काठमाडौं । आन्तरिक उडानमा हालसम्मकै ठूलो यति एयरको गत माघ १ मा पोखरामा भएको दुर्घटनामा पाइलटलाई दोष देखाएर तयार भएको जहाज दुर्घटनाका प्रतिवेदन २ महिनापछि सार्वजनिक हुने भएकाे छ । यति एयरको ९ एन एएनसी एटीआर जहाज अवतरण गर्ने अन्तिम समयमा दुर्घटनामा परेको कारण मानवीय त्रुटी नै भएको फेला परेको हाे ।
उक्त दुर्घटना प्राविधिक कारण नभएर मानवीय त्रुटी भएको पाइएको पूर्व सचिव नागेन्द्रप्रसाद घिमिरेको संयोजकत्वमा गठन भएको जाँचबुझ आयोगले बिहीबार सरकारलाई बुझाएको प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदनमा जहाज दुर्घटनाको कारण ‘प्रोपलर फेदर’ भएको भन्ने देखिएको छ । यसो हुनुको कारण प्राविधिक नभएर मानवीय भन्ने हो । यसको अर्थ पंखा एंगलमा नमिलेको जसका कारण ब्लेड स्थिर भएर बसेको भन्ने हो ।
‘प्रोपलर फेदरका कारण जहाजले अगाडिबाट पछाडि फाल्नुपर्ने हावा फ्याँकेन । यसलाई सामान्य अर्थमा भन्नुपर्दा जसरी सवारी साधन न्युट्रलमा आएपछि अगाडि बढ्न सक्दैन त्यस्तै हो भनेर बुझ्न सकिन्छ,’ स्रोतले बतायाे, ‘यही प्रोपलर फेदरका कारण जहाज अगाडि बढ्नुपर्नेमा स्पिड घट्दै डाउन भएर खसेको प्रतिबेदनमा पनि उल्लेख गरिएकाे स्राेतकाे भनाइ छ ।
जहाज दुर्घटनाबाट चालकदलका सदस्यसहित जहाजमा सवार सबै यात्रुले ज्यान गुमाएका थिए । जहाज दुर्घटनापछि बनेका हरेक जाँचबुझ आयोगको प्रतिवेदनमा सबैजसो कारणमा मानवीय त्रुटी भन्ने गरिएको छ भने यसपटक पनि पाइलटलाई नै दोष लगाएर प्रतिवेदन तयार भएको पाइएको हाे ।
उक्त प्रतिवेदनलाई अन्तर्राष्ट्रिय नागरिक उड्यन संगठनको मापदण्डबमोजिम ६० दिनको समय दिएर सम्बद्ध मुलुक र निकायमा पठाउनुपर्ने हुन्छ । सो प्रतिवदेनमा आइकाओबाट प्रतिवेदनमाथि प्रतिक्रिया प्राप्त भएपछि मात्रै सार्वजनिक गरिने जानकारी पर्यटन मन्त्रालयले दिएको छ ।
काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको ९ एन एएनसी एटीआर ७२ जहाज पोखरामा दुर्घटना भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २० गते, २०८२ - २२:०२
काठमाडौँ । निर्वाचन आयोगले भोलि फागुन २१ गते हुने मतदानमा खारेज भएका उम्मेदवारहरूको चिह्नमा मत नहाल्न सर्वसाधारणलाई आग्रह गरेको छ। मतपत्रमा यी चिह्नहर...
फाल्गुन २० गते, २०८२ - २१:५७
दोलखा । देशकै सबैभन्दा सुरक्षा संवेदनशील जिल्लामध्ये पर्ने दोलखामा प्रतिनिधि सभा निर्वाचनको लागि सुरक्षा व्यवस्था कडा पारिएको छ। जिल्लाभर ९५ मतदा...
फाल्गुन २० गते, २०८२ - २१:४९
जनकपुरधाम । सिरहाको गोलबजार नगरपालिका–११ मा दुई राजनीतिक पक्षबीच भएको झडपमा तीन जना घाइते भएका छन्। घाइतेमध्ये एक जना वडाध्यक्षसमेत रहेका छन्। घाइ...
फाल्गुन २० गते, २०८२ - २१:४०
कोलम्बो । अमेरिकाले श्रीलंका नजिकै हिन्द महासागरमा भारतबाट फर्किरहेको एक इरानी युद्धपोतलाई आक्रमण गरी डुबाएको छ । श्रीलंकाली सरकारले दिएको जानकारी अनु...
फाल्गुन २० गते, २०८२ - २१:३४
विराटनगर । मतदान केन्द्रमा खटिएका एक जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार मोरङको सुनवर्षी नगरपालिका वडा नम्बर ६ स्थित पटियापाडा माविको (ग)...
फाल्गुन २० गते, २०८२ - २१:३२
चितवन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न हुनेमा आफू विश्वस्त...
फाल्गुन २० गते, २०८२ - २१:२७
सिन्धुली । बिपी राजमार्गअन्र्तगत सिन्धुलीको कमलामाई नगरपालिका–४ हिरापानीमा बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ। आज दिउँसो काठमाड...
फाल्गुन २० गते, २०८२ - २०:१२
काठमाडौं । प्रतिनिधि सभाको निर्वाचन भोलि हुँदै छ। देशभर चुनावी माहोल तातेका बेला केही चर्चित शीर्ष नेताहरू भने आफू उम्मेदवार भएको निर्वाचन क्षेत्रमा म...
फाल्गुन २० गते, २०८२ - २०:००
काठमाडाैँ । अफगानिस्तान सरकारले वातावरण संरक्षण र हरित क्षेत्र विस्तारलाई उच्च प्राथमिकतामा राख्दै देशव्यापी वृक्षारोपण अभियान सुरु गरेको छ । उक्त अभि...
फाल्गुन २० गते, २०८२ - १९:५७
काठमाडाैँ । इजरायलले दक्षिणी लेबनानका बासिन्दालाई तत्काल सुरक्षित स्थानतर्फ सर्न आदेश दिएको छ । इजरायली सेनाले हवाई आक्रमणलाई तीव्र बनाउँदै स्थलमार्गब...



प्रतिकृया लेख्नुहोस्: