Khabar Dabali २१ फाल्गुन २०८२ बिहीबार | 5th March, 2026 Thu
Investment bank

देशभरीका विद्यालयमा पठनपाठन ठप्प हुँदा दोलखामा नियमित पठनपाठन

खबरडबली संवाददाता

दोलखा  । सामुदायिक विद्यालयका शिक्षक काठमाडौँ केन्द्रित विरोधमा उत्रिएका कारण मुलुकभरका सामुदायिक विद्यालय बन्द छन् । तर, दोलखाको शैलुङ गाउँपालिका–५ मा रहेको वीरेन्द्र माध्यमिक विद्यालयमा भने पठनपाठन निरन्तर चलिरहेको छ । 

यस विद्यालयमा पठनपाठन सुचारु भएको वडाध्यक्ष दिलकुमार तामाङले जानकारी दिए । कक्षा १–१२ सञ्चालन भइरहेको यस विद्यालयका २०५ विद्यार्थीमध्ये शुक्रबार ७२ जना विद्यार्थी उपस्थित भए । अन्योलकै बिच बिहीबार विद्यालयमा २६ जना विद्यार्थीको उपस्थिति थियो । 

विद्यालय खुले र पठनपाठन भए पनि शिक्षकको उपस्थिति भने भएन । वडाध्यक्ष तामाङकै पहलमा विद्यालय सुचारु गरिएको हो । पाठ्यपुस्तककै पढाइ नभए पनि गाउँपालिकाकाका स्वास्थ्य, कृषिलगायतका कर्मचारी र अभिभावकले विद्यार्थीलाई समसामयिक रोग, पोषण, कलालगायतका विषयमा जानकारी गराएका थिए ।  सरकारले शिक्षकको विरोधको गाँठो चाँडै फुकाएर पठनपाठन सुचारु गर्न पहल गर्नुपर्ने देखिएको वडाध्यक्ष तामाङले बताए ।  विद्यालय बन्दको अवधि लम्बिए विकल्प तयार गरेर विद्यालय भने सुचारु गर्ने उनले बताए। 

दोलखा जिल्लामा ३३७ वटा सामुदायिक विद्यालयमा एक हजार ९०७ शिक्षक छन् । उहाँहरू अहिले विद्यालय शिक्षा विधेयकको विरोधमा छन् । यी विद्यालयमा पठनपाठन नहुँदा दोलखाका २९ हजार ८०२ विद्यार्थी प्रभावित भएका छन् । बुधबार सार्वजनिक बिदा रहेकाले पठनपाठन बन्द नै रहेको र बिहीबार विद्यालय खोल्नुपर्नेमा शिक्षक उपस्थित नहुँदा पूर्ण रूपमा पठनपाठन बन्द हुन पुगेको शिक्षा विकास तथा समन्वय एकाइ दोलखाका  प्रमुख शङ्करबाबु श्रेष्ठले बताए । 

शिक्षक महासङ्घ राष्ट्रिय समितिले संसद्मा दर्ता गराएको शिक्षा विधेयकलाई लिएर देशभरका शिक्षकलाई आन्दोलनमा उत्रन आह्वान गरेपछि बुधबारदेखि नै शिक्षकहरू काठमाडौँ गएपछि बिहीबारदेखि नै पठनपाठन बन्द भएको हो ।


 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

खारेज भएका उम्मेदवारको चिह्नमा मत नहाल्न आयोगको आग्रह

काठमाडौँ । निर्वाचन आयोगले भोलि फागुन २१ गते हुने मतदानमा खारेज भएका उम्मेदवारहरूको चिह्नमा मत नहाल्न सर्वसाधारणलाई आग्रह गरेको छ। मतपत्रमा यी चिह्नहर...

दोलखामा सुरक्षा कडा, शान्तिपूर्ण मतदानको तयारी

  दोलखा । देशकै सबैभन्दा सुरक्षा संवेदनशील जिल्लामध्ये पर्ने दोलखामा प्रतिनिधि सभा निर्वाचनको लागि सुरक्षा व्यवस्था कडा पारिएको छ। जिल्लाभर ९५ मतदा...

सिरहाको गोलबजारमा दुई पक्षबीच झडप, तीन घाइते

जनकपुरधाम ।  सिरहाको गोलबजार नगरपालिका–११ मा दुई राजनीतिक पक्षबीच भएको झडपमा तीन जना घाइते भएका छन्। घाइतेमध्ये एक जना वडाध्यक्षसमेत रहेका छन्। घाइ...

श्रीलंका नजिकै इरानी युद्धपोतमा अमेरिकी आक्रमण, ८० नौसैनिकको मृत्यु

कोलम्बो । अमेरिकाले श्रीलंका नजिकै हिन्द महासागरमा भारतबाट फर्किरहेको एक इरानी युद्धपोतलाई आक्रमण गरी डुबाएको छ । श्रीलंकाली सरकारले दिएको जानकारी अनु...

मतदान केन्द्रमा खटिएका कर्मचारी नै पक्राउ परेपछि‍‍‍‍....

विराटनगर । मतदान केन्द्रमा खटिएका एक जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार मोरङको सुनवर्षी नगरपालिका वडा नम्बर ६ स्थित पटियापाडा माविको (ग)...

शान्तिपूर्ण निर्वाचनमा संयोजक प्रचण्ड विश्वस्त

चितवन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न हुनेमा आफू विश्वस्त...

सिन्धुलीमा बसको ठक्करबाट एक जनाको मृत्यु

सिन्धुली । बिपी राजमार्गअन्र्तगत सिन्धुलीको कमलामाई नगरपालिका–४ हिरापानीमा बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ। आज दिउँसो काठमाड...

चुनावी मैदानमा भए पनि आफ्नै भोटबाट वञ्चित भए यी पाँच नेता

काठमाडौं । प्रतिनिधि सभाको निर्वाचन भोलि हुँदै छ। देशभर चुनावी माहोल तातेका बेला केही चर्चित शीर्ष नेताहरू भने आफू उम्मेदवार भएको निर्वाचन क्षेत्रमा म...

अफगानिस्तानमा हरित क्षेत्र विस्तारको नयाँ कार्यक्रम

काठमाडाैँ । अफगानिस्तान सरकारले वातावरण संरक्षण र हरित क्षेत्र विस्तारलाई उच्च प्राथमिकतामा राख्दै देशव्यापी वृक्षारोपण अभियान सुरु गरेको छ । उक्त अभि...

लेबनान सीमामा द्वन्द्व बढ्दै, सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सर्न आग्रह

काठमाडाैँ । इजरायलले दक्षिणी लेबनानका बासिन्दालाई तत्काल सुरक्षित स्थानतर्फ सर्न आदेश दिएको छ । इजरायली सेनाले हवाई आक्रमणलाई तीव्र बनाउँदै स्थलमार्गब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE