गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका-५ निवासी रमेश भण्डारीले लोक सेवा आयोगले लिएका १० परीक्षामा उत्तीर्ण भएका छन् । एकै वर्षमा भण्डारीले लोक सेवा आयोगले लिएका विभिन्न पदका १० परीक्षा उत्तीर्ण गरेका हुन् ।
उनले गण्डकी प्रदेश स्थानीय पाचौं तह प्रशासनंलेखा, संघको नायब सुब्बा प्रशासन समूह, संघ नायब सुब्बा लेखा तथा लेखापरीक्षण समूह, कृषि विकास बैंकको पाचौ तह सहायक, गण्डकी प्रदेश चौथो तह, विद्युत प्राधिकरण पाचौं तह लेखा समूह, नेपाल विद्युत प्राधिकरण चौथो तह उत्तीर्ण गरेका हुन ।
यस्तै, भण्डारीले नेपाल टेलिकम छैटौ तह सहायक व्यापार अधिकृत, नेपाल टेलिकम चौथो तह उत्तीर्ण गरेका छन् । उनै भण्डारी हालै मात्र शाखा अधिकृत लेखा समूहमा उत्तीर्ण भई सिफारिससमेत भइसकेका छन् ।
भण्डारीले यी बाहेक भन्सार विभागले करिब २२ वर्षपछि विज्ञापन गरेको भन्सार एजेन्टको लाइसेन्सको परीक्षा पनि उत्तीर्ण गरेका थिए । जसमा ६६० जनाका लागि १० हजारभन्दा बढीको प्रतिस्पर्धा भएको थियो । तर, निजामती सेवा प्रवेश गरेपछि उनले लाइसेन्स खारेज गराएका छन् ।
लोक सेवाको तयारी गरेके छोटो समयमै मिहिनेतले सफलता हात परेको भन्दै उनले खुसी व्यक्त गरे । खुला तर्फबाट निजामती सेवामा प्रवेश गर्न सकिने माथिल्लो श्रेणी नै राजपत्रांकित तृतीय श्रेणी भएको र त्यसमा आफू छ्नोट हुन पाउँदा धेरै खुशी लागेको उनले बताए । तयारी गरेको छोटो समयमै निजामती सेवा, बैंकिङ सेवा, सार्वजनिक संस्थान, प्रदेश र स्थानीय सेवा समेतमा नाम निकाल्न सफल हुँदै सबै क्षेत्र र तहमा नाम निकाल्ने अनुभव बटुल्ने सौभाग्य मिलेको उनले बताए ।
यो नतिजाले अझै जिम्मेवारी थपिएको र राज्य, राष्ट्र र नागरिकले चाहेअनुसार सेवा प्रदान गर्ने भूमिका निर्वाह गर्न निरन्तर प्रयास गर्ने उनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १ गते, २०८२ - २१:२२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ प्राप्त ५७ सिटका लागि उम्मेदवारहरूको नाम निर्वाचन आयोग...
चैत्र १ गते, २०८२ - २१:२०
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम सार्वजनिक भएसँगै संघीय लोकतान्त्रिक मोर्चाले जारी गरेको विज्ञप्तिले राष्ट्रिय राजनीतिमा नयाँ बहस जन्मा...
चैत्र १ गते, २०८२ - २०:४३
गोरखा । गोरखाको सहिद लखन गाउँपालिका–३ कानटार नजिकै भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय नागरिकको शव भारतीय दूतावासलाई हस्तान्तरण गरिएको छ। प्र...
चैत्र १ गते, २०८२ - २०:३४
विराटनगर । मोरङको जहदामा आइतबार साँझ भारतीय नम्बर प्लेटको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जहदा गाउँपालिका–१ भुटाहामा साँझ ६ः२० बजेतिर ...
चैत्र १ गते, २०८२ - १९:४७
बागलुङ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का गण्डकी प्रदेश अध्यक्ष नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । प्रलोपाका केन्द्रीय सदस्...
चैत्र १ गते, २०८२ - १९:२९
काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरु प्रधानमन्त्री शुशीला कार्कीलाई भेट्न बालुवाटार पुगेका छन् । कांग्रेस सभापति गगन थापा, उपसभापतिद्वय विश्वप्र...
चैत्र १ गते, २०८२ - १९:२७
दोधारा चाँदनी (कञ्चनपुर) । कञ्चनपुरमा कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आज भीमदत्त नगरपालिका–४...
चैत्र १ गते, २०८२ - १९:२६
काठमाडौं । मजदुरहरूले वर्षौँको पसिनाबाट जोगाएर जम्मा गरेको बचत रकम अलपत्र परेको छ। मजदुर शहीद स्मृति उपभोक्ता सहकारी संस्था लिमिटेड लामो समयदेखि बन्द ...
चैत्र १ गते, २०८२ - १९:२२
ग्यास अभाव कि व्यवस्थापनको कमजोरी ?
चैत्र १ गते, २०८२ - १९:०९
काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्य चुनिने व्यक्तिहरूको नाम निर्वाचन आयोगमा बुझाएको छ। आइतबार पार्टी केन्द्रीय का...


प्रतिकृया लेख्नुहोस्: