काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले टोपबहादुर रायमाझीलाई प्रतिशोध साँधेको बताएका छन् । प्राइम टाइम टेलिभिजनको एक कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओली सो प्रतिक्रिया दिएका हुन्।
ओलीले शरणर्थी प्रकरणमा अदालतको फैसला आओस् भनेर आफूले केही नबोलेको प्रतिक्रिया दिएका छन् । अध्यक्ष ओलीले माओवादी पार्टी छाडेर एमालेमा लागेको प्रतिशोध रायमाझीमाथि प्रचण्ड र नारायणकाजी श्रेष्ठले लिएको बताए।
‘टोपबहादुर रायमाझीले हिजो पार्टी छाडेकाले प्रतिशोध लिन गरिएको हो । नत्र साढे ९ किलो सुन प्रकरणमा २५४ पटक फोन गर्नेलाई बयान समेत नलिने सरकारले फोटो खिचेको आधारमा थुन्ने?’, ओलीले भने, ‘सरकारको आलोचना गरेका कारण कांग्रेसको सांसद सुनिल शर्मालाई थुन्ने सरकारले क्वीन्टल सुन बोक्ने माओवादी नेताहरूलाई बयानसमेत लिएन।’
ओलीले अदालतमा मुद्दा दर्ता भएकाले पार्टीले सचिवबाट निलम्बन गरेर सफाइको लागि मौका दिएको भन्दै सरकार आफ्ना मान्छेलाई जतिसुकै अपराध र तस्करी गरे पनि जोगाउने र सरकारको विरोध गर्नेलाई फसाउने काममा खुलेआम लागेको बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - ०८:३७
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्र...
पौष ५ गते, २०८२ - ०८:३५
खोटाङ । नेपाल सरकारले बाँसबाट निर्माण हुने भौतिक संरचनाको डिजाइनसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक गरेपछि दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका जनप्रति...
पौष ५ गते, २०८२ - ०८:३३
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज चितवनको भरतपुर महानगरपालिका–१० स्थित चौबीसकोटीमा विशेष कार्यक्रम आयोजना गर्दैछ । बिहान ११ बजे सुर...
पौष ५ गते, २०८२ - ०८:२५
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर कूल १० हजार ९६७ मतदानस्थल कायम गरिएको छ । निर्वाचन आयोगले मतदातालाई सहज रू...
पौष ५ गते, २०८२ - ०७:४८
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले जेन्जी आन्दोलनको भावनाअनुसार वर्तमान सरकारले सुशासन र निष्पक्ष निर्वाचनलाई आफ्नो अर्जुन दृष्टि बनाएको बताएकी ...
पौष ५ गते, २०८२ - ०७:४५
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज काठमाडौँमा एकता सन्देश सभा आयोजना गर्दैछ । भृकुटीमण्डपमा हुने उक्त सभामा करिब ५० हजार जनाको सहभागिता ...
पौष ४ गते, २०८२ - ११:३२
कञ्चनपुर । बाक्लो हुस्सु र लगातारको शीतलहरले पश्चिम तराईका जिल्लामा चिसो बढाएको छ। धनगढी, कञ्चनपुर लगायतका क्षेत्रमा दिनभर हुस्सु र चिसोको सामना गर्नु...
पौष ४ गते, २०८२ - ११:३२
काठमाडौँ । नेकपा एमालेका उपमहासचिव विष्णु प्रसाद रिमालले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन असाधारण भएको बताएका छन्। उनले महाधिवेशनमा गरिमा, उत्साह र स...
पौष ४ गते, २०८२ - १०:५९
काठमाडौँ । यस वर्ष काठमाडौँ महानगरपालिकामा सञ्चालनमा रहेका ३९ वटा विद्यालयले नेपालीपन झल्किने गरी विद्यालयको नाम परिवर्तन गरेका छन् । गत वर्षदेखि नै क...
पौष ४ गते, २०८२ - १०:५७
मोरङ । सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव बेचबिखन गम्भीर अपराध भएकाले यसको रोकथाम गर्न सरकार संवेदनशील रहेको बता...




प्रतिकृया लेख्नुहोस्: