रामेछाप । सगरमाथा क्षेत्रतिर जाने पर्यटक बढेसँगै रामेछापको मन्थली विमानस्थल व्यस्त हुन थालेको छ ।
आन्तरिक उडानका साना विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढ्दो एअर ट्राफिक कम गर्न काठमाडौं -लुक्ला उडान बन्द गरी मन्थली-लुक्ला उडान शुरू गरिए सँगै मन्थली एयरपोर्ट भरीभराउ भएको हो ।
मन्थली–लुक्लाबीचको दूरी छोटो र मौसम अनुकूल हुने भएकाले मन्थलीबाट उडान शुरू गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए । काठमाडौंबाट लुक्ला ३० मिनेट र मन्थलीबाट लुक्ला १५ मिनेटको हवाई दूरीमा रहेको छ।
लुक्लाको मौसम छिनछिनमा परिर्वतन भइरहने र काठमाडौंबाट लुक्लाको मौसम ठीक छ भनेर उडान गर्दा त्यहाँ पुग्दा मौसम खराब भएर फर्किनुपर्ने हुँदा मन्थलीबाट त्यो समस्या झेल्नु नपर्ने निरौलाले बताए ।
बिहान सबेरैदेखि दिउँसो ढिलोसम्म पनि मौसम खुल्ने भएकाले मन्थली विमानस्थलमा उडान भर्न सहज हुने गरेको छ । मन्थलीमा उडान सञ्चालन भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप केही कम भएको प्रवक्ता निरौलाले बताए । आन्तरिक उडान भर्ने कम्पनी तारा, समिट र सीता एअरले २०७५ सालदेखि मन्थली–लुक्लाको उडान गर्दै आएका छन् ।
हाल मन्थलीबाट लुक्लामा दैनिक ११ वटा उडान हुने गरेको नागरिक उड्डयन प्राधिकरण, रामेछाप कार्यालयले जनाएको छ । यस वर्षको अक्टोबरमा मात्रै मन्थलीबाट लुक्लाका ३३४ उडान भएका छन् । मन्थलीबाट लुक्लाका लागि सामान ढुवानी गर्ने उडान पनि हुँदै आएका छन् ।
मन्थली विमानस्थल सञ्चालन भएसँगै यस क्षेत्रमा पर्यटन प्रवर्द्धन भएको मन्थली नगरपालिकाका मेयर लव श्रेष्ठ बताउँछन् । मन्थलीबाट लुक्लाको उडान हुने भएपछि विमानस्थल र आसपासको क्षेत्र पर्यटकले खचाखच भएको उनको भनाइ छ । विगतमा मन्थलीमा राम्रा होटल कम भएपनि हाल सुविधासम्पन्न होटल पनि बनेका उनले बताए ।
काठमाडौंबाट सडकमार्ग हुँदै रामेछापको मन्थली विमानस्थल पुग्न चारदेखि पाँच घण्टा लाग्छ । नियमित उडान हुन थालेपछि सोलुखुम्बु पुर्याउनुपर्ने सामान मन्थलीबाट हवाई मार्ग हुँदै लग्न थालिएको छ ।
मन्थली विमानस्थल २०३५ सालमा निर्माण भए पनि २०७५ सालदेखि मात्र सञ्चालनमा आएको हो । चार वर्षअघि स्तरोन्नति गरेपछि विमानस्थलमा आठ वटासम्म जहाज र केही हेलिकोप्टर पार्किङ गर्न सकिन्ने भएको छ । पर्यटकको चाप हुने चार महीना मात्र विमानस्थल सञ्चालन हुनेगरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - १०:१८
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा केही चर्चित युवा नेताहरू केन्द्रीय सदस्यको सूचीमा स्थान बनाउन लागेका छन्। प्रतिनिधि मनोनयन पश्चात् यी नयाँ अ...
मंसिर ३० गते, २०८२ - १०:१०
मकवानपुर । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुईजनामध्ये एक जनाको लडाइँबाट अन्यको मृत्यु भएको छ। राक्सिराङ–८ राजराङका ४५ वर्षीय ग...
मंसिर ३० गते, २०८२ - १०:०६
महासचिवमा प्रदीप ज्ञवालीको अडान, ओली–पोखरेल भिडन्त जारी
मंसिर ३० गते, २०८२ - १०:००
ईश्वर पोखरेल अध्यक्ष, महासचिवमा सुरेन्द्र पाण्डे तय
मंसिर ३० गते, २०८२ - ०९:४५
सिन्धुपाल्चोक । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत पर्ने इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणको काम थाल्ने सहमति भएपछि...
मंसिर ३० गते, २०८२ - ०९:३०
भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती भरपर्दो आम्दानीको आधार बन्दै गएको छ। व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार विस्तार र रा...
मंसिर ३० गते, २०८२ - ०९:१०
भत्किएका संरचना, स्क्र्याब र फुटपाथ अतिक्रमणले दुर्घटनाको जोखिम बढ्दो
मंसिर ३० गते, २०८२ - ०९:०५
खाेटाङ । राजनीति गर्दैमा अरू कुनै पेसा गर्न नहुने भन्ने मान्यता छैन। बरु राजनीतिलाई मात्रै पेसा बनाउँदा देशमा भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। यही...
मंसिर ३० गते, २०८२ - ०८:४०
काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल तातेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा लगायत दल...
मंसिर ३० गते, २०८२ - ०८:२५
काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। भ्रेपलाञ्चोकको रोशी गाउँपाल...




प्रतिकृया लेख्नुहोस्: