खोटाङ । गोरु काटेर सामुहिक भोज खाएको आरोपमा जिल्ला प्रहरी कार्यालय खोटाङले चार जना स्थानीयलाई पक्राउ गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित मसानेडाँडामा सोमबार दिउँसो गोरु काटेर सामुहिक भोज खाएको आरोपमा सोही स्थानका २१ वर्षीय डिकमान तामाङ, ४० वर्षीय तेजबहादुर तामाङ र ३५ वर्षीय गोपाल तामाङ तथा रावाबेँसी गाउँपालिका–६ हौँचुरका २७ वर्षीय बादल गुरुङलाई प्रहरीले मङ्गलबार पक्राउ गरेको हो ।
बादल गुरुङ लगायतका स्थानीयले गोरु काटेर सामुहिक भोज खाएको भन्ने सूचनाको आधारमा अनुसन्धानका लागि गुरुङसहित चार जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक टीकाराज बरालले जानकारी दिए । प्रहरी चौकी जालपाबाट खटिएर गएका टोलीले नियन्त्रणमा लिएका गुरुङसहित चारै जनालाई दिक्तेलस्थित प्रहरी हिरासतमा राखेर अनुसन्धान शुरु गरिएको छ । भर्खरै नियन्त्रणमा लिइएकाले घटनाको बारेमा केही खुल्न नसकेकाे उनले बताए । अनुसन्धानमा गोरु काटेर सामुहिक भोज खाएको पुष्टि भएको खण्डमा कानून बमोजिम कारबाही हुने उनकाे भनाइ छ ।
मङ्गोल नेसनल अर्गनाइजेसन पार्टीका कार्यकर्ता बताउने समूहले सोमबार साँस्कृतिक क्रान्ति भन्दै मसानेडाँडामा गोरु काटेर सामुहिक भोज खाएको भिडियो र तस्वीर सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक भएको थियो । मुलबासी न्यूज नामक सामाजिक सञ्जाल फेसबुकमाबाट गोरु काटेर सामुहिक भोज खाएको भिडियो र तस्वीर सार्वजनिक भएपछि जिल्लामा अहिले पक्ष र बिपक्षमा बहस शुरु भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १ गते, २०८२ - २१:२२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ प्राप्त ५७ सिटका लागि उम्मेदवारहरूको नाम निर्वाचन आयोग...
चैत्र १ गते, २०८२ - २१:२०
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम सार्वजनिक भएसँगै संघीय लोकतान्त्रिक मोर्चाले जारी गरेको विज्ञप्तिले राष्ट्रिय राजनीतिमा नयाँ बहस जन्मा...
चैत्र १ गते, २०८२ - २०:४३
गोरखा । गोरखाको सहिद लखन गाउँपालिका–३ कानटार नजिकै भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय नागरिकको शव भारतीय दूतावासलाई हस्तान्तरण गरिएको छ। प्र...
चैत्र १ गते, २०८२ - २०:३४
विराटनगर । मोरङको जहदामा आइतबार साँझ भारतीय नम्बर प्लेटको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जहदा गाउँपालिका–१ भुटाहामा साँझ ६ः२० बजेतिर ...
चैत्र १ गते, २०८२ - १९:४७
बागलुङ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का गण्डकी प्रदेश अध्यक्ष नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । प्रलोपाका केन्द्रीय सदस्...
चैत्र १ गते, २०८२ - १९:२९
काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरु प्रधानमन्त्री शुशीला कार्कीलाई भेट्न बालुवाटार पुगेका छन् । कांग्रेस सभापति गगन थापा, उपसभापतिद्वय विश्वप्र...
चैत्र १ गते, २०८२ - १९:२७
दोधारा चाँदनी (कञ्चनपुर) । कञ्चनपुरमा कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आज भीमदत्त नगरपालिका–४...
चैत्र १ गते, २०८२ - १९:२६
काठमाडौं । मजदुरहरूले वर्षौँको पसिनाबाट जोगाएर जम्मा गरेको बचत रकम अलपत्र परेको छ। मजदुर शहीद स्मृति उपभोक्ता सहकारी संस्था लिमिटेड लामो समयदेखि बन्द ...
चैत्र १ गते, २०८२ - १९:२२
ग्यास अभाव कि व्यवस्थापनको कमजोरी ?
चैत्र १ गते, २०८२ - १९:०९
काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्य चुनिने व्यक्तिहरूको नाम निर्वाचन आयोगमा बुझाएको छ। आइतबार पार्टी केन्द्रीय का...


प्रतिकृया लेख्नुहोस्: