रामेछाप । सगरमाथा क्षेत्रतिर जाने पर्यटक बढेसँगै रामेछापको मन्थली विमानस्थल व्यस्त हुन थालेको छ ।
आन्तरिक उडानका साना विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढ्दो एअर ट्राफिक कम गर्न काठमाडौं -लुक्ला उडान बन्द गरी मन्थली-लुक्ला उडान शुरू गरिए सँगै मन्थली एयरपोर्ट भरीभराउ भएको हो ।
मन्थली–लुक्लाबीचको दूरी छोटो र मौसम अनुकूल हुने भएकाले मन्थलीबाट उडान शुरू गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए । काठमाडौंबाट लुक्ला ३० मिनेट र मन्थलीबाट लुक्ला १५ मिनेटको हवाई दूरीमा रहेको छ।
लुक्लाको मौसम छिनछिनमा परिर्वतन भइरहने र काठमाडौंबाट लुक्लाको मौसम ठीक छ भनेर उडान गर्दा त्यहाँ पुग्दा मौसम खराब भएर फर्किनुपर्ने हुँदा मन्थलीबाट त्यो समस्या झेल्नु नपर्ने निरौलाले बताए ।
बिहान सबेरैदेखि दिउँसो ढिलोसम्म पनि मौसम खुल्ने भएकाले मन्थली विमानस्थलमा उडान भर्न सहज हुने गरेको छ । मन्थलीमा उडान सञ्चालन भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप केही कम भएको प्रवक्ता निरौलाले बताए । आन्तरिक उडान भर्ने कम्पनी तारा, समिट र सीता एअरले २०७५ सालदेखि मन्थली–लुक्लाको उडान गर्दै आएका छन् ।
हाल मन्थलीबाट लुक्लामा दैनिक ११ वटा उडान हुने गरेको नागरिक उड्डयन प्राधिकरण, रामेछाप कार्यालयले जनाएको छ । यस वर्षको अक्टोबरमा मात्रै मन्थलीबाट लुक्लाका ३३४ उडान भएका छन् । मन्थलीबाट लुक्लाका लागि सामान ढुवानी गर्ने उडान पनि हुँदै आएका छन् ।
मन्थली विमानस्थल सञ्चालन भएसँगै यस क्षेत्रमा पर्यटन प्रवर्द्धन भएको मन्थली नगरपालिकाका मेयर लव श्रेष्ठ बताउँछन् । मन्थलीबाट लुक्लाको उडान हुने भएपछि विमानस्थल र आसपासको क्षेत्र पर्यटकले खचाखच भएको उनको भनाइ छ । विगतमा मन्थलीमा राम्रा होटल कम भएपनि हाल सुविधासम्पन्न होटल पनि बनेका उनले बताए ।
काठमाडौंबाट सडकमार्ग हुँदै रामेछापको मन्थली विमानस्थल पुग्न चारदेखि पाँच घण्टा लाग्छ । नियमित उडान हुन थालेपछि सोलुखुम्बु पुर्याउनुपर्ने सामान मन्थलीबाट हवाई मार्ग हुँदै लग्न थालिएको छ ।
मन्थली विमानस्थल २०३५ सालमा निर्माण भए पनि २०७५ सालदेखि मात्र सञ्चालनमा आएको हो । चार वर्षअघि स्तरोन्नति गरेपछि विमानस्थलमा आठ वटासम्म जहाज र केही हेलिकोप्टर पार्किङ गर्न सकिन्ने भएको छ । पर्यटकको चाप हुने चार महीना मात्र विमानस्थल सञ्चालन हुनेगरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १८ गते, २०८३ - ०९:४८
सर्लाही । सर्लाही प्रहरीले १०९ किलो गाँजासहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार सोमबार बिहान लालबन्दी नगरपालिका–१ स्थित पूर्व–पश...
श्रावण १८ गते, २०८३ - ०९:४५
झापा । झापाको कन्काई नगरपालिका–४ कोटीहोममा पिकअप गाडीको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार सोमबार बिहा...
श्रावण १८ गते, २०८३ - ०९:३७
काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यकासहित देशका २५ भन्दा बढी जिल्लाका साना नदी तथा खोलामा आज आकस्...
श्रावण १८ गते, २०८३ - ०९:३१
काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग तथा सडक खण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीले सोमबार बिहान साढे ६ बजेसम...
श्रावण १८ गते, २०८३ - ०९:२२
विराटनगर । नेकपा (एमाले) का सचिव तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीमाथि आफ्नै पार्टीभित्र राजनीतिक दबाब बढेको छ। पार्टी अध्यक्ष केपी शर...
श्रावण १८ गते, २०८३ - ०९:२०
विराटनगर । विराटनगरस्थित व्यापारिक घराना देवनरा समूहका अध्यक्ष तथा उद्योगी प्रकाश मुन्दडाको घर र कार्यालयमा प्रहरीले सोमबार बिहान छापा मारेको छ। प्...
श्रावण १८ गते, २०८३ - ०९:१४
काठमाडौं । रोल्पा जिल्लाको इरीवाङ आसपास केन्द्रबिन्दु भएर सोमबार बिहान ४.४ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द...
श्रावण १८ गते, २०८३ - ०९:११
भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले सार्वजनिक शान्ति सुरक्षासम्बन्धी कसुरमा पक्राउ गरी हिरासतमा राखेको छ। प्रहरीका अ...
श्रावण १७ गते, २०८३ - २३:५२
काठमाडौँ । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेक...
श्रावण १७ गते, २०८३ - ०९:५१
रोल्पा । वर्षाको मौसमसँगै रोल्पाको प्रसिद्ध पर्यटकीय गन्तव्य जलजला यतिबेला रङ्गीबिरङ्गी दुर्लभ बुकी फूलले ढकमक्क ढाकिएको छ। हरिया फाँट, कुहिरोले ढाकिए...



प्रतिकृया लेख्नुहोस्: