Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

प्रेम चलाउनेको मुद्दा 'हेर्दाहेर्दै'मा, भोलि पूर्ण सुनुवाइ हुने

खबरडबली संवाददाता

काठमाडौं।  त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेको ज्यान मार्ने उद्योगको मुद्दामा आजदेखि सुनुवाइ सुरु भएको छ । जिल्ला अदालत काठमाडौंमा न्यायाधीश उत्तम सिलवालको इजलासमा सुनुवाइ सुरु भएको हो ।

पहिलो दिन आज चलाउनेको तर्फबाट कानुन व्यवसायीहरू वसन्त जोशी, चन्द्रप्रसाद सँजेल र रमेश बडालले बहस गरेका छन् । अभियुक्तको तर्फबाट उज्वलराम घिमिरेले बहस गरेका छन् ।

सबै कानुन व्यवसायीहरूको बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दमा राखिएको छ । भोलि नै पूर्ण सुनुवाइ गर्ने इजलासको तयारी छ ।

चलाउनेको तर्फबाट कानुन व्यवसायीहरू जोशी, सँजेल र बडालसहित २९ जनाले बहस गर्दै छन् । जसमा ओमप्रकाश अर्याल, राधिका खतिवडा, सुरज बस्नेत, सुनिता राउत बस्नेत, टीकाबहादुर कुँवर, भूपाल बस्नेत, रामबहादुर खड‌का, दिनेश त्रिपाठी, सुरेन्द्र भण्डारी, मोहना अन्सारी, त्रिलोकबहादुर चन्द, ज्ञानेन्द्र आरण, शिवराज श्रेष्ठ, इन्द्र अर्याल, राजुप्रसाद चापागाई, श्रीकान्त बराल, चन्द्रप्रसाद भुसाल रहेका छन् ।

यसैगरी युवराज शर्मा, ईश्वरी भट्टराई, जितेन्द्र मडई, हरि पँगेनी, रामचन्द्र पौडेल, यासुव घिमिरे, पुनदेवी महर्जन, भोजराज आचार्य र विरभद्र जोशीले पनि चलाउनेको पक्षमा बहस गर्न नाम टिपाएका छन् । 

चलाउनेमाथि ०७७ असोज २० गते नेविसंघका विद्यार्थी नेताहरूले सांघातिक आक्रमण गरेका थिए ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending