दोलखा । सामुदायिक विद्यालयका शिक्षक काठमाडौँ केन्द्रित विरोधमा उत्रिएका कारण मुलुकभरका सामुदायिक विद्यालय बन्द छन् । तर, दोलखाको शैलुङ गाउँपालिका–५ मा रहेको वीरेन्द्र माध्यमिक विद्यालयमा भने पठनपाठन निरन्तर चलिरहेको छ ।
यस विद्यालयमा पठनपाठन सुचारु भएको वडाध्यक्ष दिलकुमार तामाङले जानकारी दिए । कक्षा १–१२ सञ्चालन भइरहेको यस विद्यालयका २०५ विद्यार्थीमध्ये शुक्रबार ७२ जना विद्यार्थी उपस्थित भए । अन्योलकै बिच बिहीबार विद्यालयमा २६ जना विद्यार्थीको उपस्थिति थियो ।
विद्यालय खुले र पठनपाठन भए पनि शिक्षकको उपस्थिति भने भएन । वडाध्यक्ष तामाङकै पहलमा विद्यालय सुचारु गरिएको हो । पाठ्यपुस्तककै पढाइ नभए पनि गाउँपालिकाकाका स्वास्थ्य, कृषिलगायतका कर्मचारी र अभिभावकले विद्यार्थीलाई समसामयिक रोग, पोषण, कलालगायतका विषयमा जानकारी गराएका थिए । सरकारले शिक्षकको विरोधको गाँठो चाँडै फुकाएर पठनपाठन सुचारु गर्न पहल गर्नुपर्ने देखिएको वडाध्यक्ष तामाङले बताए । विद्यालय बन्दको अवधि लम्बिए विकल्प तयार गरेर विद्यालय भने सुचारु गर्ने उनले बताए।
दोलखा जिल्लामा ३३७ वटा सामुदायिक विद्यालयमा एक हजार ९०७ शिक्षक छन् । उहाँहरू अहिले विद्यालय शिक्षा विधेयकको विरोधमा छन् । यी विद्यालयमा पठनपाठन नहुँदा दोलखाका २९ हजार ८०२ विद्यार्थी प्रभावित भएका छन् । बुधबार सार्वजनिक बिदा रहेकाले पठनपाठन बन्द नै रहेको र बिहीबार विद्यालय खोल्नुपर्नेमा शिक्षक उपस्थित नहुँदा पूर्ण रूपमा पठनपाठन बन्द हुन पुगेको शिक्षा विकास तथा समन्वय एकाइ दोलखाका प्रमुख शङ्करबाबु श्रेष्ठले बताए ।
शिक्षक महासङ्घ राष्ट्रिय समितिले संसद्मा दर्ता गराएको शिक्षा विधेयकलाई लिएर देशभरका शिक्षकलाई आन्दोलनमा उत्रन आह्वान गरेपछि बुधबारदेखि नै शिक्षकहरू काठमाडौँ गएपछि बिहीबारदेखि नै पठनपाठन बन्द भएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - ११:३२
कञ्चनपुर । बाक्लो हुस्सु र लगातारको शीतलहरले पश्चिम तराईका जिल्लामा चिसो बढाएको छ। धनगढी, कञ्चनपुर लगायतका क्षेत्रमा दिनभर हुस्सु र चिसोको सामना गर्नु...
पौष ४ गते, २०८२ - ११:३२
काठमाडौँ । नेकपा एमालेका उपमहासचिव विष्णु प्रसाद रिमालले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन असाधारण भएको बताएका छन्। उनले महाधिवेशनमा गरिमा, उत्साह र स...
पौष ४ गते, २०८२ - १०:५९
काठमाडौँ । यस वर्ष काठमाडौँ महानगरपालिकामा सञ्चालनमा रहेका ३९ वटा विद्यालयले नेपालीपन झल्किने गरी विद्यालयको नाम परिवर्तन गरेका छन् । गत वर्षदेखि नै क...
पौष ४ गते, २०८२ - १०:५७
मोरङ । सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव बेचबिखन गम्भीर अपराध भएकाले यसको रोकथाम गर्न सरकार संवेदनशील रहेको बता...
पौष ४ गते, २०८२ - १०:५४
काठमाडौं । नेपाली बजारमा शुक्रबार (पुस ४) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ...
पौष ४ गते, २०८२ - १०:४९
दोलखा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस दोलखाले बागमती प्रदेशसभा सदस्य एवं पूर्व मन्त्री कुन्दनराज काफ्लेसह...
पौष ४ गते, २०८२ - १०:३८
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अदालतले सशर्त धरौटीमा रिहा गर्दै मुद...
पौष ४ गते, २०८२ - १०:३६
काठमाडौँ । टुकुचा खोलाको पानीलाई प्रशोधन गरी पिउनयोग्य बनाउने दीर्घकालीन लक्ष्यसहित फोहर पानी प्रशोधन केन्द्र (Wastewater Treatment Plant) निर्माणको क...
पौष ४ गते, २०८२ - १०:३१
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट सचिव पदमा निर्वाचित भएका पूर्वमुख्यमन्त्री शेरधन राईका लागि एकपछि अर्को खुशीको खबर आएको छ। ५५ वर्षको उमेरमा...
पौष ४ गते, २०८२ - १०:२५
रूपन्देही। रूपन्देहीमा कलेज अध्ययनरत एक युवकको हत्या भएको अवस्थामा शव फेला परेको छ। मृतक कञ्चन गाउँपालिका–३, धौलागिरीचोकका १७ वर्षीय ईशान पौडेल हुन्।...




प्रतिकृया लेख्नुहोस्: