कञ्चनपुर । बर्थिङ सेन्टर (प्रसूति गृह) नहुँदा शुक्लाफाँटा नगरपालिका–१२ का महिलाले सास्ती खेप्नु परेको छ । प्रसूति हुनका लागि उनीहरुलाई टाढाका बर्थिङ सेन्टरमा लैजानुपर्ने बाध्यता रहेको छ ।
नगरपालिकाकै दुर्गम वडाका बासिन्दाले बर्थिङ सेन्टर सञ्चालनका लागि माग गर्दै आए पनि सुनुवाइ हुन सकेको छैन । प्रसूति हुनेलाई एम्बुलेन्समार्फत परिवारजनले बन्साहा, देखतभूलीलगायतका क्षेत्रमा पुरयाउने गरेका छन ।
एम्बुलेन्स नपाउँदा घरमै जोखिम मोल्दै सुत्केरी हुँदै आएको स्थानीय लक्ष्मीदेवी विकले बताइन् । “एम्बुलेन्सका लागि आर्थिक अवस्था कमजोर भएका व्यक्तिले खर्चको जोहो मिलाउन सक्दैनन्”, उनले भनिन्, “घरमै प्रसूति हुनुपर्ने बाध्यता छ, धेरैले गाउँ टोलमा रहेका बचत समूहबाट ऋण निकालेर भए पनि प्रसूतिका लागि टाढाको बर्थिङ सेन्टरमा पुर्याउने गरेका छन् ।”
जटिल प्रकृतिको प्रसूतिका लागि कैलालीको धनगढी र कञ्चनपुरको महेन्द्रनगरमा रहेका अस्पतालमा पुर्याउनु पर्ने अवस्था रहेको उनले बताइन् । “वडामा जनप्रतिनिधि निर्वाचित भएर आएपछि आधारभूत स्वास्थ्य चौकी बनेको छ”, स्थानीय कृष्णबहादुर बमले भने, “प्राथमिक उपचार गाउँमै पाएका छौँ तर प्रसूति हुनेका लागि व्यवस्था नहुँदा निकै अप्ठेरो रहेको छ ।”
आधारभूत स्वास्थ्य केन्द्रमा एक जना अनमी, एक जना अहेव र एक जना कार्यालय सहयोगी कार्यरत रहेका छन् । “प्रसूति गृह तत्काल सञ्चालनका लागि भौतिक पूर्वाधारको व्यवस्था रहेको छ”, वडाध्यक्ष नवलसिंह रानाले भने, “प्रसूति गराउनका लागि तालिम प्राप्त दक्ष अनमी पनि छन्, सञ्चालनको अनुमति नदिँदा अन्यौलामा रहेका छौँ ।”
बर्थिङ सेन्टर सञ्चालनका लागि अनुमतिसँगै आवश्यक औजार, औषधिलगायतको व्यवस्था गरिनुपर्ने उनले बताए । आधारभूत स्वास्थ्य चौकीका अहेव गणेश रानाका अनुसार गर्भ चेकजाँच गराउन आउने महिलाको सङ्ख्या वर्षमा दुई सय बढी रहने गरेको छ । “स्वास्थ्य चौकीमा गर्भ चेकजाँच र प्रसूतिपछिका सेवा स्वास्थ्य चौकीबाट दिँदै आएका छौँ”, उनले भने, “बर्थिङ सेन्टरको व्यवस्था नहुँदा प्रसूति हुनेलाई अन्यत्र रिफर गर्नुपर्ने बाध्यता छ ।”
नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमानन्द भट्टले तत्काल बर्थिङ सेन्टर थप्ने योजना नरहेको बताए । “सञ्चालनमा रहेका बर्थिङ सेन्टरलाई व्यवस्थित गर्ने योजना छ”, उनले भने, “थप्ने योजना रहेको छैन, वडाले बजेटको व्यवस्थापन गरे बर्थिङ सेन्टर सञ्चालनमा ल्याउन सकिन्छ ।”
उनका अनुसार बर्थिङ सेन्टर सञ्चालनका लागि नर्सिङ स्टापसहित चार जना कर्मचारी आवश्यक पर्दछन । सर्जिकल सामग्रीको व्यवस्थापन गर्नुपर्छ । त्यसका लागि अहिले बजेट अभाव रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २४ गते, २०८३ - १७:०६
काठमाडौं। सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिष...
आषाढ़ २४ गते, २०८३ - १७:००
बुटवल। रुपन्देहीका सर्प उद्धारकर्ता विशाल पाण्डेले दुई दिनको अवधिमा १६ वटा गोमन (कोब्रा) सर्पका बच्चाको उद्धार गरेका छन्। पाण्डेले तिलोत्तमा नगरपाल...
आषाढ़ २४ गते, २०८३ - १६:४५
दाङ। लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभाबा...
आषाढ़ २४ गते, २०८३ - १६:३०
काठमाडौं। प्रधानमन्त्रीले बोलाएको मन्त्रिपरिषद्को बैठक बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहि समय अघिबाट सुरु भएको छ।...
आषाढ़ २४ गते, २०८३ - १६:१९
काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम राष्ट्रियसभाको बैठकमा व्यस्त भएपछि प्रतिनिधिसभाको बैठक बिहीबार बिहान ११ बजेसम्मका लागि स्थ...
आषाढ़ २४ गते, २०८३ - १५:५२
नारायणगढ। जङ्गली हात्तीको आक्रमणमा परी मृत्यु भएकी आशिका बोटेको परिवारलाई नेपाली कांग्रेस चितवनले ३० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ। नेपाली कांग...
आषाढ़ २४ गते, २०८३ - १५:४४
काठमाडौं। प्रधानमन्त्रीले उद्योग व्यवसाय, लगानी वातावरण तथा आर्थिक सुधारसम्बन्धी विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेका छन्। प्रधानमन्त्री त...
आषाढ़ २४ गते, २०८३ - १५:२७
धनगढी। सुदूरपश्चिम प्रदेश सरकारको बजेटलाई लिएर सत्ता साझेदार दलहरूबीच देखिएको मतभेद समाधानका लागि नेपाली कांग्रेस र नेकपा (एमाले)का केन्द्रीय नेताहरू ...
आषाढ़ २४ गते, २०८३ - १५:१५
काठमाडौं। नेकपा (एमाले)की उपाध्यक्ष तथा संसदीय दलकी उपनेता पद्मा अर्यालले सरकारको सुशासन अभियानमा आफ्नो पार्टीले रचनात्मक सहयोग गर्ने बताउँदै सरकारलाई...
आषाढ़ २४ गते, २०८३ - १५:०१
धरान। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट बिचौलियाको काम गर्ने गरेको आरोपमा १२ जना पक्राउ परेका छन् । प्रतिष्ठानमा उपचारका लागि आएका ...



प्रतिकृया लेख्नुहोस्: