Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

मापदण्डविपरीत व्यवसाय गर्ने दुई व्यवसायीलाई जरिवाना

खबरडबली संवाददाता

रसुवा । मापदण्डविपरीत व्यवसाय गर्ने दक्षिणी रसुवाका दुई व्यवसायीलाई कारबाही गरिएको छ ।कारबाही पर्नेमा कालिका गाउँपालिका-२ घुम्ती बजारस्थित आरएस एभ्रोभेट तथा तरकारी पसलका सञ्चालक रामशरण न्यौपाने र उत्तरगया गाउँपालिका-५ बेत्रावतीस्थित रिभर भ्यु गेष्ट हाउसका सञ्चालक केदारप्रसाद अधिकारी छन् ।

घुम्ती बजारका न्यौपानेले खाद्य तथा अखाद्य दुवै प्रकारका वस्तु अव्यवस्थित तवरले एकै स्थानमा राखी मापदण्ड विपरीत बिक्री गरेबापत १० हजार र सञ्चालक अधिकारीले गेष्ट हाउसमा मानव स्वास्थ्यलाई असर पर्ने खाद्यवस्तु प्रयोग गरेबापत पाँच हजार जरिवाना गरेको घरेलु उद्योग कार्यालयका प्रमुख बृहस्पति तामाङले बताए ।

पछिल्लो समय बजार अुगमन समितिले अनुगमनलाइ तीब्र बनाउँदै सचेतना र जरिवाना दुवै एकै साथ अगाडि बढाएको छ । बडादसैँ नजिकिँदै गएको र उपभोक्ता माझ गुणस्तरीय खाद्य सामग्री पुगोस् भन्ने पवित्र उद्देश्यले सरकारी मापदण्डको अधिनमा रही जिल्लका व्यापारिक क्षेत्रको अनुगमन तीव्ररूपमा अगाडि बढाइएको बजार अनुगमन समितिका संयोजक एवं रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र ज्ञावलीले जानकारी दिए । खाद्य गुण नियन्त्रको मापदण्डका अधिनमा रही व्यवसाय दर्ता गरेर मात्र व्यापार व्यवसाय अगाडि बढाउन सबै व्यापारीलाई अनुगमन समितिले अनुरोधसमेत गरेको छ ।

पहिलो चरणअन्तर्गत बुधबार बेत्रावती बजारका १७ पसलको अनुगमन सम्पन्न गरिएको र अनुगमनको क्रममा खाद्यान्नको प्रकार र त्यसको उपभोग गर्ने समयावधि, बिलविजक जारी, सरसफाइ, राजस्वको स्थायी लेखा नम्बर, उद्योग वाणिज्य दर्ता प्रमाणपत्रसमेतका कागजात हेरिएको संयोजक ज्ञवालीले जानकारी दिए ।

उत्तरगया गाउँपालिकाका उपाध्यक्ष चमेली गुरुङ, उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष सुप्साङ तामाङ, कोष तथा लेखा नियन्त्रण कार्यालयका नियन्त्रक रवीन्द्र भुजेल, प्रहरी निरीक्षक राजीव बस्नेत एवं प्रहरी सहायक निरीक्षक काशीराम बुढा एवं सञ्चारकर्मीसमेतको रोहवरमा जरिवाना गरिएको बताइएको छ ।

जिल्लाका व्यापारिक केन्द्रमा अखाद्य वस्तु बिक्री गरेको जानकारी पाएमा अनुगमन समितिलाई सूचना दिई सहयोग गर्न बजार अनुगमन समितिले आग्रह समेत गरेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले पदाधिकारी पदमा मतगणना जारी – १,१३९ मत गन्दा कसले पाए कति ?

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत बिहीबार बिहान सम्पन्न मतदानको मतगणना जारी छ। हालसम्म २,२७० भन्दा बढी मतमध्ये १,१३९ मत गनिसकिएको प्रार...

एमाले उपमहासचिवमा लेखराज भट्टको धमाकेदार अग्रता, विष्णु रिमाल शीर्ष तीनमा अटाउन असफल

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उपमहासचिव पदको मतगणना जारी छ। प्रारम्भिक नतिजाअनुसार लेखराज भट्टले ४४० मत ल्याएर स्पष्ट अग्रता लिएका छ...

एमाले महासचिवमा शंकर पोखरेलको अग्रता कायमै, २४९ मत प्राप्त

 काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा जारी मतगणनामा महासचिव पदमा शंकर पोखरेलले स्पष्ट अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अ...

शिक्षामन्त्री पुनको आक्रोश : ‘कछुवाको गतिलाई पनि कृपावादी पापी समूहहरूले अल्झाए’

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालको प्रशासनिक कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त...

ईश्वर पोखरेलको भविष्यलाई लिएर उठेका प्रश्नः एमालेमा दोहोरिन्छ कि भिम रावलको इतिहास ?

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनसँगै पार्टीभित्र नेतृत्व चयनको प्रतिस्पर्धा मात्रै होइन, भविष्यको राजनीतिक हैसियतबारे पनि गम्भीर बहस सुरु भएको ...

एमाले महासचिवमा निर्णायक भिडन्त, मतगणनामा पोखरेल ९ मतले अगाडि

काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ। मतगणनाको सुरुवाती चरण...

वागमतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...

ओली–पोखरेल समूहबीच मतदानको जोश, भृकुटीमण्डपमा व्यस्त माहोल

विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु

नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिन खुला रहने

काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...

ट्रम्प प्रशासनले थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगायो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending