Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८० मंगलवार | 28th November, 2023 Tue

धार्मिक सद्भाव कायम गर्न संयुक्त अपिल

खबरडबली संवाददाता

काठमाडौं। धार्मिक अगुवाहरूले मलुकमा धार्मिक सद्भाव कायम राख्न संयुक्त अपिल गरेका छन्। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको पहलमा आज गृह मन्त्रालयमा विभिन्न धर्मसँग सम्बन्धित अगुवा संस्थाका प्रमुखको बैठकपछि उनीहरूले संयुक्त अपिल जारी गरेका हुन्।

धार्मिक अगुवाहरूले कुनै पनि असंवैधानिक तथा गैरकानूनी क्रियाकलापमा कोही पनि सहभागी नहुन र धार्मिक, सामाजिक एवं सांस्कृतिक सद्भाव प्रवद्र्धनमा क्रियाशील रहन आह्वान गरेका छन्।

कतिपय ठाउँमा उच्छृङ्खल तथा अराजक रूपमा प्रस्तुत भई फरक धर्म सम्प्रदायको आस्था, व्यवहार, संस्कार र प्रचलनमा आघात पुर्याउने गतिविधि देखा परेकामा उनीहरूले चिन्ता व्यक्त गरेका छन्।

धार्मिक अगुवाले नेपालको इतिहास, परम्परा र विगतदेखि नै एक आपसमा मिलिजुली बस्ने सद्भावपूर्ण समाजलाई विथोल्ने गरी धर्म तथा सम्प्रदायका नाममा हुने असंवैधानिक तथा गैरकानूनी क्रियाकलापप्रति असहमति प्रकट गरेका छन्।

अपिलमा नेपाल एक सार्वभौमसत्ता सम्पन्न बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विविधतायुक्त देश भएको र कुनैपनि धर्म, सम्प्रदाय, जाति, क्षेत्र एवं लिङ्गको आपसी सम्मान अभिवृद्धि गर्नु, आपसी सद्भाव कायम गर्नु धार्मिक संस्कार रहेको उल्लेख छ। 

अर्को धर्म सम्प्रदायप्रति घृणा द्वेष फैलिने कुनै पनि कार्य नगर्नु, अर्को धर्म सम्प्रदायको आत्मसम्मानमा चोट पुग्ने कुनै पनि गतिविधि नगर्नु धार्मिक मान्यता रहेको पनि उनीहरूले स्मरण गराएका छन्। 

विगत केही दिनयता देशका विभिन्न भागमा धर्म, जाति, सम्प्रदायको आधारमा एक अर्काप्रति घृणा र द्वेष फैलाउने, फरक धर्म, जाति तथा सम्प्रदायलाई चोट पुग्ने गरी गतिविधि भइरहेकामा धार्मिक अगुवाको ध्यानाकर्षण भएको अपिलमा जनाइएको छ। 

अपिलमा विश्व हिन्दु महासङ्घ राष्ट्रिय समिति, विश्व हिन्दु महासङ्घ अन्तर्राष्ट्रिय समिति, नेपाल सनातन धर्म संस्कृति सङ्गठन, हिन्दु जागरण नेपाल, विश्व हिन्दु परिषद् नेपाल, श्रीकृष्ण प्रणामी सेवा समिति, नेपाल बौद्ध महासङ्घ, नेपाल तामाङ बौद्ध गुम्बा सेवा समाज  र नेपाल परम्परागत बौद्ध धर्म सङ्घका प्रमुख तथा प्रतिनिधिले हस्ताक्षर गरेका छन्।

यस्तै अखिल नेपाल भिक्षु महासङ्घ, इस्लामी सङ्घ नेपाल, नेपाल मुस्लिम सङ्घ, नेपाल मुस्लिम इत्तेहाद सङ्गठन, मुस्लिम मुक्ति मोर्चा नेपाल, मर्कजी जमियत अहले हदिस, जमियत उलेमा–ए नेपाल, राष्ट्रिय क्रिश्चियन महासङ्घ नेपाल, नेपाल क्रिश्चियन सोसाइटी, नेशनल चर्च फेलोसिभ अफ नेपाल राष्ट्रिय नेपाली इसाई मण्डली एकता परिषद्, नेशनल सास्टर काउन्सिल नेपाल, नेपाली इसाई नागरिक सङ्घ र नेपाल वाइबल सोसाइटीका प्रतिनिधिको पनि हस्ताक्षर छ। 

धार्मिक अगुवासँगको छलफलका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले पछिल्लो समय देशका केही ठाउँमा धार्मिक सद्भाव खल्बल्याउने गतिविधि देखापरेकामा चिन्ता व्यक्त गरे।

विश्वकै मौलिक धार्मिक सहिष्णुता भएको नेपालमा निहित उद्देश्यका निम्ति कतिपयले धार्मिक उद्दण्डता देखाएर परिस्थिति भड्काउन खोजेको हुनसक्ने जनाउँदै उनले त्यस्ता घटनाको प्रशासनिकभन्दा पनि समुदायगत समाधान दीर्घकालीन र प्रभावकारी हुने बताए।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

घुस लिँदालिँदै नायव निरीक्षक पक्राउ

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दियाको बढैयाताल गाउँपालिका मैनापोखरमा कार्यरत प्रहरी नायव निरीक्षक पवन साउदलाई घुस लिँदै गरेको अवस्थाम...

काठमाडौँलाई चाँडै मेलम्चीको पानी खुवाउँछु : खानेपानीमन्त्री

काठमाडौँ । खानेपानीमन्त्री महिन्द्रराय यादवले काठमाडौँबासीलाई छिटोभन्दा छिटो मेलम्चीको पानी खुवाउने बताएका छन् ।  काठमाडौंवासीले सो पानी एक हप्ता भ...

प्रदेशका गृहमन्त्रीहरुले बुझाए संघीय गृहमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौँ । प्रहरी समायोजनको माग गर्दै सातै प्रदेशका गृहमन्त्रीहरूले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर ज्ञापनपत्र बुझाएका छन् । मं...

बुस्टर डोजका लागि ल्याइयो थप साढे ३ लाख कोभिड खोप

काठमाडौँ। कोरोना भाइरसको संक्रमण विरुद्धको थप खोप आएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संंक्रमण नभए पनि दीर्घरोगी, विदेश जानका ला...

महिलालाई प्रत्यक्ष चुनावमा आरक्षणको व्यवस्था गर्नुपर्छ : उपसभामुख राना

काठमाडौँ। उपसभामुख इन्दिरा रानाले महिलाहरुलाई प्रत्यक्ष निर्वाचनमा लड्नका लागि आरक्षणको व्यवस्था गर्नुपर्ने बताएकी छन्।  सोमवार ललितपुरमा आयोजित ‘म...

बुवाको हत्या आरोपमा छोरा पक्राउ

काठमाडौँ। झापामा बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । कमल गाउँपालिका–४ बस्ने २३ वर्षीय आशिष तामाङलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेक...

अनेरास्ववियूले गर्यो भूकम्प प्रभावित विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

काठमाडौँ। नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले जाजरकोटका भूकम्प प्रभावित विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ। अनेरास्ववि...

भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माणमा लाग्न उपप्रधानमन्त्री खड्काको निर्देशन

काठमाडौँ। उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले भूकम्प प्रभावितका लागि तत्काल अस्थायी आवास निर्माणमा लाग्न सरोकारवालालाई निकायलाई निर्द...

सप्तरीबाट कटुवा पेस्तोल बरामद

काठमाडौँ। सप्तरी जिल्लाको बलानबिहुल गाउँपालिका ४ वेल्हीस्थित सीमा ईलाकाबाट मंसिर १० गते राति एउटा कटुवा पेस्तोल र सोको २ राउण्ड गोली सशस्त्र प्रहरीले ...

कोरियन भाषा परीक्षामा सहभागी ३२ हजारमध्ये चार हजार उत्तीर्ण

काठमाडौँ। वैदेशिक रोजगारीका लागि कोरिया जान इच्छुक श्रमिकले दिएको भाषा परीक्षामा ४ हजार ९८ परीक्षार्थी उत्तीर्ण भएका छन्। ३५ हजार ४७८ मध्ये ३२ हजार...

अरु धेरै
Vianet Nepal Internet
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies