काठमाडौं । सरकारले असोज २१ गतेदेखि दसैं तिहार लगायतका चाडपर्व लक्षित सुहुलियत पसल सञ्चालन गर्ने भएको छ । दसैं, तिहार र छव पर्वहरुलाई लक्षित गरी असोज २१ गते देखि मंसिर ३ गतेसम्म यस्ता पसल सञ्चालन गरिने भएकाे हाे ।
उपभोक्ताहरुको हितलाई ध्यानमा राखी उपभोग्य अत्यावश्यक खाद्य वस्तुहरुको बजार मूल्य नियन्त्रण र गुणस्तरीयता कायम गरी सरल, सहज र सर्वसुलभ रुपमा दैनिक उपभोग्य खाद्य वस्तुहरु उपलव्ध गराउने उद्देश्यले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अन्तर्गत रहेका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले सुपथ मूल्य पसल सञ्चालन गर्ने बताइएकाे छ ।
काठमाडौंको थापाथली, रामशाहपथ ललितपुरको नख्खु, भक्तपुरको सूर्यविनायक गरी ४ स्थानमा सहुलियत पसल सञ्चालन हुने मन्त्रालयले जनाएकाे छ । त्यस्ता सहुलियत पसलका सबै किसिमको चामल (मोटा/मसिनो/लङग्रेन), दालहरु, गहुँ, आटा, पिठो, मैदा, तोरीको तेल, सनफ्लावर तेल, भट्मासको तेल र चिउरा प्रतिकेजी ७ रुपैयाँ, कर्णालीको सिमी/गेडागुडीहरु, फापरको दाना, चिनो, कागुनो र उवा तथा जिउँदो खसी/बोका/च्याङ्गरा प्रतिकेजी १० रुपैयाँ सहुलियतमा पाइने मन्त्रालयले जनाएको छ ।
साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडका काठमाडौं उपत्यकामा रहेका ८ वटा बिक्री केन्द्र र ३ वटा घुम्ती पसलबाट सहुलियतमा सामान खरिद गर्न सकिने छ । नुन प्रतिकेजी २ र अन्य खाद्य वस्तुहरु मध्ये तेल र चिउरामा प्रति केजी ७ रुपैयाँ सहुलियत कार्यविधिमा जनाइएको छ ।
दुग्ध विकास संस्थानले पनि सहुलियतमा दुग्ध उत्पादनहरु बिक्री वितरण गर्नेछ । त्यसका लागि एकीकृत पसल लगायत लैनचौर, न्यूरोड र खुमलटारमा छुट दिने व्यवस्था गरिएको छ । घ्यू प्रतिकेजी २०, पनीर २०० ग्राममा २० र पनीर ५०० ग्राममा ५० रुपैयाँ छुट हुनेछ ।
त्यस्तै काठमाडौं बाहिर मोरङ्ग, झापा, ताप्लेजुङ्ग, संखुवासभा, सोलुखुम्बु, खाेटँङकाे दिक्तेल, भोजपुर, ओखलढुँङ्गा, खोटाङ्ग, सिरहा, जनकपुर, पर्सा, ललितपुर, भक्तपुर, कास्की, तनहुँ, गोरखा, मनाङ्ग, मुस्ताङ्ग, रुपन्देही, बाँके, दाङ्ग, बर्दिया, रुकुम पूर्व, पश्चिम, रोल्पा, सुर्खेत, गुल्मी, दैलेख, डोल्पा, कालीकोट, हुम्ला, जाजरकोट, जुम्ला, मुगु, कैलाली, डंडेलधुरा, बाजुरा, बझाङ्ग, अछाम, दार्चुला, महेन्द्रनगर गरी जम्मा ४२ जिल्लाका ४८ स्थानमा सहुलियत पसल सञ्चालन हुनेछ ।
दुग्ध विकास संस्थाले विराटनगर, जनकपुर-ढल्केवर, जनकपुर हेटौंडा, कोहलपुर, नेपालगंज, अत्तरिया, धनगढी, बुटवल गरी जम्मा ११ स्थान सहित एकिकृत घुम्ती सेवा पसल सञ्चालन गर्नेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - १०:१८
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा केही चर्चित युवा नेताहरू केन्द्रीय सदस्यको सूचीमा स्थान बनाउन लागेका छन्। प्रतिनिधि मनोनयन पश्चात् यी नयाँ अ...
मंसिर ३० गते, २०८२ - १०:१०
मकवानपुर । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुईजनामध्ये एक जनाको लडाइँबाट अन्यको मृत्यु भएको छ। राक्सिराङ–८ राजराङका ४५ वर्षीय ग...
मंसिर ३० गते, २०८२ - १०:०६
महासचिवमा प्रदीप ज्ञवालीको अडान, ओली–पोखरेल भिडन्त जारी
मंसिर ३० गते, २०८२ - १०:००
ईश्वर पोखरेल अध्यक्ष, महासचिवमा सुरेन्द्र पाण्डे तय
मंसिर ३० गते, २०८२ - ०९:४५
सिन्धुपाल्चोक । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत पर्ने इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणको काम थाल्ने सहमति भएपछि...
मंसिर ३० गते, २०८२ - ०९:३०
भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती भरपर्दो आम्दानीको आधार बन्दै गएको छ। व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार विस्तार र रा...
मंसिर ३० गते, २०८२ - ०९:१०
भत्किएका संरचना, स्क्र्याब र फुटपाथ अतिक्रमणले दुर्घटनाको जोखिम बढ्दो
मंसिर ३० गते, २०८२ - ०९:०५
खाेटाङ । राजनीति गर्दैमा अरू कुनै पेसा गर्न नहुने भन्ने मान्यता छैन। बरु राजनीतिलाई मात्रै पेसा बनाउँदा देशमा भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। यही...
मंसिर ३० गते, २०८२ - ०८:४०
काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल तातेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा लगायत दल...
मंसिर ३० गते, २०८२ - ०८:२५
काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। भ्रेपलाञ्चोकको रोशी गाउँपाल...




प्रतिकृया लेख्नुहोस्: