Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

टीकापुरमा आयोजित सर्जरी शिविरमा नौ सय ९६ को उपचार, दुई सय ४० को शल्यक्रिया

खबरडबली संवाददाता

टीकापुर । कैलालीको टीकापुरमा आयोजना गरिएको प्लास्टिक सर्जरी शिविरमा नौ सय ९६ जनाले उपचार सेवा लिएका छन् ।

शिविरमा चार सय ४७ पुरुष र पाँच सय ४९ महिलाले उपचार सेवा लिएका हुन् । शिविरमा उपचार सेवा लिनेमध्ये दुई सय ४० जनाको शल्यक्रिया गरिएको छ । शल्यक्रिया सेवा लिनेमा ९१ पुरुष र एक सय ४९ महिला छन् । उपचार सेवा लिन आएकामध्ये एक सय ७६ जनालाई थप उपचारका लागि सुष्मा कोइराला अस्पताल काठमाडौँ पठाइएको छ । 

कतिपय काठमाडौँमै गएर उपचार गर्नुपर्ने भएकाले त्यहाँ पठाइएको अस्पतालका प्रमुख प्रशासक प्रफुल्ल शर्माले बताए । “यहाँ उपचार सम्भव नभएकाहरुलाई काठमाडौँ पठाएका छौँ, त्यहाँ पनि नि:शुल्क उपचार सेवा पाउनेछन्”, उहाँले भन्नुभयो, “यहाँबाट काठमाडौँसम्म पुर्‍याउने व्यवस्था बिरामीका आफन्तले गर्नुहुन्छ, उपचार सेवा सबै नि:शुल्क हुनेछ ।”

शर्माका अनुसार उपचार सेवा लिनेमा बच्चादेखि वृद्धसम्म रहेका छन् । शिविरमा पाँच वर्ष मुनिका ६७ जनाले उपचार सेवा लिएकामा पाँच जनाको शल्यक्रिया गरिएको छ । पाँचदेखि १५ वर्ष उमेरभित्रका एक सय २९ जना परीक्षणमा आएकामा ४३ को उपचार गरिएको जनाइएको छ ।

करिब १५ देखि ४० वर्ष उमेरका दुई सय ८९ बिरामी उपचारमा आउँदा एक सय छको शल्यक्रिया गरिएको, ४० देखि ६० वर्ष माथिका दुई सय ८४ को स्वास्थ्य परीक्षण गर्दा ७७ जनाको शल्यक्रिया र ६० वर्ष माथिका २१ जनाको शल्यक्रिया गरिएको शर्माले जानकारी दिए । 

चार दिनसम्म टीकापुर अस्पतालमा सञ्चालित शिविर समापन कार्यक्रममा नगर प्रमुख रामलाल डगौरा थारुले विपन्न समुदाय यो शिविरबाट लाभान्वित भएको र यस्ता शिविर थप गर्न माग आइरहेको बताए । नगर प्रमुख थारुले नि:शुल्क सेवा दिन टीकापुर पुगेको अस्पतालको टोलीलाई धन्यवाद दिँदै मानवीय भावना र दायित्व पूरा गर्न सहयोग मिलेको बताए । 

“विपन्न सयौँ नागरिकले सेवा पाए”, उनले भने, “अझैँ सेवा लिनुपर्ने धेरै रहेछन्, हाम्रो सहकार्य आउँदा दिनमा पनि हुनेछ ।” नगरपालिकाका जनस्वास्थ्य शाखा संयोजक बलबहादुर रावलले सामाजिक भावनाका साथ सञ्चालन भएको शिविरमा थप उपचारका लागि काठमाडौँ पठाइएको र भएका विपन्न नागरिकलाई यातायात खर्च नगरपालिकाले सहयोग गर्ने बताए ।

“काठमाडौँमा उपचारमा जाने विपन्न बिरामीलाई यातायात खर्च पालिकाले बेहोर्नेछ”, उनले भने, “जलन तथा आगोले पोलेका नागरिकले सेवा पाउन भन्ने उद्देश्यले शिविर सञ्चालन भएको हो ।” टीकापुर अस्पतालका अध्यक्ष झपट सोडारीले जलनको सेवा नेपालका दुई ठाउँमा मात्रै हुँदा नागरिकलाई समस्या भइरहेको अवस्थामा टीकापुरमै आएर सेवा दिएकामा धन्यवाद दिए । 

“हरेक अस्पतालमा जलनको उपचारका लागि छुट्टै कक्ष र चिकित्सकको टोली हुनुपर्ने हो तर छैन”, उनले भने, “यस्ता गम्भीर समस्यामा सरकारको ध्यान जानुपर्छ ।” यही असोज ७ बाट १० गतेसम्म सञ्चालन भएको शिविर सुष्मा कोइराला मेमोरियल अस्पताल काठमाडौँको प्राविधिक सहयोग तथा नगरपालिका र टीकापुर अस्पतालको संयुक्त आयोजनामा शिविर सुरु भएको हो ।

शिविरमा सुष्मा कोइराला मेमोरियल अस्पतालका जनरल सर्जन डाक्टर रोजिना शिल्पकार स्वाँरको नेतृत्वमा सिनियर कन्सल्ट्यान्ट डाक्टर श्यामेन्द्रबहादुर सिंह, कन्सल्ट्यान्ट सर्जन डाक्टर मनोहर यादव, मेडिकल अधिकृत डाक्टर सुमित्रा तामाङसहित १४ जनाको टोलीले सेवा दिएको हो । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रपतिसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन पेस

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन पेस भएको छ ।  प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद् अध्यक्ष सुश...

समावेशी विकासमा सरकारले काम गरिरहेको छ: प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री तथा आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका अध्यक्ष सुशीला कार्कीले देशको समावेशी विकासमा सरकारले काम गरिरहेको बताएको छि...

निवर्तमान काँग्रेस सांसद चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभाका सांसद सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर भएको छ। ...

गृहमन्त्रीद्वारा जेनजी आन्दोलनमा मारिएका अमृत गुरुङको परिवारसँग भेट

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार जेनजी आन्दोलनमा मारिनुभएका प्रहरी हवल्दार अमृत गुरुङको परिवारसँग भेट गरेको छन् ।  कास्कीको रुपा गाउँप...

म केपी ओलीसँग टाढा भएको छैन, उहाँ डुब्दा म पनि डुब्छु: गोकुल बास्कोटा

काठमाडौँ। नेकपा (एमाले)का पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले पार्टीको ११ औँ महाधिवेशनले एकताबद्ध एमाले बनाउने बताएको छन्। आइतबार पार्टीको ११ औँ महा...

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो, चार अर्ब कारोबार

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कले घटेको छ। आज नेप्से परिसूचक १२ दशमलव ५० अङ्कले घटेर दुई हजार ५९४ दशमलव ८७ को बिन्दुमा क...

भृकुटीमण्डपमा एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौँ। नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको छ। केन्द्रीय कमिटीको बैठक लम्बिदा बन्द सत्रको समय पटक–...

बाँकेको नौबस्ता बाल सुधार गृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

नेपालगन्ज। जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौवस्ता बाल सुधार गृहबाट भागेका ३८ जना बालबन्दीलाई पक्राउ गरिएको छ ।  नौबस्स्ता...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौँ। नेकपा (एमाले)का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी नदिने घोषणा ...

कांग्रेसले किन बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक ?

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ । पार्टी कार्यालय सानेपामा सोमबार बिहान ९ बजेका लागि बोलाइएको पूर्वकेन्द्रीय तथा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending