Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

सूचना प्रविधिको विकासका लागि सरकार र निजी क्षेत्र सँगसँगै अगाडि बढ्नुपर्छः मन्त्री शर्मा

खबरडबली संवाददाता

काठमाडौं, ५ असोज । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संसारसँग प्रतिष्पर्धा गर्ने क्षेत्र सूचना तथा सञ्चार प्रविधि भएकाले यसमा सबै सरोकारवालाको ध्यान जानुपर्ने बताएकी छन् । 

यूनियन अफ आइसिटीएस प्रोफेसनल्स नेपालले आयोजना गरेको ‘नेपालमा दिगो रोजगारी  आर्थिक वृद्धिका लागि सञ्चार क्षेत्रको सुदृढीकरण’ विषयक सामाजिक संवादलाई सम्बोधन गर्दै उनले सूचना प्रविधिको विकासका लागि सरकार र निजी क्षेत्र सँगसँगै अगाडि बढ्नुपर्ने बताइन् । 

सूचना तथा सञ्चार प्रविधिको विकासका लागि सरकारले नीति, कानुन र पूर्वाधार निर्माणका काम गर्ने उल्लेख गर्दै उनले निजी क्षेत्रले लगानी बढाउनुपर्ने बताइन् । ‘सरकारले चालु आर्थिक वर्षको बजेटबाटै आत्मनिर्भर अर्थतन्त्रको आधारः स्वदेशमै उत्पादन र रोजगार भन्ने नाराका साथ सूचना प्रविधि क्षेत्रलाई पनि समेटेर सबै स्थानीय तहमा राष्ट्रिय उत्पादन र रोजगार प्रवर्धन कार्यक्रम सञ्चालन गर्ने घोषणा गरिसकेको छ’– मन्त्री शर्माले भनिन्– ‘ सूचना प्रविधिमा आधारित उत्पादन बृद्धि र रोजगार प्रवर्धनका लागि संघीय सरकारले कानुन, पूर्वाधार र जनशक्ति उत्पादनमा ध्यान केन्द्रित गरेको छ भने प्रदेश र स्थानीय तहहरुलाई पनि यसका लागि हामीले प्रोत्साहन गरिरहेका छौं । ’

पूर्वाधारको पहिलो कनेक्टिभिटी भएकाले मुलुकभर द्रूत गतिको इन्टरनेटको पहुँच विस्तार गर्दै सूचना प्रविधि ज्ञान पार्कहरु स्थापना गर्न सकियो भने देशका जुनसुकै ठाउँमा बसेर पनि सूचना प्रविधिमा आधारित उद्यम सञ्चालन गर्न सहज हुने उनकाे भनाइ छ । ‘जहाँसम्म दिगो रोजगारी र आर्थिक वृद्धिका लागि सूचना प्रविधि क्षेत्रलाई सुदृढ गर्ने सवाल छ, यो महत्वपूर्ण विषय हो’– मन्त्री शर्माले भनिन्– ‘कुनै पनि वस्तु वा सेवाको आवश्यकता र माग बढ्नु भनेको त्यसको मूल्य र महत्व पनि बढ्नु हो । जसरी अहिले सूचना तथा सञ्चार प्रविधिको प्रयोग बढेको छ, यसले स्वतः सूचना प्रविधिमा आधारित कारोबार पनि बढाएको छ । हामीले अहिलेसम्म आयातित सूचना प्रविधिका उत्पादनहरु बढी प्रयोग गरिरहेका छौं, अब हामीले देशभित्रै सूचना प्रविधिमा आधारित उत्पादन बढाउनेतिर ध्यान दिनुपर्ने बेला आएको छ ।’

नेपालमा सूचना प्रविधिमा आधारित रोजगारी र स्वरोजगारी बढ्दै गएको उल्लेख गर्दै उहाँले सरकारले चालु आर्थिक वर्षको बजेटदेखि पूँजीगत बजेटको न्यूनतम एक प्रतिशत रकम अनुसन्धान, नवप्रवर्तन र आविष्कारमा खर्च गर्ने, सूचना प्रविधिको उद्योगमा बैदेशिक लगानीको सीमा हटाउने, देशभित्रै बसेर सूचना प्रविधिको सेवा निर्यात गरी बिदेशी मुद्रा आर्जन गर्ने व्यक्तिलाई बिदेशी मुद्रामा प्राप्त गरेको आयमा लाग्ने करमा पचास प्रतिशत छूट दिनेलगायतका व्यवस्था गरिएको पनि मन्त्री शर्माले जानकारी दिइन् । 

सूचना प्रविधिमार्फत आर्थिक वृद्धि र रोजगारी सिर्जनामा सहयोग पुग्ने गरी सरकारले जनशक्ति उत्पादन, उत्पादन बृद्धि र त्यसको बजारीकरणलगायतका क्षेत्रमा सहजीकरण गरिरहेको र यो पर्याप्त नभएकाले अझै बढाएर लैजाने तयारी गरिएको उनले बताइन् । यो वर्षदेखि देखि सूचना प्रविधि विषयमा उच्च तह अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्तिको ब्यवस्था गरिएको उल्लेख गर्दै मन्त्री शर्माले आविष्कार र नवप्रवर्तनमा थप आकर्षित गर्ने गरी डिजिटल च्याम्पियन, आइटी एक्जिविसनलगायतका कार्यक्रम सञ्चालन गर्ने तयारी गरिरहेको पनि जानकारी दिइन् ।

सरकारी सेवामा दक्ष जनशक्ति आकर्षित गर्न निजामति सेवामौ अलग्गै ‘सूचना प्रविधि’ समूह बनाएर संघीय निजामति विधेयक अघि बढाइएको उल्लेख गर्दै उनले उनीहरुको क्षमता विकासका लागि सूचना प्रविधि स्टाफ कलेजलगायतका संरचनाबारे पनि सोचिरहेका बताउनुभयो । निजी क्षेत्रमा कार्यरत जनशक्तिलाई सामाजिक सुरक्षा कार्यक्रममा जोडेर लैजानुपर्ने उल्लेख गर्दै उनले सरकारले स्वरोजगारीमा रहेका जनशक्तिलाई सामाजिक सुरक्षा कार्यक्रममा जोड्ने कार्यक्रम सुरु गरिसकेको बताइन्  ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चुनावी प्रचारमा झण्डा प्रयोग सीमित गर्ने निर्वाचन आयोगको प्रस्ताव

काठमाडौँ । निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा अत्यधिक झण्डा प्रयोग नहोस् भन्ने उद्देश्यसहित नयाँ व्यवस्था प्रस्ताव गरेको छ। आगामी फागुन २१ गत...

कस्ताे छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ ।  हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ । आज दिउँसो देशभर मौसम मुख्यतया सफा रह...

चार लेनको मादी पुल अन्तिम चरणमा

तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...

अर्बकुना सुन्तला उत्पादन कृषक समूहद्वारा ८७ लाखको सुन्तला बिक्री

स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...

मुस्ताङको ऐतिहासिक सांस्कृतिक गाउँ ‘झारकोट’ ओझेलमा

मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...

एमाले ११ औँ महाधिवेशन: उम्मेदवारीको अन्तिम नामावली सूचीसहित

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे, भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...

मङ्गलाघाटमा पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...

कोरियाली पर्यटक भित्र्याउन टान–काटा बीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ ।  ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...

नेकपा (संयुक्त) ले सात प्रदेश सम्मेलन आयोजक संयोजक तोक्यो

घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending