Khabar Dabali २१ फाल्गुन २०८२ बिहीबार | 5th March, 2026 Thu
Investment bank

दुर्गमको विद्यालयमा तीन दशक बिताएका आलमको बिदाइ

खबरडबली संवाददाता

म्याग्दी। शिक्षणको सिलसिलामा तराईको रौटहट जिल्लाबाट म्याग्दी आएका जहुर आलमलाई दुर्गम गाउँमा तीन दशक लामो समय बस्नुपर्छ भन्ने लागेको थिएन ।

विसं २०५० मा शिक्षणको सिलसिलामा यहाँ आएका आलम जिल्लाको दुर्गम बस्ती धवलागिरि गाउँपालिका–५ मल्कबाङस्थित जनजागृति माविमा नियुक्त भएका थिए ।

छन्त्याल समुदायको बाहुल्य बसोबास रहेको दुर्गम गाउँमा पुग्न नै बेनीबाट दुई दिनको पैदलयात्रा गरेका उनलाई फरक भुगोल, भाषा, संस्कृति र रहनसहनमा घुलमिल हुन निकै कठिन भयो । तराईबाट उच्च पहाडी क्षेत्रको हावापानीमा विस्तारै घुलमिल हुँदै जाँदा आलम यही दुर्गम गाउँको परिवेशमा आफूलाई परिचित मात्रै गराएनन्, जीवनको महत्वपूर्ण समय यही गाउँलाई सुम्पिन पुगे ।

विद्यालयमा ३० वर्ष छ महिना शिक्षण गरेका आलमले २३ पर्षदेखि निरन्तर प्रधानध्यापकका रुपमा विद्यालयको शैक्षिक नेतृत्व सम्हाले। तराइदेखि दुर्गम गाउँसम्म आएर लामो समय शिक्षण गरी योगदान गरेका आलम अनिवार्य अवकास भएपछि सिङ्गो वडा र गाउँले अभिनन्दन गरेका छन् ।

यो गाउँमा बाहिरबाट आएर दीर्घ सेवा गर्ने र अभिनन्दन हुने आलम पहिलो व्यक्ति हुन् । विद्यालयमा आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, वडा कार्यालय, आमा समूह लगायतले शिक्षक आलमलाई नौमति बाजासहित फूल, माला लगाएर अभिनन्दन गरेका हुन् ।

वडाध्यक्ष अमर छन्त्याल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दलमान छन्त्याललगायत विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावकसहित सिङ्गो गाउँवासीले उनलाई दोसल्ला, सम्मान पत्र, कदरपत्रसहित अभिनन्दन गर्दै चरेसका थाल उपहार दिएका थिए ।

एउटै विद्यालयमा तीन दशक बढी समय खर्चिएका भएका शिक्षक आलमले गाउँमा आएर जागिर मात्रै नगरेको र सिङ्गो दुर्गम मल्कबाङ गाउँको शैक्षिक उत्थानमा योगदान दिएकाले गाउँमा शिक्षकलाई पहिलो पटक अभिनन्दन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दलमान छन्त्यालले जानकारी दिए ।

बिदाइमा सिङ्गो गाउँवासी र विद्यार्थीहरु सहित शिक्षक आलम समेत भावुक बनेका थिए। विदाईमा सबैका आँखा रसाएका थिए । विदाई भएर जाँदै गरेका शिक्षक आलमले आफु सेवा निवृत्त भएर घर जान लागेकोमा खुसी भन्दा जीवनको तीन दशक समय विताएका गाउँ छाडेर जानुपरेकोमा आफु भावुक भएको बताए । शिक्षणबाट अवकाश लिएपछि आफुलाई पारिवारिक रुपमा घरपरिवासंग संगै बस्ने वातावरण भएपनि जीवनको उर्जावान समय विताएको गाउँसंग टाढिन परेकोमा आफु दुखी भएको उनले बताए ।

‘‘हिजोका ती सबै दुःख आज तपाईहरुले देखाएको मायाँले भुलाइदिएको छ, मैले कति योगदान गर्न सकेँ त्यो तपाईहरुको मुल्यांकनको बिषय हो, तर तपाईहरुले मलाई आफ्नै छोरा सम्झिएर यो गाउँको बसाईलाई सरल, सहज र स्मरणीय बनाइदिनुभयो, दुर्गमको दुःख भुलेर शिक्षणमा रमाउन पाएँ, सबैलाई धन्यबाद’’आलमले भने ।

यही असोज ३ गते नियमित अवकास लिएका शिक्षक आलमलाई गाउँमा बिदाइ गरिएको थियो भने धवलागिरि गाउँपालिका कार्यालयले समेत दुर्गम गाउँमा दीर्घ सेवा शिक्षण गरेकोमा कदरपत्र र दोसल्लाद्वारा सम्मानसहित बिदाइ गरिएको छ ।

गाउँपालिका उपाध्यक्ष रेशम पुन र कर्मचारीलगायतले अवकाश प्राप्त शिक्षक आलमलाई बिदाइ गरेको थियो। रौटहटको यमुनामाई गाउँपालिका–३ का स्थायी बासिन्दा आलम विज्ञान बिषयमा स्नातक उत्तीर्ण गरेपछि जागिरको सिलसिलामा विस २०५० मा म्याग्दी आएका थिए । आलमलाई तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलबहादुर छन्त्यालले शिक्षा कार्यालयबाट अनुमति लिएर निजी स्रोतबाट विज्ञान विषयको शिक्षकको रुपमा विद्यालयमा नियुक्त गरेका थिए ।

आलम विद्यालयमा शिक्षणमा आएपछि विद्यालयले विसं २०५१ मा कक्षा ९ र २०५२ मा कक्षा १० को पठनपाठन सुरु गरेर माविमा स्तरवृद्धि गरिएको थियो । विसं २०५७ देखि विद्यालयमा प्रधानध्यापकको जिम्मेवारीसमेत बहन गरेपछि आलमलाई विद्यालयमै रहने दायित्व थपिएको थियो ।

विसं २०५० वैशाख १८ गतेदेखि विद्यालयमा कार्यरत भएर शिक्षण जीवनको सम्पूर्ण समय दुर्गम गाउँको एउटै विद्यालयलाई सुम्पिएका आलमलाई विद्यालयका पूर्वविद्यार्थीको पहलमा मल्कबाङ समाज युकेद्वारा यस अघि नगद रु एक लाख सहित सम्मानपत्रद्वारा सम्मान गरिएको थियो ।

विसं २०५३ मा परीक्षा दिएर विसं २०६० मा नजिता प्रकाशन भएको शिक्षक सेवा आयोगकको माध्यमिक तह तृतीय श्रेणी पदमा उत्तीण भएर स्थायी शिक्षक सेवामा प्रवेश गरेका आलम विसं २०६७ मा माध्यमिक तह द्वितीय श्रेणीमा बढुवा भएका थिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

खारेज भएका उम्मेदवारको चिह्नमा मत नहाल्न आयोगको आग्रह

काठमाडौँ । निर्वाचन आयोगले भोलि फागुन २१ गते हुने मतदानमा खारेज भएका उम्मेदवारहरूको चिह्नमा मत नहाल्न सर्वसाधारणलाई आग्रह गरेको छ। मतपत्रमा यी चिह्नहर...

दोलखामा सुरक्षा कडा, शान्तिपूर्ण मतदानको तयारी

  दोलखा । देशकै सबैभन्दा सुरक्षा संवेदनशील जिल्लामध्ये पर्ने दोलखामा प्रतिनिधि सभा निर्वाचनको लागि सुरक्षा व्यवस्था कडा पारिएको छ। जिल्लाभर ९५ मतदा...

सिरहाको गोलबजारमा दुई पक्षबीच झडप, तीन घाइते

जनकपुरधाम ।  सिरहाको गोलबजार नगरपालिका–११ मा दुई राजनीतिक पक्षबीच भएको झडपमा तीन जना घाइते भएका छन्। घाइतेमध्ये एक जना वडाध्यक्षसमेत रहेका छन्। घाइ...

श्रीलंका नजिकै इरानी युद्धपोतमा अमेरिकी आक्रमण, ८० नौसैनिकको मृत्यु

कोलम्बो । अमेरिकाले श्रीलंका नजिकै हिन्द महासागरमा भारतबाट फर्किरहेको एक इरानी युद्धपोतलाई आक्रमण गरी डुबाएको छ । श्रीलंकाली सरकारले दिएको जानकारी अनु...

मतदान केन्द्रमा खटिएका कर्मचारी नै पक्राउ परेपछि‍‍‍‍....

विराटनगर । मतदान केन्द्रमा खटिएका एक जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार मोरङको सुनवर्षी नगरपालिका वडा नम्बर ६ स्थित पटियापाडा माविको (ग)...

शान्तिपूर्ण निर्वाचनमा संयोजक प्रचण्ड विश्वस्त

चितवन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न हुनेमा आफू विश्वस्त...

सिन्धुलीमा बसको ठक्करबाट एक जनाको मृत्यु

सिन्धुली । बिपी राजमार्गअन्र्तगत सिन्धुलीको कमलामाई नगरपालिका–४ हिरापानीमा बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ। आज दिउँसो काठमाड...

चुनावी मैदानमा भए पनि आफ्नै भोटबाट वञ्चित भए यी पाँच नेता

काठमाडौं । प्रतिनिधि सभाको निर्वाचन भोलि हुँदै छ। देशभर चुनावी माहोल तातेका बेला केही चर्चित शीर्ष नेताहरू भने आफू उम्मेदवार भएको निर्वाचन क्षेत्रमा म...

अफगानिस्तानमा हरित क्षेत्र विस्तारको नयाँ कार्यक्रम

काठमाडाैँ । अफगानिस्तान सरकारले वातावरण संरक्षण र हरित क्षेत्र विस्तारलाई उच्च प्राथमिकतामा राख्दै देशव्यापी वृक्षारोपण अभियान सुरु गरेको छ । उक्त अभि...

लेबनान सीमामा द्वन्द्व बढ्दै, सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सर्न आग्रह

काठमाडाैँ । इजरायलले दक्षिणी लेबनानका बासिन्दालाई तत्काल सुरक्षित स्थानतर्फ सर्न आदेश दिएको छ । इजरायली सेनाले हवाई आक्रमणलाई तीव्र बनाउँदै स्थलमार्गब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE