कञ्चनपुर । बर्थिङ सेन्टर (प्रसूति गृह) नहुँदा शुक्लाफाँटा नगरपालिका–१२ का महिलाले सास्ती खेप्नु परेको छ । प्रसूति हुनका लागि उनीहरुलाई टाढाका बर्थिङ सेन्टरमा लैजानुपर्ने बाध्यता रहेको छ ।
नगरपालिकाकै दुर्गम वडाका बासिन्दाले बर्थिङ सेन्टर सञ्चालनका लागि माग गर्दै आए पनि सुनुवाइ हुन सकेको छैन । प्रसूति हुनेलाई एम्बुलेन्समार्फत परिवारजनले बन्साहा, देखतभूलीलगायतका क्षेत्रमा पुरयाउने गरेका छन ।
एम्बुलेन्स नपाउँदा घरमै जोखिम मोल्दै सुत्केरी हुँदै आएको स्थानीय लक्ष्मीदेवी विकले बताइन् । “एम्बुलेन्सका लागि आर्थिक अवस्था कमजोर भएका व्यक्तिले खर्चको जोहो मिलाउन सक्दैनन्”, उनले भनिन्, “घरमै प्रसूति हुनुपर्ने बाध्यता छ, धेरैले गाउँ टोलमा रहेका बचत समूहबाट ऋण निकालेर भए पनि प्रसूतिका लागि टाढाको बर्थिङ सेन्टरमा पुर्याउने गरेका छन् ।”
जटिल प्रकृतिको प्रसूतिका लागि कैलालीको धनगढी र कञ्चनपुरको महेन्द्रनगरमा रहेका अस्पतालमा पुर्याउनु पर्ने अवस्था रहेको उनले बताइन् । “वडामा जनप्रतिनिधि निर्वाचित भएर आएपछि आधारभूत स्वास्थ्य चौकी बनेको छ”, स्थानीय कृष्णबहादुर बमले भने, “प्राथमिक उपचार गाउँमै पाएका छौँ तर प्रसूति हुनेका लागि व्यवस्था नहुँदा निकै अप्ठेरो रहेको छ ।”
आधारभूत स्वास्थ्य केन्द्रमा एक जना अनमी, एक जना अहेव र एक जना कार्यालय सहयोगी कार्यरत रहेका छन् । “प्रसूति गृह तत्काल सञ्चालनका लागि भौतिक पूर्वाधारको व्यवस्था रहेको छ”, वडाध्यक्ष नवलसिंह रानाले भने, “प्रसूति गराउनका लागि तालिम प्राप्त दक्ष अनमी पनि छन्, सञ्चालनको अनुमति नदिँदा अन्यौलामा रहेका छौँ ।”
बर्थिङ सेन्टर सञ्चालनका लागि अनुमतिसँगै आवश्यक औजार, औषधिलगायतको व्यवस्था गरिनुपर्ने उनले बताए । आधारभूत स्वास्थ्य चौकीका अहेव गणेश रानाका अनुसार गर्भ चेकजाँच गराउन आउने महिलाको सङ्ख्या वर्षमा दुई सय बढी रहने गरेको छ । “स्वास्थ्य चौकीमा गर्भ चेकजाँच र प्रसूतिपछिका सेवा स्वास्थ्य चौकीबाट दिँदै आएका छौँ”, उनले भने, “बर्थिङ सेन्टरको व्यवस्था नहुँदा प्रसूति हुनेलाई अन्यत्र रिफर गर्नुपर्ने बाध्यता छ ।”
नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमानन्द भट्टले तत्काल बर्थिङ सेन्टर थप्ने योजना नरहेको बताए । “सञ्चालनमा रहेका बर्थिङ सेन्टरलाई व्यवस्थित गर्ने योजना छ”, उनले भने, “थप्ने योजना रहेको छैन, वडाले बजेटको व्यवस्थापन गरे बर्थिङ सेन्टर सञ्चालनमा ल्याउन सकिन्छ ।”
उनका अनुसार बर्थिङ सेन्टर सञ्चालनका लागि नर्सिङ स्टापसहित चार जना कर्मचारी आवश्यक पर्दछन । सर्जिकल सामग्रीको व्यवस्थापन गर्नुपर्छ । त्यसका लागि अहिले बजेट अभाव रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - १७:०३
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन पेस भएको छ । प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद् अध्यक्ष सुश...
मंसिर २९ गते, २०८२ - १६:५८
काठमाडौं । प्रधानमन्त्री तथा आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका अध्यक्ष सुशीला कार्कीले देशको समावेशी विकासमा सरकारले काम गरिरहेको बताएको छि...
मंसिर २९ गते, २०८२ - १६:४९
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभाका सांसद सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर भएको छ। ...
मंसिर २९ गते, २०८२ - १६:३७
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार जेनजी आन्दोलनमा मारिनुभएका प्रहरी हवल्दार अमृत गुरुङको परिवारसँग भेट गरेको छन् । कास्कीको रुपा गाउँप...
मंसिर २९ गते, २०८२ - १६:२१
काठमाडौँ। नेकपा (एमाले)का पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले पार्टीको ११ औँ महाधिवेशनले एकताबद्ध एमाले बनाउने बताएको छन्। आइतबार पार्टीको ११ औँ महा...
मंसिर २९ गते, २०८२ - १५:५२
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कले घटेको छ। आज नेप्से परिसूचक १२ दशमलव ५० अङ्कले घटेर दुई हजार ५९४ दशमलव ८७ को बिन्दुमा क...
मंसिर २९ गते, २०८२ - १५:२०
काठमाडौँ। नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको छ। केन्द्रीय कमिटीको बैठक लम्बिदा बन्द सत्रको समय पटक–...
मंसिर २९ गते, २०८२ - १५:१०
नेपालगन्ज। जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौवस्ता बाल सुधार गृहबाट भागेका ३८ जना बालबन्दीलाई पक्राउ गरिएको छ । नौबस्स्ता...
मंसिर २९ गते, २०८२ - १५:०३
काठमाडौँ। नेकपा (एमाले)का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी नदिने घोषणा ...
मंसिर २९ गते, २०८२ - १४:५२
काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ । पार्टी कार्यालय सानेपामा सोमबार बिहान ९ बजेका लागि बोलाइएको पूर्वकेन्द्रीय तथा...




प्रतिकृया लेख्नुहोस्: