Khabar Dabali २१ फाल्गुन २०८२ बिहीबार | 5th March, 2026 Thu
Investment bank

८४ वर्षीय वरिष्ठ फोटोग्राफर श्रीधरलाल मानन्धर 'वरिष्ठ फाेटाे पत्रकारिता सम्मान' बाट सम्मानित

खबरडबली संवाददाता

काठमाडाैं । वरिष्ठ फोटोग्राफर श्रीधरलाल मानन्धर सम्मानित भएका छन् । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) ले आफ्नो २६औँ वार्षिक साधारणसभाको अवसरमा ८४ वर्षे मानन्धरलाई ‘वरिष्ठ फोटो पत्रकार’का रूपमा सम्मान गरेको हो ।

काठमाडौंको तीनकुनेमा शनिबार साँझ आयोजित कार्यक्रमममा वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतोले दोसल्ला ओढाएर फोटोग्राफर मानन्धरलाई सम्मान गरे । १० वर्षको उमेरमै क्यामेरा भिरेका मानन्धरले झण्डै सात दशक फोटो खिचेका थिए ।

मानन्धरले २००७ सालदेखि २०७० सम्म फोटोग्राफी गरेका थिए । कला, संस्कृति, खेल, व्यापारिकदेखि प्रेस फोटोग्राफीसम्ममा उनको लामो अनुभव छ । यस अवधिमा उनले नेपाली फोटोकारितामा नयाँ आयामहरू भित्र्याएका वरिष्ठ फाेटाे पत्रकार विकास राैनियार बताउँछन् । 

उनका अनुसार, १९७० को दशकमा नेपालमा रंगीन फोटो खिच्ने व्यक्ति श्रीधरलाल नै थिए । १० वर्षअघि प्यारालाइसिस भएपछि उनी चाहेर पनि क्यामेरा चलाउन नसक्ने भएका छन् । एनएफपीजेको सम्मान ग्रहण गर्न उनी आफ्ना नातीको सहयोगमा कार्यक्रम स्थलमा पुगेका थिए । 

यसैगरी, राम गुरुङ, शेखर चौलागाईं र प्रवीण श्रेष्ठ पनि एनएफपीजे 'वरिष्ठ फोटो पत्रकार सम्मान'बाट सम्मानित भए । उनीहरूलाई वन तथा वातावरणमन्त्री महतोले दोसल्ला तथा प्रमाणपत्रले सम्मान गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि मन्त्री महतोले फोटोकारितामार्फत नेपालको सर्वपक्षीय प्रचार र खबरदारी गर्ने फोटो पत्रकारहरूलाई सम्मान गर्न पाउँदा गर्व महसुस भएको बताए । विशिष्ट अतिथिका रूपमा पुगेका सांसद रामहरि खतिवडाले नेताको घण्टौं लामो भाषणभन्दा फोटो पत्रकारको एउटै फोटोले सशक्त कथा भन्ने बताए । 


एनएफपीजेका वरिष्ठ उपाध्यक्ष एवम् कार्यक्रमका सभापति सुशील श्रेष्ठले फोटोग्राफीका हस्तीहरूलाई सम्मान र अनुजहरूलाई प्रोत्साहन गर्दै जाने नीति संस्थाको रहेको बताए । कार्यबाहक महासचिव घनश्याम श्रेष्ठले अहिलेसम्म संस्थाले गरेका कामको समीक्षासँगै आगामी योजनाबारे प्रकाश पारे । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

खारेज भएका उम्मेदवारको चिह्नमा मत नहाल्न आयोगको आग्रह

काठमाडौँ । निर्वाचन आयोगले भोलि फागुन २१ गते हुने मतदानमा खारेज भएका उम्मेदवारहरूको चिह्नमा मत नहाल्न सर्वसाधारणलाई आग्रह गरेको छ। मतपत्रमा यी चिह्नहर...

दोलखामा सुरक्षा कडा, शान्तिपूर्ण मतदानको तयारी

  दोलखा । देशकै सबैभन्दा सुरक्षा संवेदनशील जिल्लामध्ये पर्ने दोलखामा प्रतिनिधि सभा निर्वाचनको लागि सुरक्षा व्यवस्था कडा पारिएको छ। जिल्लाभर ९५ मतदा...

सिरहाको गोलबजारमा दुई पक्षबीच झडप, तीन घाइते

जनकपुरधाम ।  सिरहाको गोलबजार नगरपालिका–११ मा दुई राजनीतिक पक्षबीच भएको झडपमा तीन जना घाइते भएका छन्। घाइतेमध्ये एक जना वडाध्यक्षसमेत रहेका छन्। घाइ...

श्रीलंका नजिकै इरानी युद्धपोतमा अमेरिकी आक्रमण, ८० नौसैनिकको मृत्यु

कोलम्बो । अमेरिकाले श्रीलंका नजिकै हिन्द महासागरमा भारतबाट फर्किरहेको एक इरानी युद्धपोतलाई आक्रमण गरी डुबाएको छ । श्रीलंकाली सरकारले दिएको जानकारी अनु...

मतदान केन्द्रमा खटिएका कर्मचारी नै पक्राउ परेपछि‍‍‍‍....

विराटनगर । मतदान केन्द्रमा खटिएका एक जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार मोरङको सुनवर्षी नगरपालिका वडा नम्बर ६ स्थित पटियापाडा माविको (ग)...

शान्तिपूर्ण निर्वाचनमा संयोजक प्रचण्ड विश्वस्त

चितवन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न हुनेमा आफू विश्वस्त...

सिन्धुलीमा बसको ठक्करबाट एक जनाको मृत्यु

सिन्धुली । बिपी राजमार्गअन्र्तगत सिन्धुलीको कमलामाई नगरपालिका–४ हिरापानीमा बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ। आज दिउँसो काठमाड...

चुनावी मैदानमा भए पनि आफ्नै भोटबाट वञ्चित भए यी पाँच नेता

काठमाडौं । प्रतिनिधि सभाको निर्वाचन भोलि हुँदै छ। देशभर चुनावी माहोल तातेका बेला केही चर्चित शीर्ष नेताहरू भने आफू उम्मेदवार भएको निर्वाचन क्षेत्रमा म...

अफगानिस्तानमा हरित क्षेत्र विस्तारको नयाँ कार्यक्रम

काठमाडाैँ । अफगानिस्तान सरकारले वातावरण संरक्षण र हरित क्षेत्र विस्तारलाई उच्च प्राथमिकतामा राख्दै देशव्यापी वृक्षारोपण अभियान सुरु गरेको छ । उक्त अभि...

लेबनान सीमामा द्वन्द्व बढ्दै, सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सर्न आग्रह

काठमाडाैँ । इजरायलले दक्षिणी लेबनानका बासिन्दालाई तत्काल सुरक्षित स्थानतर्फ सर्न आदेश दिएको छ । इजरायली सेनाले हवाई आक्रमणलाई तीव्र बनाउँदै स्थलमार्गब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE