वर्षाको सम्भावना, पूर्वी तराई अझै सुक्खा

काठमाडौं। मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानमा गएरातिदेखि वर्षा भइरहेको छ। काठमाडौं उपत्यकासहित देशका धेरै क्षेत्रमा पानी परिरहेको भए पनि पश्चिम ...

बँदेल थाप्न श्रीमान्ले बिछ्याएको करेन्टको पासोमा परेर श्रीमतीको मृत्यु

बुटवल। गुल्मीमा जंगली बँदेलबाट बाली जोगाउन थापिएको विद्युतीय पासोमा परेर एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी वीरेन्द्र...

उपसभामुख रुवी ठाकुरको संसद सञ्चालन शैलीमाथि बहस, सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया

काठमाडौं। संघीय संसदको बैठक सञ्चालनका क्रममा उपसभामुख रुवीकुमारी ठाकुरको भूमिकालाई लिएर सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा बहस चुलिएको छ। बैठक सञ्चा...

आठ वर्षदेखि कागजमै सीमित गण्डकीका गौरव आयोजना, संघीय निर्णय नहुँदा औद्योगिक क्षेत्र निर्माण ठप्प

पुँडीटार र लोकाहाखोला औद्योगिक क्षेत्रका लागि डीपीआर तयार, तर जग्गा भोगाधिकार नपाउँदा निर्माण सुरु हुन सकेन

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending