चितवन । भरतपुर महानगरपालिकालाई यस आर्थिक वर्षमा हरियाली वृद्धिसँगै सुन्दरतामा जोड दिइएको छ । चालु आर्थिक वर्षमा हरियाली प्रर्वद्धनका लागि रु पाँच करोड बजेट विनियोजन गरेर काम अघि बढाइएको हो ।
सन् २०२४ लाई भरतपुर भ्रमण वर्षका रूपमा मनाउन लागिएको छ । यसको तयारीका लागि सबै वडाहरूमा वृक्षरोपण गरेर हरियाली महानगर बनाइँदै छ । गत महिनाबाट हरेक महिनाको दोस्रो र चौथो शुक्रबार बिहान बृहत् सरसफाइसँगै वृक्षरोपण गर्न थालिएको छ । यसका अतिरिक्त वडा र टोलमा पनि वृक्षरोपण भइरहेको छ ।
महानगरपालिकाले आज बिहान नारायणगढको सहिदचोकबाट बेलचोकसम्म सरसफाइसँगै वृक्षरोपण गरेको छ । वृक्षरोपणपछि महानगर प्रमुख रेनु दाहालले हरियाली प्रर्वद्धन र सरसफाइ कार्यक्रमका लागि यस आर्थिक वर्षमा रु पाँच करोड बजेट विनियोजन गरेर काम अघि बढाइएको बताइन् । यस अभियानलाई वडा तहदेखि टोलसम्म पुर्याउने लक्ष्यका साथ सुरु गरिएको उनले जानकारी दिइन् । उनले भनिन्, “हरियाली प्रवर्द्र्धन र सरसफाइ अभियानअन्तर्गत यही वर्षमा एक लाख बढी बिरुवा रोप्ने योजना रहेको छ ।”
वडा तहले १६ मिटरभन्दा साँघुरा सडकमा वृक्षरोपण गर्ने, सरसफाइ गर्ने छन् । सोभन्दा फराकिला सडकमा महानगरले वृक्षरोपण र सरसफाइ गर्ने गरी अभियान सञ्चालनमा ल्याइएको हो । हरियाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत विभिन्न जातका बोटबिरुवा रोपिने छन् । यसको संरक्षण स्थानीय र महानगरले गर्ने गरी वृक्षरोपण गर्न लागिएको दाहालले बताइन् । हरियाली प्रवर्द्धनअन्तर्गत सडक मापदण्ड, यातायातको चाप र यात्रुको चापलाई मध्यनजर गरेर बिरुवाको जात छनोट गरिने छ ।
वृक्षरोपण र सरसफाइ अभियानमा प्रमुख जिल्ला अधिकारी, महानगरका प्रमुख प्रशासकीय अधिकृत, जिल्ला प्रहरी कार्यालयका प्रमुखलगायत सुरक्षा निकायका प्रमुख, विभिन्न वडाका वडाध्यक्ष एवं सदस्य, सम्बन्धित टोलका प्रतिनिधि एवं स्थानीय सहभागी भएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ९ गते, २०८२ - १७:१६
काठमाडौं । पूर्व गृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता रमेश लेखकलाई जाँचबुझ आयोगमा बयान दिन पार्टीका नेताहरूले सुझाव दिएका छन्। बुधबार पार्ट...
पौष ९ गते, २०८२ - १७:००
काठमाडौं । प्रतिनिधि पुरूषोत्तम यादवले राष्ट्रिय मानव अधिकार आयोगमा बुधबार करिब तीन घन्टा लिखित र मौखिक बयान दिएका छन्। यादवले बताए अनुसार, बयान ११ बज...
पौष ९ गते, २०८२ - १६:४७
काठमाडौँ। नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले वर्तमान सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार भङ्ग गरी सर्वपक्षीय सरकार गठन गर्न १० दिने ...
पौष ९ गते, २०८२ - १६:३३
काठमाडौँ। प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै दायर भएका सबै रिट निवेदनलाई सर्वोच्च अदालतले अब एकैसाथ सुनुवाइ गर्ने भएको छ। कांग्रेसका ५७ र अन्य द...
पौष ९ गते, २०८२ - १६:२६
नेपालगन्ज। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल बाँकेले जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा...
पौष ९ गते, २०८२ - १४:३६
काठमाडौँ । सहरी विकासमन्त्री कुलमान घिसिङले उम्मेदवारी मनोनयन दर्ता गर्ने समयसम्म मन्त्री पदबाट राजीनामा दिने वा नदिने विषयमा निर्णय गर्ने बताएका छन्।...
पौष ९ गते, २०८२ - १४:२४
काठमाडौँ । जेनजी आन्दोलनपछि बनेको सरकारमा तीन महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री कुलमान घिसिङले आफ्नो सय दिने कार्यकालको प्रगति सार्व...
पौष ९ गते, २०८२ - १४:१४
अङ्कारा । टर्कीको राजधानी अङ्काराबाट उडान भरेको एउटा निजी जेट मङ्गलबार दुर्घटनाग्रस्त हुँदा लिबियाका सैन्य प्रमुखसहित अन्य सात जनाको मृत्यु भएको छ । ल...
पौष ९ गते, २०८२ - १४:०१
काठमाडौं । विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै दायर पुरक रिटमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा पक्षका सांसदहरूले हस्ताक्षर गरेका छैनन्...
पौष ९ गते, २०८२ - १३:५२
काठमाडौं । ललितपुरस्थित नख्खु कारागारबाट फरार भई ठमेलमा एक युवकको हत्या गरेका कैदी पक्राउ परेका छन्। फरार कैदी आकाश मगरलाई प्रहरीले रोल्पाबाट पक्रा...




प्रतिकृया लेख्नुहोस्: