काठमाडौं । इन्डोनेसियाकी टिकटकर लिना लुत्फियावाटिसलाई सुँगुरको मासु खाएको भिडिओ बनाएर टिकटकमा पोस्ट गरेको अभियोगमा कडा सजाय सुनाइएको छ । उनलाई गत साता इन्डोनेसियाको मुस्लिम संस्था ‘उलेमा काउन्सिल’ ले दुई वर्ष जेलका साथै १६,२६९ डलर (करिब साढे २१ लाख रूपैयाँ) जरिवाना तोकेको हो ।
लिनाले विभिन्न मासुजन्य व्यञ्जनहरूको भिडिओ बनाएर टिकटकमा पोस्ट गर्ने गरेकी थिइन् । यसले नै उनलाई ख्याति दिलाएको थियो । उनले अहिलेसम्म माछा, गँगटा, शंखेकिरा, झिँगेमाछा तथा विभिन्न जनावरका मासुजन्य परिकारको भिडिओ बनाएर हालिसकेकी छन् । तर, सुँगुरको मासु खाएको भिडिओ भने उनका निम्ति महंगो पर्यो ।
इन्डोनेसिया मुस्लिम बाहुल्य मुलुक हो । यहाँको २५ करोड ५० लाख जनसंख्यामा झण्डै ९० प्रतिशत हिस्सा मुस्लिमहरूले ओगटेका छन् । विश्वको सबैभन्दा ठूलो मुस्लिम जनसंख्या भएको मुलुक इन्डोनेसिया नै हो । यहाँ सुँगुर खानमात्र होइन, छुनसमेत बर्जित छ । लिना भने हिन्दू धर्मावलम्वी हुन् । उनले खान सुरू गर्नुभन्दा अगाडि ‘बिस्मिल्लाह’ भनेकी थिइन् ।
टिकटकमा लाखौं फलोअर्स भएकी लिनाले पोस्ट गरेको भिडिओले इन्डोनेसियामा हंगामा नै मच्चिएको थियो । धर्मनिरपेक्ष प्रजातान्त्रिक मुलुक भए पनि इन्डोनेसियामा ईश्वर निन्दासम्वन्धी कडा कानून छ । त्यसै अन्तरगत उनीमाथि मुद्दा लगाइएको हो । सन् २०१७ मा चुनावी अभियानका क्रममा कुरानको अपमान गरेको आरोपमा यही कानून अन्तरगत जाकार्ताका तत्कालीन गभर्नर बासुकी त्जाहाजा पुर्नामालाई दुई वर्षको जेल सजाय सुनाइएको थियो । त्यतिमात्र होइन, आफ्नो घरनजिकको मस्जिदमा लाउडस्पिकर बजाइएको भनेर गुनासो गरेकी एक बुद्धिष्ट महिलालाई यही कानूनमा टेकेर १८ महिना जेल राखिएको थियो ।
लिनाले आफ्नो गल्ती स्वीकार्दै कयौंपटक माफीसमेत मागेकी थिइन् । उनले पत्रकारहरुसँग भनिन्, ‘मैले गलत गरिरहेको छु भन्ने थाहा थियो, तर दुई वर्षको जेल सजाय अपेक्षा गरेको थिइनँ ।’
लिना जाकार्तामा बस्छिन् भने उनको व्यवसायीक कारोबार भारतमा पनि छ । उनी टिकटकमा लिना मुखर्जीको नाममा भिडिओ पोस्ट गर्ने गर्छिन् । पोर्क खाएको भिडिओ भने उनले आफ्नो अफिसियल अकाउन्टबाट नभइ वैकल्पिक अकाउन्टबाट पोस्ट गरेकी थिइन् । भिडिओमा उनले यसअघि दुईपटक सुँगुरको मासु खाएको बताएकी छिन् ।
पहिलो बाइट लिएपछि उनी भन्छिन्, ‘टिकटकमा भनिएजस्तो स्वादिष्ट रहेनछ । मलाई खासै स्पेसल लागेन ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - १०:१८
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा केही चर्चित युवा नेताहरू केन्द्रीय सदस्यको सूचीमा स्थान बनाउन लागेका छन्। प्रतिनिधि मनोनयन पश्चात् यी नयाँ अ...
मंसिर ३० गते, २०८२ - १०:१०
मकवानपुर । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुईजनामध्ये एक जनाको लडाइँबाट अन्यको मृत्यु भएको छ। राक्सिराङ–८ राजराङका ४५ वर्षीय ग...
मंसिर ३० गते, २०८२ - १०:०६
महासचिवमा प्रदीप ज्ञवालीको अडान, ओली–पोखरेल भिडन्त जारी
मंसिर ३० गते, २०८२ - १०:००
ईश्वर पोखरेल अध्यक्ष, महासचिवमा सुरेन्द्र पाण्डे तय
मंसिर ३० गते, २०८२ - ०९:४५
सिन्धुपाल्चोक । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत पर्ने इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणको काम थाल्ने सहमति भएपछि...
मंसिर ३० गते, २०८२ - ०९:३०
भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती भरपर्दो आम्दानीको आधार बन्दै गएको छ। व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार विस्तार र रा...
मंसिर ३० गते, २०८२ - ०९:१०
भत्किएका संरचना, स्क्र्याब र फुटपाथ अतिक्रमणले दुर्घटनाको जोखिम बढ्दो
मंसिर ३० गते, २०८२ - ०९:०५
खाेटाङ । राजनीति गर्दैमा अरू कुनै पेसा गर्न नहुने भन्ने मान्यता छैन। बरु राजनीतिलाई मात्रै पेसा बनाउँदा देशमा भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। यही...
मंसिर ३० गते, २०८२ - ०८:४०
काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल तातेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा लगायत दल...
मंसिर ३० गते, २०८२ - ०८:२५
काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। भ्रेपलाञ्चोकको रोशी गाउँपाल...




प्रतिकृया लेख्नुहोस्: