काठमाडाैं । वरिष्ठ फोटोग्राफर श्रीधरलाल मानन्धर सम्मानित भएका छन् । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) ले आफ्नो २६औँ वार्षिक साधारणसभाको अवसरमा ८४ वर्षे मानन्धरलाई ‘वरिष्ठ फोटो पत्रकार’का रूपमा सम्मान गरेको हो ।
काठमाडौंको तीनकुनेमा शनिबार साँझ आयोजित कार्यक्रमममा वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतोले दोसल्ला ओढाएर फोटोग्राफर मानन्धरलाई सम्मान गरे । १० वर्षको उमेरमै क्यामेरा भिरेका मानन्धरले झण्डै सात दशक फोटो खिचेका थिए ।
मानन्धरले २००७ सालदेखि २०७० सम्म फोटोग्राफी गरेका थिए । कला, संस्कृति, खेल, व्यापारिकदेखि प्रेस फोटोग्राफीसम्ममा उनको लामो अनुभव छ । यस अवधिमा उनले नेपाली फोटोकारितामा नयाँ आयामहरू भित्र्याएका वरिष्ठ फाेटाे पत्रकार विकास राैनियार बताउँछन् ।
उनका अनुसार, १९७० को दशकमा नेपालमा रंगीन फोटो खिच्ने व्यक्ति श्रीधरलाल नै थिए । १० वर्षअघि प्यारालाइसिस भएपछि उनी चाहेर पनि क्यामेरा चलाउन नसक्ने भएका छन् । एनएफपीजेको सम्मान ग्रहण गर्न उनी आफ्ना नातीको सहयोगमा कार्यक्रम स्थलमा पुगेका थिए ।
यसैगरी, राम गुरुङ, शेखर चौलागाईं र प्रवीण श्रेष्ठ पनि एनएफपीजे 'वरिष्ठ फोटो पत्रकार सम्मान'बाट सम्मानित भए । उनीहरूलाई वन तथा वातावरणमन्त्री महतोले दोसल्ला तथा प्रमाणपत्रले सम्मान गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि मन्त्री महतोले फोटोकारितामार्फत नेपालको सर्वपक्षीय प्रचार र खबरदारी गर्ने फोटो पत्रकारहरूलाई सम्मान गर्न पाउँदा गर्व महसुस भएको बताए । विशिष्ट अतिथिका रूपमा पुगेका सांसद रामहरि खतिवडाले नेताको घण्टौं लामो भाषणभन्दा फोटो पत्रकारको एउटै फोटोले सशक्त कथा भन्ने बताए ।
एनएफपीजेका वरिष्ठ उपाध्यक्ष एवम् कार्यक्रमका सभापति सुशील श्रेष्ठले फोटोग्राफीका हस्तीहरूलाई सम्मान र अनुजहरूलाई प्रोत्साहन गर्दै जाने नीति संस्थाको रहेको बताए । कार्यबाहक महासचिव घनश्याम श्रेष्ठले अहिलेसम्म संस्थाले गरेका कामको समीक्षासँगै आगामी योजनाबारे प्रकाश पारे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - ०९:४१
भोजपुर । भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...
पौष ५ गते, २०८२ - ०९:४०
काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...
पौष ५ गते, २०८२ - ०९:३४
पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...
पौष ५ गते, २०८२ - ०९:३२
पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...
पौष ५ गते, २०८२ - ०९:२८
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...
पौष ५ गते, २०८२ - ०९:२४
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...
पौष ५ गते, २०८२ - ०९:२१
तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...
पौष ५ गते, २०८२ - ०९:१८
काठमाडौँ । प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...
पौष ५ गते, २०८२ - ०९:१५
झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी
पौष ५ गते, २०८२ - ०९:०१
काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...




प्रतिकृया लेख्नुहोस्: