काठमाडौं । सरकारले आगामी असोज २१ देखि सञ्चालन गर्ने सुपथ मूल्य पसलमा चिनी प्रतिकिलो ९७ रुपैयाँमा पाइने भएको छ । व्यापारीहरुले चिनीको मूल्य कृत्रिम तरिकाले बढाएर हाल १२० रुपैयाँसम्म बिक्री गरेका बेला सुपथ मूल्य पसलमा ९७ रुपैयाँमै पाइने भएको हो ।
सरकारले मूल्य नियन्त्रणका लागि मंसिर ३ गतेसम्म सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले जानकारी दिए । यी सुपथ मूल्य पसलमा साल्ट ट्रेडिङले उपभोक्तालाई चिनी प्रतिकिलो ९७ रुपैयाँमै बिक्री गर्नेछ । त्यस्तै नुनमा प्रतिकिलो २ रुपैयाँ छुट हुनेछ । तेल प्रतिलिटर ७ रुपैयाँ, चिउरा प्रतिकिलो ७ रुपैयाँ छुटमा पाइने कर्पोरेसनले जनाएको छ ।
सुपथ मूल्य पसलमा सबै किसिमका चामल, दाल गहुँ, आटा, पिठो, मैदा, तोरीको तेल, सनफ्लावर तेल, भट्मासको तेल र चिउरामा प्रतिलिटर/प्रतिकिलो अन्य समयमा भन्दा ७ रुपैयाँ छुट दिने खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ । कम्पनीका अनुसार कर्णालीको सिमी, गेडागुडी, फापरको दाना, चिनो, कगुनोमा प्रतिकिलो १० रुपैयाँ छुट हुनेछ ।
जिउँदो खसीबोका तथा च्यांग्रामा प्रतिकिलो १० रुपैयाँ छुट दिइने कम्पनीले जनाएको छ । दुग्ध विकास संस्थानले पनि दुग्धजन्य पदार्थमा छुट दिने छ । जसअनुसार घिउ हालको भन्दा प्रतिकेजी २० रुपैयाँ छुट हुनेछ । २ सय ग्राम पनिरमा २० रुपैयाँ र ५ सय ग्राम पनिरमा ५० रुपैयाँ छुट हुने संस्थानले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - १०:१८
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा केही चर्चित युवा नेताहरू केन्द्रीय सदस्यको सूचीमा स्थान बनाउन लागेका छन्। प्रतिनिधि मनोनयन पश्चात् यी नयाँ अ...
मंसिर ३० गते, २०८२ - १०:१०
मकवानपुर । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुईजनामध्ये एक जनाको लडाइँबाट अन्यको मृत्यु भएको छ। राक्सिराङ–८ राजराङका ४५ वर्षीय ग...
मंसिर ३० गते, २०८२ - १०:०६
महासचिवमा प्रदीप ज्ञवालीको अडान, ओली–पोखरेल भिडन्त जारी
मंसिर ३० गते, २०८२ - १०:००
ईश्वर पोखरेल अध्यक्ष, महासचिवमा सुरेन्द्र पाण्डे तय
मंसिर ३० गते, २०८२ - ०९:४५
सिन्धुपाल्चोक । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत पर्ने इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणको काम थाल्ने सहमति भएपछि...
मंसिर ३० गते, २०८२ - ०९:३०
भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती भरपर्दो आम्दानीको आधार बन्दै गएको छ। व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार विस्तार र रा...
मंसिर ३० गते, २०८२ - ०९:१०
भत्किएका संरचना, स्क्र्याब र फुटपाथ अतिक्रमणले दुर्घटनाको जोखिम बढ्दो
मंसिर ३० गते, २०८२ - ०९:०५
खाेटाङ । राजनीति गर्दैमा अरू कुनै पेसा गर्न नहुने भन्ने मान्यता छैन। बरु राजनीतिलाई मात्रै पेसा बनाउँदा देशमा भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। यही...
मंसिर ३० गते, २०८२ - ०८:४०
काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल तातेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा लगायत दल...
मंसिर ३० गते, २०८२ - ०८:२५
काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। भ्रेपलाञ्चोकको रोशी गाउँपाल...




प्रतिकृया लेख्नुहोस्: